Skip to main content

Bhajani Today

पालिका स्तरीय आधारभूत तह (कक्षा ५ र ८)को परीक्षा अनुगमन

कैलाली जिल्लाको भजनी नगरपालिकामा आजदेखि नगर स्तरीय कक्षा ५ र ८ को अन्तिम परीक्षा सुरु भएको छ। नगरपालिकाले कक्षा ५ र ८ का विद्यार्थीहरूको शैक्षिक स्तर मूल्यांकन गर्न वार्षिक परीक्षा सञ्चालन गरेको हो।परीक्षा व्यवस्थित रूपमा सञ्चालन गर्न नगरपालिकाले आवश्यक तयारी पूरा गरेको शिक्षा शाखा अधिकृत पंख बहादुर शाहले बताउनु भयो। विद्यार्थीहरूलाई सहज वातावरणमा परीक्षा दिन सक्ने व्यवस्था मिलाइएको छ।

चैत्र ९गतेसम्म सञ्चालन हुने परीक्षाका लागि अन्तर्गत कक्षा ८ को अन्तिम परीक्षाका लागि ४ केन्द्र तोकिएको छ। कक्षा ८ को परीक्षामा २३ सामुदायिक तथा संस्थागत विद्यालयका १०४१ विद्यार्थीहरुको सहभागीता रहेका छ भने पालिका स्तरिय कक्षा ५ को परीक्षाका लागि नगरपालिकाले ३१ वटा परीक्षा केन्द्र तोकेको छ। ३१ सामुदायिक विद्यालयका ७३९ विद्यार्थीहरूको कक्षा५ को परिक्षामा सहभागि रहेको शिक्षा शाखाले जनाएको छ।

नगर प्रमुख केवल चौधरीका अनुसार परिक्षामा बिद्यार्थीहरुलाई शान्त र भयरहित वातावरणमा सञ्चालन गर्न आवश्यक उपायहरू अपनाइएका छ। परीक्षाको मर्यादा कायम राख्न अनुगमन समेत गरिरहेको बताउनु भयो।

शिक्षा शाखाले विद्यार्थीहरूलाई तनावमुक्त भएर परीक्षा दिन आग्रह गरेको छ। नगरपालिकाले परीक्षाको सम्पूर्ण प्रक्रिया पारदर्शी बनाउने प्रतिबद्धता जनाएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *