Skip to main content

Bhajani Today

                  अध्यत्मिक र सामाजिक रुपान्तरणमा विश्व शान्ती तथा अध्यात्म बिज्ञान समाज नेपाल टिकापुर शाखाको महत्वपुर्ण भुमिका                                                  

कैलालीको टीकापुरमा मानव स्वास्थ,सुख ,शान्ती र सम्बृदीका लागि GSPSS का नेपाल संयोजन तथा राष्ट्रिय उपाध्यक्ष श्रदेय गुरु दिर्घराज गिरिको दृष्टिकोणले १५ बर्ष देखि जेसिस भवनबाट निरन्तर सेवा,साधना चल्दैगर्दा साधक,योगप्रेमिको आवश्यकता अनुरुप बगर( फोहोर थुपार्ने ड्म्पिङ साइट)क्षेत्रमा उदारणीय निर्माण गर्दै ,टिकापुर न .पा लाई योगमय बनाउने महत्त्वपूर्ण भुमिका खेल्दै आइरहनु भएको छ।GSPSS टिकापुरको क्षेत्रफल १५ कट्ठा रहेको छ।पिरामिड आकार मा रहेको अभ्यास कक्ष,विभिन्न प्रजातिका बिरुवा,रुख,फुल,आयुर्बेद बन्स्पतीले आश्रमको सौर्न्दय वृद्वि गरेको छ।नदि किनारमा भएकाले प्राकृतिक पानीको कलकलाहट-धुन मा साधक,योगि हरु लाभलिरहेका छन। रोगिलाइ निरोगी,निरिगि लाई उपयोगि साथै उच्च अध्यात्मिक चेतना अभिव्यक्त गर्ने कार्य टिकापुर नगरपालिका बल्क न २८ जमरापुल नजिकै GSPSS निरन्तर बर्षौ देखि चल्दै आएको छ।।।हजारौ रोगी हरुलाई निरोगी बनाइ नया जिबन प्राप्त GSPSS का प्रमाण नगरका लागि प्रेरणा बनदै आइको छ।

आश्रमको निर्माण चल्दै गर्दा नियमित मर्मतसंमहार र सरसफाई को कार्य राष्ट्रिय उपाध्यक्ष श्रदेय गुरु दिर्घ राज गिरिको नेतृत्व मा नियमित साधना समय पश्चात १ घण्टा र शनिबारको दिन अलि धेरै समय दिएर संवर्द्धन मा सबै साधक साधिका लगायत GSPSS संस्था का नगर समिति अध्यक्ष अनु बिष्ट ,जिल्ला समिति अध्यक्ष गीता पाण्डे र प्रदेश समिति अध्यक्ष गीता गिरिबाट साथ हुदै आएको छ| यो आध्यात्मिक संस्था निर्माण भैरहेको हुदा संस्थाका बारेको जानकारी र कोहि कसैलाई सेवाभाबले निर्माणार्थ पुन्य कार्य दान सहयोग गर्ने इच्छुकलाइ राष्ट्रिय उपाध्यक्ष श्रदेय गुरुलाइ मो न ९८४८४३२९९९ मा सम्पर्क गरि जानकारी लिन सकिन्छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *