दिपक बहादुर विश्वकर्मा /टीकापुर:कैलालीको टिकापुरस्थित नाइल बोर्डिङ स्कुलले आफ्नो १३औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, नृत्य, गीत, तथा खेलकुद प्रतियोगितामा सक्रिय सहभागिता जनाए । उक्त कार्यक्रमका प्रमुख अतिथि गंगाराम आचार्यले विद्यालयको शैक्षिक योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्टता हासिल गर्न शुभकामना व्यक्त गरेका थिए। विशिष्ट अतिथिहरूमा न्यू लाइट एजुकेशन होमका जयकृष्ण तिमिल्सिना रहेका थिए। यस्तै रामबहादुर थापा, खुमानन्द ओली, डम्बर बहादुर सोडारी लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। विद्यालयका प्रधानाध्यापक डम्बर सोडारीले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै विद्यालयले गुणस्तरीय शिक्षामा पुर्याएको योगदानबारे चर्चा गरेका थिए। उनले विद्यार्थीहरूको सर्वांगीण विकासका लागि यस्ता कार्यक्रमहरूको आवश्यकता र…
दिपक बहादुर विश्वकर्मा /जानकीमा नेकपा (एमाले) जानकी गाउँपालिका-३ वडा कमिटीको वडा केन्द्रित अभियान अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम वडा कमिटी अध्यक्ष क. सुर्य प्रसाद रेगमीको अध्यक्षतामा आयोजना गरिएको थियो भने केन्द्रीय कमिटी सदस्य तथा निर्वाचन क्षेत्र नं. १ का इन्चार्ज क. झपट बहादुर रावल प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा विशेष अतिथिका रूपमा जिल्ला कमिटी सचिवालय सदस्य क. मोती सिंह बिक (मिझार), जिल्ला कमिटी सदस्य क. केशब राज गिरी, जिल्ला कमिटी सदस्य भावना बिक, गाउँ कमिटी अध्यक्ष क. प्रदीप कुमार शाह लगायत नेकपा एमालेका अगुवा नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको प्रमुख आकर्षण भनेको अन्य…
दिपक बहादुर विश्वकर्मा /कैलाली जानकी गाउँपालिका, सामाजिक विकास शाखा दुर्गौलीको आयोजनामा गाउँपालिकाका प्रत्येक वडाबाट ३ जना गरी ९ वडाका २७ जना ज्येष्ठ नागरिकहरूलाई कर्णाली प्रदेशको सुर्खेतस्थित विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन भ्रमणका लागि पठाइएको छ। पालिकाका अध्यक्ष गणेश चौधरीले एक विशेष कार्यक्रमका बीच ज्येष्ठ नागरिकहरूलाई विदाई गर्नुभएको हो। यो भ्रमण कार्यक्रम ज्येष्ठ नागरिकहरूलाई धार्मिक तथा सांस्कृतिक स्थलहरूको अवलोकन गराउँदै मनोरञ्जन प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, सामाजिक विकास शाखाका कर्मचारीहरू तथा ज्येष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो। अध्यक्ष चौधरीले भविष्यमा पनि ज्येष्ठ नागरिक लक्षित यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यो भ्रमण टोलीले सुर्खेतका…
कैलालीको भजनीमा महाशिवरात्री पर्वको अवसर पारी भजनी नगरपालिकामा शंख बजाउने (शंखनाद) प्रतियोगिता सम्पन्न भएको छ । विश्व हिन्दु परिषद् नेपाल भजनी नगर कार्यसमितिको आयोजनामा भजनी वडा नं. ५ वेलाहा स्थित श्री माँ शक्ति स्वरुपा शक्तिपिठको महाकालेश्वर शिव मन्दिरको सहकार्यमा महाशिवरात्री पर्वको अवसरमा बुधबार शंख बजाउने प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। मौलिक कला संस्कृतिको जगेर्ना गर्न र लोप हुने अवस्थामा पुगेको शंखप्रति युवापुस्ताको ध्यान तान्न प्रतियोगिता तथा हिन्दु धर्मको जगेर्ना गर्ने उद्ेश्यले आयोजना गरिएको आयोजक अध्यक्ष हेमेन्द्र भारद्धाजले जानकारी दिनुभयो।उक्त कार्यक्रमको अध्यक्षतामा विश्व हिन्दु परिषद् भजनी अध्यक्ष हेमेन्द्र भारद्धाज रहनु भएको थियो। ‘खुल्ला शंख ध्वनी प्रतियोगिताका प्रमुख अतिथि नगर प्रमुख केवल…
कैलालीको भजनीमा भजनी नगरपालिका,MPDS र टास्कफोर्सको साझेदारीमा जैबिक तटबन्धमा भजनी नगरपालिकाको समन्वय र Kerk in actie को सहयोगमा बहुउद्देश्यीय बिकास समाज(MPDS) डडेल्धुरा द्घारा संचालित प्रकोप जोखिम न्यूनीकरणका लागि सुदूरपश्चिम प्रदेशमा बाढी पहिरो प्रभावितलाई सहयोग कार्यक्रम अन्तर्गत भजनी नगरपालिका वडा नं ३ धुँसी काँडा नदीमा जैबिक तटबन्ध तथा सामुदायिक बृक्षारोपण गरिएको हो । बर्षेनी बस्ती डुबानमा पर्ने र सयौँ खेतीयोग्य जमिन बाढी तथा डुबान हुने भएकोले बिपद जोखिम न्यूनीकरणका लागि प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग मार्फत बिपत जोखिम न्यूनीकरणका लागि स्थानीय समुदायको सहभागीतामा बिपद टास्कफोर्सको अगुवाइमा २९ मिटर जैबिक तटबन्ध र सामुदायिक बृक्षारोपण गरिएको हो । उक्त जैबिक तटबन्ध तथा…
कैलालीको भजनी नगरपालिका -९ मा रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समुहको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आईतबार एक कार्यक्रमका बिच सामुदायिक वनको ९औ वार्षिक साधारण सभा सम्पन्न भएको हो।संस्थाका अध्यक्ष बुध राम चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी CFCC भजनीका अध्यक्ष खोज राम चौधरी रहेका थिए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता समुहको आर्थिक वर्ष २०८०/०८१ को आयव्यय विवरण प्रस्तुत गरिएको थियो ।संस्थाका लेखा संयोजक होम बहादुर बोहराले उक्त आर्थिक वर्षमा वन उपभोक्ता समुहको १९ लाख १० हजार १ सय बराबरको आयव्यय विवरण प्रस्तुत गरेका थिए । कार्यक्रमको स्वागत् मन्तव्य सामुदायिक वन उपभोक्ता समुह सल्लाहकार सन्त राम चौधरी ले…
दिपक बहादुर विश्वकर्मा टीकापुर/अखिल (क्रान्तिकारी) प्राकृतिक स्रोत व्यवस्थापन कलेज, टिकापुरको आयोजनामा खडक चोकमा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममा विद्यार्थी, स्थानीय नागरिक, समाजसेवी, राजनीतिक व्यक्तित्व तथा शुभचिन्तकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। स्वर्गीय प्रकृति लम्सालको आत्माको चिरशान्तिको कामना गर्दै आयोजित यस श्रद्धाञ्जली सभामा उपस्थित व्यक्तिहरूले उहाँको असामयिक निधनप्रति दुःख व्यक्त गरेका थिए।वक्ताहरूले लम्सालको व्यक्तित्व, योगदान र सामाजिक क्रियाकलापलाई सम्झँदै उहाँको प्रेरणादायी यात्रा चर्चा गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष तिलक माल रहनुभएको थियो। उहाँले स्वर्गीय लम्सालप्रति श्रद्धाञ्जली अर्पण गर्दै युवाहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, "प्रकृति लम्सालजस्ता जागरूक र…
कैलालीको टीकापुरमा मानव स्वास्थ,सुख ,शान्ती र सम्बृदीका लागि GSPSS का नेपाल संयोजन तथा राष्ट्रिय उपाध्यक्ष श्रदेय गुरु दिर्घराज गिरिको दृष्टिकोणले १५ बर्ष देखि जेसिस भवनबाट निरन्तर सेवा,साधना चल्दैगर्दा साधक,योगप्रेमिको आवश्यकता अनुरुप बगर( फोहोर थुपार्ने ड्म्पिङ साइट)क्षेत्रमा उदारणीय निर्माण गर्दै ,टिकापुर न .पा लाई योगमय बनाउने महत्त्वपूर्ण भुमिका खेल्दै आइरहनु भएको छ।GSPSS टिकापुरको क्षेत्रफल १५ कट्ठा रहेको छ।पिरामिड आकार मा रहेको अभ्यास कक्ष,विभिन्न प्रजातिका बिरुवा,रुख,फुल,आयुर्बेद बन्स्पतीले आश्रमको सौर्न्दय वृद्वि गरेको छ।नदि किनारमा भएकाले प्राकृतिक पानीको कलकलाहट-धुन मा साधक,योगि हरु लाभलिरहेका छन। रोगिलाइ निरोगी,निरिगि लाई उपयोगि साथै उच्च अध्यात्मिक चेतना अभिव्यक्त गर्ने कार्य टिकापुर नगरपालिका बल्क न २८ जमरापुल नजिकै GSPSS निरन्तर…
दिपक बहादुर विश्वकर्मा टीकापुर/ विरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालय, टिकापुर, कैलालीले आफ्नो स्थापनाको ५०औं वार्षिकोत्सवको अवसरमा फागुन ९ देखि ११ गतेसम्म स्वर्ण महोत्सव २०८१ भव्य रूपमा उद्घाटन गरेको छ। महोत्सवको उद्घाटन समारोहमा नेपाल सरकारका उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री, नेपाली कांग्रेसका प्रभावशाली नेता माननीय प्रकाशमान सिंह प्रमुख अतिथि रहनुभएको थियो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय कमलबहादुर शाह विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। उद्घाटन समारोहमा विद्यालयका पूर्वविद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय समुदायका सदस्यहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा विद्यालयको ५० वर्षे इतिहास, उपलब्धि र योगदानको चर्चा गर्दै आगामी दिनमा अझ उत्कृष्ट शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरियो। मुख्यमन्त्री शाहले विद्यालयको…
धनगढीमा सामुदायिक प्रकोप ब्यवस्थापन समितीको राष्ट्रिय संजाल नेपालको सुदुरपश्चिम प्रदेश स्तरिय पहिलो अधिवेशन धनगढीमा सम्पन्न भएको छ।सुदुर पश्चिम प्रदेशका ९जिल्लामा रहेका सामुदायिक प्रकोप ब्यवस्थापन समितीको राष्ट्रिय संजाल नेपालको सुदुरपश्चिम प्रदेश स्तरिय अधिवेशनबाट भोज राज ढुंगानाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ।जसमा उपाध्यक्ष बसन्ती सुनार,सचिव दीपक राज जोशी ,सह सचिव यशोदा मल्ल ,कोषाध्यक्ष कृष्णा चौधरी छन् भने सदस्यमा मान बहादुर बस्नेत,महावीर चौधरी,सुनिता राना, मनिषा चौधरी, उषा महर, सम्झना थापा,चेतना जोशी, राधा धामी,खुशीराम राना र पुष्पा भण्डारी रहेका छन।कार्यक्रमममा भोजराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रमका, प्रमुख अतिथि केन्द्रीय अध्यक्ष श्याम बाबु कट्टेल रहनु भएको थियो भने बिशिष्ट अथिती कञ्चनपुर जिल्ला…
दिपक संगम विश्वकर्मा /टिकापुरमा रहेको न्यू लाइट एजुकेसन होमले आफ्नो वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजना गरेको "The Voices of New Light - Season 13" गायन प्रतियोगितामा जानकी गाउँपालिका-७, सन्तपुरकी मन्सरा विक प्रथम स्थान हासिल गर्न सफल भएकी छन्। प्रतियोगितामा उत्कृष्ठ प्रस्तुति दिँदै सबैको मन जित्न सफल मन्सराले उत्कृष्ट स्वर प्रदर्शन गरेपछि निर्णायक मण्डल तथा दर्शकहरूबाट अत्यधिक प्रशंसा पाएकी थिइन्। उनको यस उपलब्धिलाई कदर गर्दै विद्यालयले एक साइकलसहित विशेष सम्मान प्रदान गरेको छ। मन्सरा विक सानैदेखि गायन तथा नृत्यमा विशेष रुचि राख्दै आएकी छन्। बाल्यकालदेखि नै सांगीतिक प्रतिभा प्रदर्शन गर्दै आएकी उनले विभिन्न विद्यालयस्तरीय तथा स्थानिय प्रतियोगिताहरूमा भाग लिई…
दिपक बहादर विश्वकर्मा , कैलालीको जोशीपुरमा ७४औं प्रजातन्त्र दिवसको अवसरमा जोशीपुर गाउँपालिकामा "प्रजातन्त्र रक्षाका लागि हाम्रो भूमिका" विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। उक्त कार्यक्रम जोशीपुर गाउँपालिका नेविसंघ कार्यसमितिका अध्यक्ष राहुल बुढाको सभापतित्व तथा संविधान सभा सदस्य माननीय बुद्धिसागर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य एवं जोशीपुर गाउँपालिकाका निवर्तमान उपाध्यक्ष गीता कठरिया, प्रदेश सभा क्षेत्रीय सचिव एवं नेविसंघ केन्द्रिय सदस्य भक्तराज देवकोटा, नेविसंघ कैलाली जिल्ला अध्यक्ष मनिष कुँवर लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। प्रतियोगितामा जोशीपुर गाउँपालिका अन्तर्गतका आठवटा माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा रघुनाथ आदर्श प्राविधिक नमुना माध्यमिक विद्यालयका सुशिल भण्डारी प्रथम,…
दिपक बहादुर विश्वकर्मा/ कैलालीको टिकापुरमा रहेको वीरेन्द्र विद्या मन्दिर बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा प्रजातन्त्र दिवसको अवसरमा विशेष दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। नेपाल विद्यार्थी संघ क्याम्पस इकाई सभापति नवीन अधिकारीको सभापतित्वमा तथा प्रमुख अतिथि प्रकाश शाहको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका दौरान प्रमुख अतिथि शाहले प्रजातन्त्र प्राप्तिका लागि भएका संघर्ष र बलिदानको चर्चा गर्दै युवा पुस्ताले लोकतान्त्रिक मूल्य र मान्यताहरूको संरक्षण गर्नुपर्ने कुरामा जोड दिनुभयो। उहाँले प्रजातन्त्रलाई संस्थागत गर्न शिक्षित युवाको भूमिका महत्वपूर्ण रहेको भन्दै विद्यार्थीहरूलाई सचेत, जागरूक र जिम्मेवार बन्न आग्रह गर्नुभयो। सभापति नवीन अधिकारीले प्रजातन्त्र दिवस नेपाली जनताको संघर्ष, बलिदान र उपलब्धिको प्रतिक भएको…
कैलालीको भजनीमा नेपाल राष्ट्रिय शिक्षक संगठन भजनी नगर समितिको अधिवेशन बुधबार भजनीमा सम्पन्न भएको छ । कार्यक्रमको नगर अध्यक्ष राम बहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथिमा संगठनका जिल्ला उपाध्यक्ष प्रभुनाथ जैसी रहेका थिए भने विशिष्ट अथितिमा जिल्ला सचिव दान बहादुर खाती, प्याब्सनका जिल्ला उपाध्यक्ष राज बुढा रहनु भएको थियो।उक्त अधिवेशनमा संगठनका भजनी नगर इन्चार्ज पदम शाही र संगठनमा आवद्ध शिक्षक शिक्षिका लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथिले देशमा उत्कृष्ट शिक्षा प्रदान गर्नु नै शिक्षकहरूको मुख्य दायित्व रहेकाले संगठन मा आवद्ध सम्पूर्ण शिक्षकले आ आफ्नो क्षेत्रबाट दत्त चित्त भएर लाग्नु पर्ने र हाल शिक्षकहरुको अवस्था अन्य कर्मचारीको…
दिपक बहादुर विश्वकर्मा बोगटान/शान्तिका लागि समर्पित यात्रामा निस्किएका श्री रामभक्त कौडिन्यलाई बोगटान फुडसिल गाउँपालिका–१ नं वडा सिमचौरमा विशेष स्वागत गरिएको छ। श्री रामभक्त कौडिन्यले शान्ति, सद्भाव र मानवता फैलाउने उद्देश्यले ७५३ स्थानिय तहमा पैदल र साइकलमार्फत यात्रा गर्दै शान्तिको सन्देश फैलाउँदै आएका छन्।आजको कार्यक्रमको प्रमुख आकर्षण बोगटान फुडसिल गाउँपालिका–१ नं वडा अध्यक्ष खेम घर्तिमगरको स्वागत थियो। उनले स्वागत गर्दै भने, "शान्तिका लागि यस प्रकारको पहल अत्यन्तै सराहनीय छ। श्री रामभक्त कौडिन्यज्यूको यात्रा हाम्रो समाजमा शान्ति र सद्भावको सन्देश पुर्याउने विश्वास छ। हामी सबैलाई एकजुट भएर शान्तिको पक्षमा काम गर्न आवश्यक छ।"कौडिन्य ज्युले आफ्नो यात्रा बारेमा कुरा गर्दै भने, "शान्तिको सन्देश…