Skip to main content

Bhajani Today

तिमीसँग सधैं रहन चाहन्छु

              #मुक्तक#

१)जिन्दगी एउटा यात्रा हो, बिर्सिनु हुन्न,

पीडा र खुशीको संगम टार्न सकिन्न।

मायाले उज्यालो पार्न सक्छ अन्धकार,

तर विश्वास बिना सम्बन्ध सार्न सकिन्न।

२)समय बदलिन्छ, नियति बदलिन्छ,

साँच्चै भने मुटु पनि बदलिन्छ।

तर यो माया जून जस्तै हुन्छ 

दुःखको रातमा अझ चम्किन्छ।

३)हराएका सपनाहरू खोज्दै छु म,

सिउरिएका यादहरू जोड्दै छु म।

बाँझो मनमा फूल रोप्न त खोजेँ,

तर बिछोडको आँधीमा ढल्दै छु म।

४)तिमी बिना रात अध्यारो हुन्छ,

तिमी बिना दिल नै बेकार हुन्छ।

तिमी नै मेरो खुशीको कारण हौ,

तिमी बिना यो जीवन बेजान हुन्छ।

५)मायाको बन्धन कहिल्यै टुट्दैन,

सम्बन्ध टाढा हुँदा पनि छुट्दैन।

हावा बनेर तिमीलाई छुन सक्छु,

किनकि मेरो प्रेम कहिल्यै सुक्दैन

६)तिमी आए जिन्दगीमा उज्यालो छायो,

तिम्रो मायाले मनको अँध्यारो हटायो।

अब तिमी नै मेरो सास बनीदेऊ,

तिमी बिना जिन्दगीले नशा गुमायो

७)तिमीलाई हेर्न हरपल चाहन्छु,

तिम्रै मायामा रमाउन चाहन्छु।

तिमी बिना अधुरो यो मन,

तिमीसँग सधैं रहन चाहन्छु।

<दिपक संगम विश्वकर्मा 

टीकापुर ,कैलाली नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *