दिपक बहादुर विश्वकर्मा डोटी – बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ स्थितचर स्वास्थ्य चौकीमा विगत तीन वर्षसम्म सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका रहनुभएकी कोकिला देवी कडायतको असामयिक निधन भएको छ। उहाँकाे निधनले गाउँपालिका तथा समुदाय शोकमा डुबेको छ।
स्वर्गीय कडायतले वि.स २०७६ देखि २०७९ सम्म स्वास्थ्य स्वयंसेविका भएर स्थानीय समुदायमा स्वास्थ्य सेवाकाे प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउनु भएकाे थियाे। साथै, उहाँ बोगटान फुड्सिल गाउँपालिकाको स्वास्थ्य शाखामा अ.हे.व पदमा कार्यरत धनराज कडायतकी आमा हुनुहुन्थ्यो।
उहाँको निधनको खबरले गाउँपालिका परिवार स्तब्ध बनेको गाउँपालिका अध्यक्ष कमल बहादुर गडसिलाले जानकारी दिनुभयो। उहाँले स्व. कडायतको योगदान सदैव स्मरणीय रहने बताउँदै गाउँपालिकाको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो भयको छ। साथै, गाउँपालिकाले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।
शोकको यस घडीमा गाउँपालिका परिवार तथा स्थानीय समुदायले स्व. कडायतको योगदानको कदर गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।