साझा अक्षर

श्रमिक महिला दिवसमा इटा भट्टा र केराबारीमा कार्यरत महिला सम्मानित

जोशीपुरमा अखिल नेपाल महिला संघ क्रान्तिकारीले ११५ औ अन्तरराष्ट्रिय श्रमिक महिला दिवस कैलालीको जोशीपुरमा इटा भट्टामा मनाएको छ । सो अवसरम इटा भट्टामा बिगत ७ बर्षदेखि श्रमिकको रुपमा कार्यरत १२ महिलालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

इटा भट्टामा आयोजित कार्यक्रममा नेपालमा श्रमिका महिलाको अवस्था, विकास, उपलव्धि र नेपालमा महिला मुक्ति आन्दोलनका बारेमा संविधान सभा सदस्य हरी श्रीपाइली, कमला ज्ञवाली, नेप बहादुर थारु, दिर्घ बिनाडी, ओजारी लाल चौधरी, खेमा ज्ञवालीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।त्यस्तै जोशीपुर ४ झवहीमा रहेको केराबारीमा श्रमिक मजदुरको रुपमा कार्यरत १० जना महिलालाई पनि केराबारीमा नै उपस्थित भएर खादा अबिरले सम्मनित गरिएको थियो । उक्त कार्यक्रमको संचालन अखिल नेपाल महिला संघ क्रान्तिकारीकी प्रदेश सचिव कमला ज्ञवालीले संचालन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *