Skip to main content

Bhajani Today

जानकी गाउँपालिकाबाट ज्येष्ठ नागरिकहरूको धार्मिक तथा पर्यटकीय अवलोकन भ्रमण

दिपक बहादुर विश्वकर्मा /कैलाली  जानकी गाउँपालिका, सामाजिक विकास शाखा दुर्गौलीको आयोजनामा गाउँपालिकाका प्रत्येक वडाबाट ३ जना गरी ९ वडाका २७ जना ज्येष्ठ नागरिकहरूलाई कर्णाली प्रदेशको सुर्खेतस्थित विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन भ्रमणका लागि पठाइएको छ।

पालिकाका अध्यक्ष गणेश चौधरीले एक विशेष कार्यक्रमका बीच ज्येष्ठ नागरिकहरूलाई विदाई गर्नुभएको हो। यो भ्रमण कार्यक्रम ज्येष्ठ नागरिकहरूलाई धार्मिक तथा सांस्कृतिक स्थलहरूको अवलोकन गराउँदै मनोरञ्जन प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, सामाजिक विकास शाखाका कर्मचारीहरू तथा ज्येष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो। अध्यक्ष चौधरीले भविष्यमा पनि ज्येष्ठ नागरिक लक्षित यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

यो भ्रमण टोलीले सुर्खेतका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्नेछ र आफ्नो अनुभव साझा गर्ने अवसर पाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *