दिपक बहादुर विश्वकर्मा टीकापुर/अखिल (क्रान्तिकारी) प्राकृतिक स्रोत व्यवस्थापन कलेज, टिकापुरको आयोजनामा खडक चोकमा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममा विद्यार्थी, स्थानीय नागरिक, समाजसेवी, राजनीतिक व्यक्तित्व तथा शुभचिन्तकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्वर्गीय प्रकृति लम्सालको आत्माको चिरशान्तिको कामना गर्दै आयोजित यस श्रद्धाञ्जली सभामा उपस्थित व्यक्तिहरूले उहाँको असामयिक निधनप्रति दुःख व्यक्त गरेका थिए।वक्ताहरूले लम्सालको व्यक्तित्व, योगदान र सामाजिक क्रियाकलापलाई सम्झँदै उहाँको प्रेरणादायी यात्रा चर्चा गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष तिलक माल रहनुभएको थियो। उहाँले स्वर्गीय लम्सालप्रति श्रद्धाञ्जली अर्पण गर्दै युवाहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “प्रकृति लम्सालजस्ता जागरूक र समाजप्रति उत्तरदायी विद्यार्थी गुमाउनु हामी सबैका लागि अपूरणीय क्षति हो।”
सोही अवसरमा विभिन्न वक्ताहरूले लम्सालको जीवन, संघर्ष र उहाँको समाजप्रतिको योगदानबारे प्रकाश पार्दै उहाँको स्मृति चिरस्थायी रहोस् भन्ने कामना गरे। कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै मौनधारणसमेत गरेका थिए।
कार्यक्रमको सञ्चालन नरेन्द्र सञ्जालले गर्नुभएको थियो। कार्यक्रमलाई थप व्यवस्थित बनाउन विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरू, शिक्षक तथा स्थानिय अभियन्ताहरूको विशेष सहयोग रहेको थियो।
अर्जुन भट्ट अनेरास्ववियु क्रान्तिकारी प्राकृतिक स्रोत ब्यवस्थापन कलेज इकाइ सचिब समेत उपस्थिति रहनु भएको थियोे ।
उक्त श्रद्धाञ्जली कार्यक्रमले उपस्थित सबैमा गहिरो भावनात्मक प्रभाव पार्दै समाजमा सकारात्मक परिवर्तनको लागि क्रियाशील हुन प्रेरित गरेको सहभागीहरूको प्रतिक्रिया थियो।