साझा अक्षर

काठेपुल जीर्ण हुँदा आवागमनमा समस्या

भजनी फागुन १९/कैलालीको भजनी नगरपालिकामा दुई वटा काठेपुल जीर्ण भएपछि स्थानीयलाई आवागमनमा समस्या भएको छ ।

वडा नम्बर ८ काँढाढिक स्थित गैरी नाला र वडा नम्बर ३ कुसुमघाटस्थित राप्ती नालाको काठेपुल जीर्ण भएपछि स्थानीयलाई ओहोरदोहोर गर्न समस्या भएको हो । दुवै नालामा पक्की पुल नभएपछि काठेपुल बनाएर विभिन्न गाउँका बासिन्दा आउजाउ गर्दै आएका छन्‌ । गैरीनाला र राप्ती नालाको पुल जीर्ण भएपछि काँढाढिक र कुसुमघाटमा रहेकोदुर्गा मावि विद्यालय र कालिका आधारभूत विद्यालयका विद्यार्थीलाई आउजाउ गर्न निकै समस्या भएको बताइएको छ । नालामा पानी भएको बेला विद्यार्थीलाई साह्रै समस्या हुने गरेको विद्यालयकी शिक्षिका राधा घिमिरेले बताइन्‌ ।

जिल्लामा सबैभन्दा बढी डुबान हुने भजनी नगरपालिका वडा नं. ८ का बासिन्दाले पक्की पुल नभएका कारण २० वर्षदेखि काठेपुल प्रयोग गर्दै आएका छन्‌ ।

यसैगरी वडा नम्बर ३ को कुसुमघाटस्थित राप्ती नालामा भने पालिकाले यसै वर्षबाट करिब ४५ लाख रुपियाँमा पुल निर्माणको काम थाल्ने नगर प्रमुख केबल चौधरीले बताए । उनले क्रमागत योजना अन्तर्गत दुई वर्षमा पुल निर्माण हुने गरी काम थाल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *