Skip to main content

Bhajani Today

ट्राफिक प्रहरीद्धारा जनचेतनामुलक कार्यक्रम

कैलालीको भजनीमा अस्थाई ट्राफिक प्रहरी पोष्ट भजनिले ट्राफिक नियम सम्बन्धि सचेतना मुलक कार्यक्रम गर्दै आएको छ।भजनी नगरपालिकाका विभिन्न स्थानमा स्थानिय सरकारसंग सहकार्य गरेर सचेतनामुलक कार्यक्रम गर्दै आईरहेको अस्थाई ट्राफिक प्रहरी पोष्ट भजनीका ईन्चार्ज बिजय बमले जानकारी दिएका छन। सडकमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न अभियान सञ्चालन गरेको छ।भजनी नगर पालिका वडा नं ७ चर्रा र ट्राफिक पोष्ट भजनीले संयुक्त रुपमा ट्राफिक सचेतना र सडक दुर्घटना न्युनिकरणको लागी भजनी नगरपालिका वडा न ७ स्थित गणेशमान चोकमा तपाईको हेलमेट खै भन्ने होडिंग बोर्ड राख्ने, विभिन्न ठाउँमा ट्राफिक चिन्ह , सवारी साधनमा स्टिकर टास्ने लगायत कार्य सम्पन्न गरेको छन।

ईन्चार्ज बमका अनुसार भजनी नगरपालिका वडा न ७ स्थित चर्रा गाउमा भारतिय नम्बरका मोटर साईकल चल्ने र अधिकांश मोटरसाईकल सवारी धनीले बिना हेल्मेट मोटरसाईकल चलाउने गरेको पाईएकोले उक्त क्षेत्रमा सचेतनामुलक होडिंग बोर्ड लगाउने र दुर्घटना न्यूनीकरणका लागि सवारी साधनमा स्टिकर टाँस्ने काम गरिएको बताए । भजनी क्षेत्रमा मासिक ३५ देखि ४० हजार राजस्व संकलन हुने गरेका समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *