कैलालीको भजनी नगरपालिका -९ मा रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समुहको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आईतबार एक कार्यक्रमका बिच सामुदायिक वनको ९औ वार्षिक साधारण सभा सम्पन्न भएको हो।
संस्थाका अध्यक्ष बुध राम चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी CFCC भजनीका अध्यक्ष खोज राम चौधरी रहेका थिए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता समुहको आर्थिक वर्ष २०८०/०८१ को आयव्यय विवरण प्रस्तुत गरिएको थियो ।संस्थाका लेखा संयोजक होम बहादुर बोहराले उक्त आर्थिक वर्षमा वन उपभोक्ता समुहको १९ लाख १० हजार १ सय बराबरको आयव्यय विवरण प्रस्तुत गरेका थिए । कार्यक्रमको स्वागत् मन्तव्य सामुदायिक वन उपभोक्ता समुह सल्लाहकार सन्त राम चौधरी ले गर्नु भएको थियो।
जसमा आम्दानी तर्फ जर्ना दाउरा,काठ दाउरा, पटाक बिक्री,बलाबल्ली तथा पोल बाट आम्दानी, वन प्रवेश शुल्क वाफतको आम्दानी, जरिवाना वाफतको आम्दानी बिक्रिबाफतको आम्दानी लगायत समावेश गरिएको थियो । उक्त सामुदायिक वन उपभोक्ता समुहले आफ्ना उपभोक्तामा रहेका जेष्ठ नागरिक,एकल महिला र अपाङ्गता भएका ६० जनालाई ब्ल्यांकेट वितरण गरिएको थियो।
कार्यक्रममा जनप्रतिनिधी, सब डिभिजन वन कार्यालय भजनी ९ कैलालीको प्रतिनिधि,विभिन्न संघसंस्थाका प्रतिनिधी एवम् छिमेकी सामुदायिक बनका प्रतिनिधि,सुरक्षाकर्मी, सञ्चारकर्मी र स्थानियहरुको सहभागिता रहेको थियो ।कार्यक्रमका खोज राम चौधरी, भिम बहादुर कुमाल र जीवन चौधरीले शुभकामना मन्तव्य राख्नुभएको थियो।
संस्थाको आर्थिक प्रगति प्रतिवेदन कार्यालय सचिव रमेश विष्टले प्रस्तुत गर्नु भएको थियो। उक्त कार्यक्रममा सञ्चालक लेखा संयोजक होम बहादुर बोहराले गर्नु भएको थियो।