साझा अक्षर

विद्यालय सुरक्षा योजना सम्बन्धि तालिम सम्पन्न

कैलालीको भजनीमा वर्ल्ड भिजन ईन्टर नेशनल नेपाल र बिकाशका लागि युवा एक्यवद्धता ( यार्ड) धनगढिको साझेदारमा संचालित समाबेशि तथा गुणस्तरीय शिक्षा परियोजना अन्तरगत विद्यालय सुरक्षा योजना सम्बन्धि १ दिने तालिम सम्पन्न भएको छ ।

भजनी नगरपालिका वडा नं.७ मा रहेको हलौना बाबा आधारभुत बिद्यालयका ब्यवस्थापन समिति, शिक्षक अभिभावक समिति, शिक्षकहरु, जनप्रतिनिधि तथा विद्यालय स्तरीय वाल क्लबका प्रतिनिधिहरू लागि १ दिने तालिमको आयोजना गरियको हो । भजनि नगरपालिका का नगरपालिका वडा न ७ का वडा सदस्य रुपन लोनिया सहित२५ जना तालिममा सहभागी रहेका थिए ।

तालिममा बिद्यालय सुरक्षा योजना तयार पार्न चाहिने मापदण्डहरु, जिम्मेवारी बाडफाड , विद्यालय सुरक्षा योजनालाई,विद्यालय सुधार योजना संग कसरी एकीकृत गर्ने, बिपत्तिका समयमा कसरी कक्षा संचालन गर्ने लगायका का बिषय बस्तु तालिममा प्रशिक्षण गरिएको थियो ।

बिद्यालयमा अधिकतम पठन घण्टा संचालन गर्ने र बिपतबाट हुन सक्ने क्षतिलाई कम गरि बिद्यालयलाई सुरक्षित राख्न योजना तयार गर्ने उदेश्यले तालिमको आयोजना गरियको र यस्तै तालिम भजनि र टिकापुरका १५ वटा बिद्यालयमा सञ्चालन गरिने यार्ड धनगढिका फिल्ड अफिसर पिताम्बर पौडेलले बताउनु भयो । तालिमको सहजिकरण बिगत लामो समय देखि बिपत ब्यवस्थापन क्षेत्रमा काम गरिरहेका प्रेम कुश्मि डगौराले गर्नु भएको थियो । हाल यार्डले भजनि र टिकापुर क्षेत्रका १५ वटा विद्यालय र ४४ वटा पढाइ शिबिर मार्फत गुणस्तरिय शिक्षाका लागि कामहरु गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *