साझा अक्षर

नेकपा एमाले जानकी-३ वडा कमिटीको वडा केन्द्रित अभियान अभिमुखीकरण सम्पन्न

दिपक बहादुर विश्वकर्मा /जानकीमा नेकपा (एमाले) जानकी गाउँपालिका-३ वडा कमिटीको वडा केन्द्रित अभियान अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम वडा कमिटी अध्यक्ष क. सुर्य प्रसाद रेगमीको अध्यक्षतामा आयोजना गरिएको थियो भने केन्द्रीय कमिटी सदस्य तथा निर्वाचन क्षेत्र नं. १ का इन्चार्ज क. झपट बहादुर रावल प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा विशेष अतिथिका रूपमा जिल्ला कमिटी सचिवालय सदस्य क. मोती सिंह बिक (मिझार), जिल्ला कमिटी सदस्य क. केशब राज गिरी, जिल्ला कमिटी सदस्य भावना बिक, गाउँ कमिटी अध्यक्ष क. प्रदीप कुमार शाह लगायत नेकपा एमालेका अगुवा नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमको प्रमुख आकर्षण भनेको अन्य राजनीतिक दलहरू परित्याग गरी नयाँ सदस्यहरू नेकपा (एमाले) मा प्रवेश गर्नु थियो। नेकपा माओवादी केन्द्र परित्याग गरी अल्चीराम चौधरी तथा नेपाली कांग्रेस परित्याग गरी महेश चौधरी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। पार्टीका नेताहरूले नयाँ सदस्यहरूको स्वागत गर्दै समाज परिवर्तन तथा पार्टी सुदृढीकरणका लागि सक्रिय भूमिकाको अपेक्षा गरेका छन्। कार्यक्रमको क्रममा वडा स्तरीय युवा संघ, अखिल नेपाल महिला संघ, तथा अखिल नेपाल किसान महासंघका वडा कमिटीहरू गठन गरिएको छ। यसले पार्टीको संगठनात्मक संरचनालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रमको उद्घाटन नेकपा एमालेका क. वंसीराम चौधरीको स्वागत मन्तव्यबाट गरिएको थियो भने कार्यक्रमको सफल सञ्चालन वडा कमिटी सचिव क. भागिराम चौधरीले गर्नुभएको थियो।

कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले पार्टी संगठन सुदृढ पार्ने, जनताको सेवा गर्ने तथा आगामी चुनावका लागि तयारी गर्ने विषयमा जोड दिएका थिए। #वडाकेन्द्रितअभियान सफल पारौँ भन्ने नारासहित कार्यक्रमको समापन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *