Skip to main content

Bhajani Today

महुन्याल बहुमुखी क्याम्पसमा नेविसंघका झंकर बुढा निर्वाचित

भजनी,५ चैत ।कैलालीको भजनीमा रहेको महुन्याल बहुमुखी क्याम्पस भजनीमा भएको स्ववियूको निर्वाचनमा नेपाल विद्यार्थी संघका झंकर बुढा स्ववियू सभापतिमा निर्वाचित भएका छन् ।

नेविसंघ अध्यक्ष झंकर बुढाले ९० मत लिएर बिजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धि अखिल क्रान्तिकारी र गठबन्धनका साझा उम्मेदवार मुकेश चन्दले ८४ मत प्राप्त गरे ।त्यसैगरी सचीवमा निर्मल कुमार चौधरी,कोषाध्यक्ष सोनी विक ,सदस्य करण बि.क,सदस्य सुमन चौधरी,सदस्य सरिता कठरिया ,सदस्यजानु कुमारी बि.क र सदस्य उमा कुमारी चौधरी विजय भएका छन्।।निर्वाचनमा जम्मा मत संख्या २ सय १९ मतमा १सय ७९ मत खसेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *