साझा अक्षर

भजनीमा शंख बजाउने (शंखनाद) प्रतियोगिता सम्पन्न

कैलालीको भजनीमा महाशिवरात्री पर्वको अवसर पारी भजनी नगरपालिकामा शंख बजाउने (शंखनाद) प्रतियोगिता सम्पन्न भएको छ । विश्व हिन्दु परिषद् नेपाल भजनी नगर कार्यसमितिको आयोजनामा भजनी वडा नं. ५ वेलाहा स्थित श्री माँ शक्ति स्वरुपा शक्तिपिठको महाकालेश्वर शिव मन्दिरको सहकार्यमा महाशिवरात्री पर्वको अवसरमा बुधबार शंख बजाउने प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।

मौलिक कला संस्कृतिको जगेर्ना गर्न र लोप हुने अवस्थामा पुगेको शंखप्रति युवापुस्ताको ध्यान तान्न प्रतियोगिता तथा हिन्दु धर्मको जगेर्ना गर्ने उद्ेश्यले आयोजना गरिएको आयोजक अध्यक्ष हेमेन्द्र भारद्धाजले जानकारी दिनुभयो।उक्त कार्यक्रमको अध्यक्षतामा विश्व हिन्दु परिषद् भजनी अध्यक्ष हेमेन्द्र भारद्धाज रहनु भएको थियो। ‘खुल्ला शंख ध्वनी प्रतियोगिताका प्रमुख अतिथि नगर प्रमुख केवल चौधरी,विशिष्ट अतिथि स्वामी गजेन्द्र भण्डारी,विशिष्ट अतिथि विश्व हिन्दु परिषद् सुदुर पश्चिम प्रदेशका अध्यक्ष महेन्द्र राज पन्त र विशिष्ट अतिथि प्रमुख प्रशासकिय अधिकृत नीलम कुमार न्यौपाने रहेका थिए।कार्यक्रममा वडा अध्यक्ष विक्रम चौधरी, वडा अध्यक्ष केशव बहादुर बुढा,वडा जनप्रतिनिधी, राजनीतिक दल, भक्तालु ,सुक्षकर्मी,सञ्चारकर्मी ,संरक्षणकर्मी तथा समाजसेवी बुद्धिजिवी लगाएतको उपस्थिति रहेको थियो।

सनातनी हिन्दु धर्मका विभिन्न संस्कारमा नभई नहुने “शंख” संरक्षण र सम्बद्र्धनार्थमा ‘खुल्ला शंख ध्वनी प्रतियोगिताको बारेमा भजनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नीलम कुमार न्यौपानेले बताउनु भयो।नेपाली मौलिक कला, धर्म र संस्कृतिको जगेर्ना गर्दै भावी पुस्तालाई सिक्न आवश्यक तथा प्रवद्र्धन गर्नु पर्ने तथा विभिन्न संस्कारमा नभई नहुने शङ्खको उपयोग, संरक्षण र सम्वद्र्धनार्थ पहिलो पटक भजनीमा शङ्खध्वनि प्रतियोगिता भएकोमा भजनी नगर प्रमुख नगर प्रमुख केवल चौधरीले धन्यवाद दिनु भएको थियो।कार्यक्रमका लागि कार्यक्रम मात्र नभएर समाज रूपान्तरण तथा जनचेतनाका निमित्त कार्यक्रम आयोजना गरिएकोले विश्व हिन्दु परिषद् सुदुर पश्चिम प्रदेशका अध्यक्ष महेन्द्र राज पन्तले बताउनु भयो।उक्त कार्यक्रममा खुल्ला शंख नाद प्रतियोगिताको ११जनाले सहभागिता रहेको थियो। शंख नाद प्रतियोगितामा प्रथम स्थान टंक प्रसाद जोशी, द्वितीय स्थान भोज राज जोशी, तृतीय स्थान लक्ष्मी प्रसाद जोशी र सान्त्वना गणेश प्रसाद ओझाले ल्याउनु भएको थियो।कार्यक्रममा शेर बहादुर विक र प्रदीप मल्ल लगाएको शुभकामना मन्तव्य राख्नुभएको थियो। खुल्ला शंख नाद प्रतियोगितामा समाजसेवि टंक प्रसाद जोशीले स्वागत् मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमका सञ्चालक भजनी साहित्यिक समाजका अध्यक्ष टीका राम जोशीले गर्नु भएको थियो।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *