कैलालीको भजनी नगरपालिकाको वडा नं. १ मा २५ घर र वडा नं. ८ मा २० घर गरी बाढी प्रभावित, मुक्त कमैया, विपन्न दलित, र एकल महिलाहरूका लागि ४५ वटा सुरक्षित आवास निर्माण गर्न भजनी नगरपालिकाको कार्यालय, ह्याविट्याट फर ह्युम्यानिटी नेपाल, र राष्ट्रिय दलित नेटवर्क(RDN) कैलाली बीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ। नगरपालिकाबाट नगर प्रमुख केवल चौधरी, नगर उप-प्रमुख राजु तिरुवा, प्रमुख प्रशासकिय अधिकृत नीलम कुमार न्यौपाने र योजना शाखा प्रमुख रेखा चौधरीको संयुक्त रुपमा र ह्याविट्याट फर ह्युम्यानिटी नेपालकोबाट पुनिता चौधरी,राष्ट्रिय निर्देशक एलिजा स्थापित र राष्ट्रिय दलित नेटवर्क(RDN) कैलालीकोबाट कार्यक्रम संयोजक चक्र बहादुर आग्री केन्द्रिय अध्यक्ष मोहन ओडले साझेदारीले बाढी प्रभावित, विपन्न, दलित तथा असहाय परिवारहरूको लागि सुरक्षित आवासको त्रिपक्षीय सम्झौता गरेको छ।