Skip to main content

Bhajani Today

सहकारीको भवन शिलान्यास

भजनी– दिया बाती ऋण सहकारी संस्थाको कार्यालय भवनको शिलान्यास गरिएको छ । भजनी नगरपालिका वडा नं. ६ नवलपुरमा निर्माण गर्न लागिएको संस्थाको कार्यालय भवनको भजनी नगरपालिका नगर प्रमुख केवल चौधरी र प्रमुख प्रशासकिय अधिकृत नीलम कुमार न्यौपानेले संयुक्त रूपमा शिलान्यास गर्नु भएको थियो।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले सहकारीहरुको लगानी पहुँच नभएका शेयर सदस्यहरुमा केन्द्रित हुनुपर्ने बताए ।

उक्त शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले सहकारीले पनि अहिले बैंक जस्तै काम गरिरहेकाले यसबाट स्थानिय जनताले लाभ लिईरहेको समेत नगर प्रमुख चौधरीले बताए।

नगर स्तरीय आर्थिक वर्ष २०८१/२०८२को २० लाखको लागतमा सहकारीको २ कोठे भवनको निर्माण भई रहेको सहकारीका प्रबंधक तथा व्यवस्थापक लक्ष्मी चौधरीले बताईन्। साथै सहकारीले सबै सामुदाय लाई जोड्दै अगाडी बड्ने विश्वास समेत लिएको संस्थाकी अध्यक्ष अन्तिरानी चौधरीले बताइन्।

उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नीलम कुमार न्यौपाने,वडा नं ६का अध्यक्ष राम सागर चौधरी र सहकारी संस्था प्रतिनिधीहरुको सहभागीता रहेको थियो । यस सहकारीमा ४ सय ८५ शेयर सदस्य रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *