Skip to main content

Bhajani Today

गोहीको आक्रमणबाट एक व्यक्ति घाइते

भजनी, कैलाली – कैलाली जिल्लाको भजनी नगरपालिका–८ सोनाफाँटामा गोहीको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन्।

घाइते हुनेमा ४० वर्षीय कंगालु चौधरी रहेका छन्। स्थानीय पथरिया नदीमा माछा मार्ने क्रममा उनलाई गोहीले आक्रमण गरेको थियो। घटनामा चौधरीको हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

हाल उनलाई टीकापुर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।स्थानीय प्रशासनले नदी किनारमा सचेत रहन आग्रह गरेको छ भने गोहीको आक्रमणबाट बच्न सुरक्षाका उपाय अपनाउन अनुरोध गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *