Skip to main content

Bhajani Today

नाइल बोर्डिङ स्कुल, टीकापुर कैलालीको १३औं वार्षिक उत्सव सम्पन्न

दिपक बहादुर विश्वकर्मा /टीकापुर:कैलालीको टिकापुरस्थित नाइल बोर्डिङ स्कुलले आफ्नो १३औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, नृत्य, गीत, तथा खेलकुद प्रतियोगितामा सक्रिय सहभागिता जनाए ।

उक्त कार्यक्रमका प्रमुख अतिथि गंगाराम आचार्यले विद्यालयको शैक्षिक योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्टता हासिल गर्न शुभकामना व्यक्त गरेका थिए। विशिष्ट अतिथिहरूमा न्यू लाइट एजुकेशन होमका जयकृष्ण तिमिल्सिना रहेका थिए। यस्तै रामबहादुर थापा, खुमानन्द ओली, डम्बर बहादुर सोडारी लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

विद्यालयका प्रधानाध्यापक डम्बर सोडारीले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै विद्यालयले गुणस्तरीय शिक्षामा पुर्‍याएको योगदानबारे चर्चा गरेका थिए। उनले विद्यार्थीहरूको सर्वांगीण विकासका लागि यस्ता कार्यक्रमहरूको आवश्यकता र महत्वमाथि प्रकाश पारे।

कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।   विद्यालय व्यवस्थापन समितिले समुदायसँगको सहकार्यलाई अझ सुदृढ गर्दै विद्यार्थीहरूको शैक्षिक गुणस्तर वृद्धिमा निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

समारोहको अन्त्यमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो, जसले उनीहरूलाई आगामी दिनमा अझ उत्साहका साथ अघि बढ्न प्रेरित गर्ने विश्वास लिइएको छ।यस अवसरमा विद्यालयले आगामी शैक्षिक सत्रमा नयाँ पाठ्यक्रम र अतिरिक्त क्रियाकलापहरू समावेश गर्ने योजना पनि सार्वजनिक गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *