भजनी/ कैलालीको भजनी नगरपालिका-२ स्थित राधाकृष्ण सामुदायिक वन क्षेत्रमा रहेको लौटैया ताल केही वर्ष अगाडिसम्म अस्तित्वमा थिएन । सुकुम्बासीले अतिक्रमण गरी बस्ती बसेको यस क्षेत्रमा अतिक्रमित संरचना हटाएर सामुदायिक वनका रूपमा संरक्षण गर्दै ताल निर्माण गरेपछि यो क्षेत्र पर्या-पर्यटनको नयाँ गन्तव्य बन्दै गएको हो । घामले पानीमा तरङ्ग खेलाइरहेको छ । तालको वरिपरि हरियाली वातावरणले अझै सौन्दर्य थपेको छ । आन्तरिक पर्यटक बोटमा चढेर तालमा रमाइरहेका छन् । यसरी रमाउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । सामुदायिक वनका अगुवाहरूले एक दशकअघि अतिक्रमण हटाएर ताल निर्माण गरेपछि अहिले आन्तरिक पर्यटकका लागि यो ताल पर्या–पर्यटनको नयाँ गन्तव्य बन्दै गएको राधाकृष्ण सामुदायिक…
कैलालीको जोशीपुरमा विप्लव निकट अखिल समाजवादी विद्यार्थी संगठनद्वारा जोशीपुरमा २३ ओटा सामुदायिक बिद्यालयका ६७ जना फरक क्षमता(अपांगता) विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेकाे छ। वडा नं- १ मा अवस्थित मोहन्याल माध्यमिक विद्यालय बडहरियामा , जोशीपुर गाउँपालिका अध्यक्षको प्रमूख आतिथ्यमा २३ ओटै विद्यालयका प्रअ, शिक्षक प्रतिनिधि, फरक क्षमताका ६७ जना बिद्यार्थी तथा उनीहरूको अभिभावक, पत्रकारहरूको सहभागिता रहेकाे थियाे। अखिल समाजवादी का केन्द्रिय सचिवालय सदस्य लोकेश जोशीको बिशेष पहलमा शैक्षिक सामग्री वितरण गरिएको हो। कार्यक्रममा जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरी, रघुनाथ आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक वसन्त महतौ, जनप्रकाश माध्यमिक विद्यालय का प्रअ सुरेश थारु मुक्त कमैया प्राथमिक विद्यालयका प्रअ श्यामदेव कुश्मीले अखिल समाजवादी…
टीकापुर कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलाले लक्ष्य भन्दा सवा दुई करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । भन्सार कार्यालय प्रमुख टोपबहादुर भुसालका अनुसार आर्थिक वर्ष २०८१ र ०८२ मा १२ करोड ७ लाख ३२ हजार राजस्व लक्ष्य रहेकोमा १४ करोड ३७ लाख ८२ हजार राजस्व संकलन गर्न सफल भएको हो। जुन अघिल्लो आर्थिक वर्षभन्दा दुई करोड ३० लाख ५० हजार रुपैयाँले बढी हो । टीकापुर नगरपालिका वडा नंं ९ सत्तीमा रहेको भन्सार कार्यालय आर्थिक वर्ष २०८१र०८२ को साउन महिनामा ७६ लाख ५० हजार, भदौ महिनामा एक करोड २८ लाख , असोज महिनामा एक करोड ३५ लाख ९० हजार, कार्तिक…
कैलालीको कटानपुरमा नेपाल रेडक्रस सोसाइटी, कैलाली जिल्ला शाखाले ब्रिटिश रेडक्रसको सहयोगमा जीविकोपार्जन र जैवीक विविधताका लागी समुदायको सशक्तिकरण सम्बन्धी (ECOLAB) परियोजनाले भजनी नगरपालिका वडा नं. ८ मा काम गर्दै आएको छ। परियोजनाले भजनी नगरपालिका वडा नं. २, कटानपुरको वनदेवी सामुदायिक वन नजिकको काढॅंा नदीको तटीय क्षेत्रमा १५० वटा बाँसका वृक्ष रोपण गरिएको छ।उक्त वृक्षारोपण कार्यक्रमको उद्देश्य प्रकृतिको संरक्षण गर्नुका साथै स्थानीय बासिन्दाहरूको दीर्घ कालीन जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले वृक्षरोपण गरिएको हो। यस कार्यले वातावरण संरक्षणमा टेवा दिने मात्र नभई समुदायको आर्थिक सशक्तिकरणमा समेत योगदान पुर्याउने सामाजिक सहजकर्ता जेनिश शाहले बताए।
भजनी : थारू जातिको कला संस्कृति, रीतिरिवाज, परम्परा, भाषाको ज्ञानसँगै थारू जातिको जीवनशैली झल्काउने उद्देश्यले कैलालीको भजनीमा थारू संग्रहालय उद्घाटन गरिएको छ। भजनी नगरपालिका–२,रजवारामा सञ्चालनमा पहिलो थारू संग्रहालय उद्घाटन भएको हो। भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी र उप प्रमुख राजु तिरुवाले संयुक्त रूपमा संग्रहालयको उद्घाटन गर्नु भएको हो । उद्घाटनका अवसरमा भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नीलम कुमार न्यौपानेले संग्रहालय व्यवस्थित र स्तरीय बनाउन आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। भजनी नगरपालिका नगर उप प्रमुख राजु तिरुवाले कुनै पनि समुदायको मौलिकता हराउँदै जानु भनेको उक्त समुदायको पहिचान मात्र नासिनु होइन, समग्र देशको पहिचान कमजोर हुनु बताउनु भयो। संग्रहालय उद्धघाटन…
कैलालीको भजनीमा नेपाल रेडक्रस सोसाइटी भजनी उपशाखाको २८ औं उप शाखाको अधिवेशन सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका सभापति लोक राज जोशीको आतिथ्यमा सम्पन्न भएको हो। भने विशिष्ट अतिथिमा नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका निवर्तमान सभापति बासु विनडी रहनु भएको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उप शाखा कैलालीका सभापति तथा प्रतिनिधि,आजिवन सदस्यहरु, राजनीतिदलका प्रतिनिधि,सञ्चारकर्मी र सुरक्षाकर्मीको उपस्थिति रहेको थियो।कार्यक्रमको प्रमुख अतिथिले औपचारिकरुपमा जिन हेनरी डुनाँको फोटोमा माला र ब्यानर पढेर उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा शुभकामना मन्तव्य धैली जैशी, धनसरा कोइराला,भीम बहादुर महर र नव राज मिश्रले गरेका थिए भने उपशाखाका सभापति रामनारायण…
भजनी नगरपालिकाको नगरकार्यपालिकाको बैठकले नगरपालिका मातहत नियुक्त भएका शिक्षकको तलब वृद्धि गर्ने निर्णय गरेको छ ।कार्यपालिकाको असार १६ गते आज बसेको बैठकले नगर अनुदान तथा निजि श्रोत शिक्षकको तलबको २५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । शैक्षिक विकासको लागि एकमुष्ट अनुदान प्राप्त बाल उद्यान आधारभूत बिद्यालय बसाहा र इभन बाबा आधारभूतमा कार्यरत शिक्षकलाइ नगर अनुदान शिक्षकमा समायोजन गरिएको गर्ने निर्णय पनि भएको बताइएको छ । त्यस्तै बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी,विद्यालय सहयोगीलाई नगर पालिकाले प्रदान गर्ने अनुदानमा वृद्धि गरिएको, नगर अनुदान निजि श्रोत लगायत बालविकास सहजकर्ता , विद्यालय कर्मचारी, विद्यालय सहयोगी कर्मचारीलाई अभिभाकत्व ग्रहण गरी स्थानीय सरकारले तलब वृद्धि…
कैलालीको भजनीमा रहेको प्रहरी चौकी भजनी वडा नं ८ जनकपुरमा ईन्चार्ज भएर ८ महिना काम गरेका प्रहरी सहायक निरिक्षक दिल बहादुर बोगटीलाई एक कार्यक्रम गरि भजनी नगरपालिकाका उप प्रमुख राजु तिरुवाले विदाई गर्नु भएको थियो।८ महिनाको समयमा बोगटीले शान्ति सुरक्षाको क्षेत्रमा अत्यन्तै राम्रो कार्य गरेको भन्दै उप प्रमुख तिरुवाले असई बोगटीलाई धन्यवाद दिइन् । समाजमा शान्ति कायम गर्न प्रहरीको भुमिका अत्यन्तै ठुलो रहने र सो काममा असई बोगटीले पुर्याएको योगदानलाई उप प्रमुखले मुक्तकण्ठले प्रसंसा गरिने।वडा नं ८ का वडा अध्यक्ष पंकज चौधरीले एक होनाहार प्रहरीलाई प्रहरी चौकी भजनी वडा नं ८ जनकपुरवाट विदाई गर्नुपरेको र चाडै वढुवा भएर पूनः आउनका…
भजनी / बर्षात् शुरुभए संगै कैलालीको भजनीको ३,८ र टीकापुरको ७का सहायक नदीहरूमा दुर्लभ डल्फिन देखापर्न थालेका छन्।मोहना, पथरैया लगायतका नदीमा डल्फिन देखापर्न थालेका हुन् । मनसुन भित्रीएसंगै नदीहरूमा पानीको सतह बढेको छ। नदीमा जलस्तर बढेपछि केहिदिन यता देखि डल्फिन देखापर्न थालेको डल्फिन DABC नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले बताए।उनका अनुसार डल्फिन संरक्षण क्षेत्रमा एक बच्चा समेत गरेर चार वटा डल्फिन देखापरिरहेका छन्। यो क्षेत्रमा मनसुन अवधिभरी मात्र डल्फिन आउने गर्दछन् । अरु, बेला गहिराई खोज्दै कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा फर्कने गर्दछन्।कर्णालीमा वर्षभरी नै डल्फिन बस्ने गर्दछन्।नदीमा जल सतह बढेपछि कर्णालीबाट सहायक नदीहरूमा डल्फिन आउने गरेको ढुङ्गानाको भनाइ छ। उनले…
कैलालीको भजनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। भजनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो। भजनी नगरपालिकाको नौ वटै वडामा रहेका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरेर खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका अध्यक्ष टीका चौधरी भुलले पूर्ण खोप सुनिश्चितता एवम् दिगोपना घोषणा गर्नुभयो। पूर्ण खोप सुनिश्चितताको अवस्था ल्याउन महिला स्वास्थ्य स्वयम् सेविका, स्वास्थ्यकर्मी र सरोकारवाला निकाय अहोरात्र खटेको स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताउनुभयो। स्वास्थ्यकर्मीको अथक प्रयासले पूर्ण खोप सुनिश्चित पालिका बनाउन सफल भएको समितिका संयोजक एवम् नगर प्रमुख केवल चाैधरीले बताउनुभयो। उहाँले अझै जुझारु र संवेदनशील भएर काम गर्न…
के.आर.पाण्डेय -भजनी१० असार/ भजनी नगरपालिकाले आउने आर्थिक वर्षका लागि ६८ करोड बढीको बजेट ल्याएको छ । नगरपालिकाकी नगर उपप्रमुख राजु तिरुवाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६८ करोड ४३ लाख ६५ हजार तीन सय ४१ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन । नगरपालिकाको १८ औं नगर सभा अधिवेशनको तेस्रो बैठकमा प्रस्तुत भएको बजेटमा संघीय सरकारको वित्तीय समानीकरणबाट १४ करोड १३ लाख, सशर्त अनुदान चालू तर्फबाट २३ करोड १८ लाख, सशर्त अनुदान पुँजीगत तर्फबाट एक करोड १० लाख, संघीय सरकारकै पुँजीगत तर्फको समपुरक अनुदानबाट ६७ लाख, संघीय सरकारको राजश्व बाँडफाँडबाट १२ करोड ४५ लाख १४ हजार तीन सय एकचालीस रुपैयाँ…
कैलालीको भजनीमा नगर शिक्षा समिती गठन भएको छ । भजनी नगरपालिका नगरप्रमुख केवल चौधरीको संयोजकत्वमा १३सदस्यीय नगर स्तरीय शिक्षा समिती गठन गरेको हो ।समितीको सदस्यमा नगर उप प्रमुख राजु तिरुवा,भजनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नीलम कुमार न्यौपाने , वडा नं १ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, वडा नं ५ का वडा अध्यक्ष केशव बुढा रहेका छन् । त्यसैगरि संस्थागत प्रतिनिधित्व गर्दै सदस्यमा हैरानी देवी डगौरा, कृष्ण बहादुर बुढा, सत्वन्ति चौधरी,खडक बुढा,भीम बहादुर चौधरी, मनिराम चौधरी र राम दयालु चौधरी रहेका छन् ।यस समितिले महत्वपूर्ण भूमिका खेल्ने भजनी नगरपालिका शिक्षा शाखा अधिकृत पंख बहादुर शाहले बताए ।उनले विद्यालय सुरक्षा शैक्षिक गुनस्तरिय…
कैलालीको भजनीमा दिगो विकास समाज भजनीको आयोजनामा तथा वल्र्ड भिजन नेशनल नेपालको आर्थिक सहयोगमा भएको कार्यक्रममा NYCA बैतडीको सहकार्यमा जलवायु जनचेतना मुलक कार्यक्रम राष्ट्रिय मा.विद्यालय भजनी ४ खैलाडमा सम्पन्न भएको छ।वातावरणीय प्रदूषण, वन विनाश, औद्योगिक उत्सर्जन, प्लास्टिकजन्य फोहोरको बढ्दो प्रयोग, र अत्यधिक कार्बन उत्सर्जन जलवायु परिवर्तनका मुख्य कारण रहेको प्रशिक्षक राम चन्द भट्टले बताए ।वृक्षारोपण, सफाइ अभियान, र जनचेतना कार्यक्रमहरूले वातावरण जोगाउन महत्वपूर्ण भूमिका रहेको वल्र्ड भिजन नेशनल नेपालका सौगात शर्मा न्यौपाने बताएका छन्।समाधानका उपायहरूका रूपमा वृक्षारोपण तथा वन संरक्षण अभियानलाई प्रवद्र्धन गर्ने, प्लास्टिकजन्य फोहोर न्यूनीकरण गर्दै पुनः प्रयोग तथा रिसाइकल प्रविधि अपनाउने, सार्वजनिक स्थान तथा खोलानालाहरू सफा राख्न सामुदायिक…
भजनी ०९ असार /भजनी नगरपालिकाले आउने आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम नगर सभाले पारित गरेको छ् ।गएको जेठ ३० गते नगरपालिकाको १८ औं नगर सभा अधिवेशन आव्हान गर्दै सोही दिन नीति तथा कार्यक्रम पारित गर्ने कार्य सुची हुँदा त्यसमा केही नगर सभा सदस्यले सभा चल्न नदिएपछि दोस्रो बैठक आइतबारका लागि तय गरिएको थियो । त्यसैअनुसार नगरपालिकाले आउने आर्थिक वर्षको नीति तथा कार्यक्रम नगर सभाले पारित गरेको हो । नगर सभामा नगर प्रमुखले प्रस्तुत गरेको नगरपालिकाको आउने आर्थिक वर्षको नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई महत्त्व दिएको बताइएको छ । शिक्षा तर्फ माद्यामिक तह कक्षा ९ र १० सम्म नि:शुल्क…
भजनी ६ असार /भजनी नगरपालिकाले खाना तथा खाजाको विषयमा सिन्डिकेट लगाएको भन्दै यतिबेला सामाजिक संजालमा व्यापक विरोध हुन थालेको छ । नगरपालिकामा हुने हरेक कार्यक्रमहरु सञ्चालन गर्दा होस् वा अन्य खाना तथा खाजा खानुपर्ने स्थितिमा एउटै होटललाई मात्रै प्राथमिकतामा राखेको भन्दै विरोध भएको हो । खासगरी स्थानीय सरकारले आफ्नो क्षेत्रका सबै व्यवसायलाई समान रुपमा हेर्नुपर्ने र त्यसैअनुसारको अवसर सिर्जना गर्नुपर्ने भए पनि नगरपालिकाले खाना खाजाका लागि सिन्डिकेट लगाएको आरोप लाग्न थालेको छ । नगरपालिकाका नगर प्रमुखको निर्देशनमा भजनी बजारमा सञ्चालन गर्दै आएको भिजन होटल एण्ड रेस्टुरेन्टको विकल्प अर्को होटल हुन नसकेको स्रोतको दाबी छ । उक्त होटलको सेवासुविधाको हिसाबले सामान्य…