साझा अक्षर

भजनी नगरपालिका,MPDS र टास्कफोर्सको साझेदारीमा जैबिक तटबन्ध 

कैलालीको भजनीमा भजनी नगरपालिका,MPDS र टास्कफोर्सको साझेदारीमा जैबिक तटबन्धमा भजनी नगरपालिकाको समन्वय र Kerk in actie को सहयोगमा बहुउद्देश्यीय बिकास समाज(MPDS) डडेल्धुरा द्घारा संचालित प्रकोप जोखिम न्यूनीकरणका लागि सुदूरपश्चिम प्रदेशमा बाढी पहिरो प्रभावितलाई सहयोग कार्यक्रम अन्तर्गत भजनी नगरपालिका वडा नं ३ धुँसी काँडा नदीमा जैबिक तटबन्ध तथा सामुदायिक बृक्षारोपण गरिएको हो ।

बर्षेनी बस्ती डुबानमा पर्ने र सयौँ खेतीयोग्य जमिन बाढी तथा डुबान हुने भएकोले बिपद जोखिम न्यूनीकरणका लागि प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग मार्फत बिपत जोखिम न्यूनीकरणका लागि स्थानीय समुदायको सहभागीतामा बिपद टास्कफोर्सको अगुवाइमा २९ मिटर जैबिक तटबन्ध र सामुदायिक बृक्षारोपण गरिएको हो । उक्त जैबिक तटबन्ध तथा बृक्षारोपण भजनी नगरपालिकाको कार्यालयबाट १ लाख,Kerk in Actie,बहुउद्देश्यीय बिकास समाज डडेल्धुरा परियोजनाबाट १ लाख सहयोग सहकार्य र बिपद् टास्कफोर्सको श्रमदानमा निर्माण सम्पन्न भएको थियोे।जैबिक तटबन्ध तथा सामुदायिक बृक्षारोपणको स्थानीय सरकारले अनुगमन समेत गरेको थियोे ।

अनुगमनको क्रममा भजनी नगरपालिकाका उप प्रमुख राजु तिरुवा ले MPDS ले स्थानीय स्तरमा बिपद जोखिम न्यूनीकरण सम्बन्धि समुदायमा सचेतना अभिवृद्धि गरी जैबिक तटबन्ध र बृक्षारोपण कार्यमा सहकार्य गरेकोमा प्रशंसा सहित धन्यवाद ज्ञापन गर्नु भएको थियो। उप प्रमुखले बाढी,डुबान लगाएतका बिपदबाट समुदायलाई जोगाउन सचेतीकरण प्रभावकारी हुने भएकाले त्यसका लागि पालिकाको तर्फबाट अाफूहरुले सहयोग गरेको र आगामी दिनमा पनि सहयोग र सहकार्य गर्न तत्पर रहने उप प्रमुख राजु तिरुवाले बताउनु भएको थियो।

बिपद टास्कफोर्सका अध्यक्ष रामभरोसे डगौँराले जैबिक तटबन्ध र सामुदायिक बृक्षारोपणले काँडा नदीले गर्ने निरन्तरको माटो कटानीलाई रोक्ने र बस्ती डुबान हुनबाट बच्ने बिश्वास ब्यक्त गरेका थिए।

अनुगमनमा भजनी नगरपालिका वडा नं ३ का अध्यक्ष बिक्रम चौधरी,वडा सदस्य शत्रुधन चौधरी,हैरानी देबी डगौरा,परियोजनाका डिअारअार टेक्निकल एक्सपर्ट राजेन्द्र रैका,सामाजिक परिचालक बिष्णु जैशी लगाएतको सहभागीता रहेको थियोे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *