कैलाली । दिगो विकास समाज भजनीको १९औँ साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।अधिवेशनबाट आशा कुमारी चौधरी अध्यक्षमा निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा गीता चौधरी, सचिवमा देवेन्द्र साउद, सह–सचिवमा सावित्री कठरिया र कोषाध्यक्षमा लक्ष्मी धर्तीमगर निर्वाचित हुनुभएको छ। यस्तै, सदस्यहरूमा सीता चौधरी, लक्ष्मी चौधरी, सरस्वती मल्ल, टिकाराम चौधरी, देविराम जैशी र निलम चौधरी चयन हुनुभएको छ।साधारणसभामा संस्थाको वार्षिक प्रगति समीक्षा, आर्थिक प्रतिवेदनमा ४करोड ७६लाख ९० हजार ५ सय ३० रुपैयाँ बराबरको आय व्याय प्रस्तुतिका साथै आगामी कार्ययोजना र रणनीतिबारे लेखापाल रिता चौधरीले गर्नु भएको थियो।उक्त कार्यक्रममा संस्थाका अध्यक्ष राम बहादुर सुनारको अध्यक्षता भएको…
कैलालीको भजनी नगरपालिका–१ भजनीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको चुनावी १२औँ वार्षिक साधारण सभाबाट नयाँ कार्य समिति चयन गरिएको छ। साधारण सभाबाट अध्यक्षमा बसन्ती चौधरीको कार्यकाल दुई वर्ष र तुल्सी राजीको दुई कार्यकालमा सहमति बाट नयाँ कार्य समितिको चयन गरिएको थियो।भने उपाध्यक्षमा कृष्णा चौधरी चयन भएकी छन्। त्यस्तै सदस्यहरूमा गोमा जोशी, सृजना चौधरी, रिएमानी थारु, लक्ष्मी विक र पदम देवी साउद चयन भएका छन्।यसैगरी, सहकारीको लेखा समितिको संयोजकमा तुल्सा देवी बुढा चयन भएकी छन् भने सदस्यहरूमा रुपा चौधरी र शान्ति देवी चौधरी चयन भएका छन्। साधारण सभामा सहकारीका शेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सहकारीको वार्षिक प्रतिवेदन…
कैलालीको भजनी बजार ऐतिहासिक तथा प्रमुख व्यापारिक केन्द्र भए पनि भारतसँग खुला सीमा नाका रहेका कारण स्थानीय व्यवसायीहरू विभिन्न चुनौती झेल्दै आएका छन्। विशेषगरी कोभिड–१९ महामारीका बेला गरिएको लामो लकडाउन र चर्को बैंक ब्याजदरका कारण भजनी बजारका व्यवसायीहरू आर्थिक रूपमा प्रभावित बनेका छन्। यसै सन्दर्भमा उद्योग वाणिज्य संघ भजनी कैलालीले भजनी नगरपालिकासँग कर छुटको माग गर्दै। संघले व्यवसायीहरूको वर्तमान अवस्था मध्यनजर गर्दै भजनी नगरपालिकाले व्यवसायिक करमा ५० प्रतिशत छुट दिनुपर्ने माग गरेका छन्।संघका अनुसार बजारका धेरै व्यवसायिक सटरहरू बन्द भएका छन् भने बाँकी व्यवसायीहरू पनि घाटामा व्यापार गर्न बाध्य छन्। यस्तो अवस्थामा स्थानीय तहले कर छुटको व्यवस्था गरे व्यवसायीहरूलाई राहत…
कैलाली जिल्लाको भजनी नगरपालिकामा सिकलसेल एनिमिया रोग सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। भजनी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा सरोकारवाला निकायहरूको सहभागितामा सम्पन्न कार्यक्रममा सिकलसेल एनिमियाको अवस्था, जोखिम, पहिचान, उपचार र रोकथामका उपायबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा सिकलसेल एनिमिया वंशानुगत रोग भएको जानकारी दिँदै समयमै परीक्षण र परामर्श आवश्यक हुने स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी बताए। विशेषगरी थारू समुदायमा यो रोगको जोखिम बढी देखिने भएकाले समुदायस्तरमै सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइयो। गर्भावस्थामै परीक्षण, नियमित स्वास्थ्य जाँच, तथा आवश्यक उपचार सेवामा पहुँच बढाउनुपर्ने विषयमा स्वास्थ्य कार्यालय कैलालीका मिन बहादुर धामीले प्रशिक्षक दिनु भएको थियो। अन्तरक्रियामा स्वास्थ्यकर्मीले सिकलसेल एनिमियाबाट प्रभावित व्यक्तिहरूका…
टीकापुर/ कैलालीको टिकापुर नगरपालिका वडा नं ७सत्तीमा जलवायु–मैत्री जीविकोपार्जन बेमौसमी तरकारी सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीको कैलाली जिल्ला को आयोजना तथा ब्रिटिस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित जिविकोपार्जन र जैविक विविधता संरक्षण का लागि समुदायको सशक्तीकरण ECOLAB परियोजना अन्तर्गत लाभग्राहीहरूलाई लक्षित गरी जलवायु–मैत्री जीविकोपार्जन बेमौसमी तरकारी सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको हाे ।उक्त तालिममा जलवायु मैत्री जिविकोपार्जन कसरी गर्न सकिन्छ? पुर्व सुचना प्रणालि,थोपा सिंचाइ , बेमौसमी तरकारी खेती गर्ने तरिका, बेमौसमी तरकारीको फाइदा एवं महत्व, कोकोपिट र मलको मिश्रणमा प्लास्टिक ट्रेमा बेर्ना उमारेने तरिका,टनेल निमार्ण ,बेमौसमी तरकारी खेतीबाट राम्रो र छिटो कसरि आयआर्जन गर्ने…
कैलालीको भजनी नगरपालिका वडा नं ८ सोनाफाँटामा नेपाल रेडक्रस सोसाइटीको आयोजना तथा ब्रिटिस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित ECOLAB परियोजना अन्तर्गत लाभग्राहीहरूलाई लक्षित गरी जलवायु–मैत्री जीविकोपार्जन बेमौसमी तरकारी सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ।उक्त तालिममा बेमौसमी तरकारीको परिचय, बेमौसमी तरकारी खेती गर्ने तरिका, बेमौसमी तरकारीको फाइदा एवं महत्व, कोकोपिट र मलको मिश्रणमा प्लास्टिक ट्रेमा बेर्ना उमारेने तरिका, पोलिब्यागमा बेर्ना उमारेने तरिका, भर्मी कम्पोस्ट र घोटेमालको महत्व, टनेल फार्मिङ गर्ने तरिका, टनेल फार्मिङको फाइदा एवं महत्व, टनेल फार्मिङमा तिते करेला, काँक्रो तथा भेडे खुर्सानीको खेती गर्ने तरिका, साथै बेमौसमी तरकारी खेतीबाट आयआर्जन गरी जीविकोपार्जन गर्ने उपायहरूका बारेमा विस्तृत रूपमा प्रशिक्षण प्रदान…
कैलालीको भजनीमा नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाको आयोजनामा तथा ब्रिटिश रेडक्रसको आर्थिक सहयोगमा सञ्चालन हुँदै आएको ECOLAB परियोजना अन्तर्गत जलवायु मैत्री जीविकोपार्जन कार्यक्रम अन्तर्गत लाभग्राहीहरूका लागि पशुपालनसम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रममा भैंसीपालन, बाख्रापालन तथा भेडापालन सम्बन्धी व्यवहारिक तथा प्राविधिक जानकारी प्रदान गरिएको थियो। तालिममा पशु आहार व्यवस्थापन, रोग नियन्त्रण, स्वच्छता, उत्पादन वृद्धि र जलवायु परिवर्तनको प्रभावलाई न्युनिकरण गर्दै दिगो पशुपालन कसरी गर्न सकिन्छ भन्ने विषयमा भजनी नगरपालिका पशु सेवा शाखा त्रिलोचन चौधरी र रमेश जैशीले समेत सहजीकरण गर्नु भएको थियो। तालिममा सहभागी लाभग्राहीहरूले सिकेका ज्ञान तथा सीपले आफ्नो जीविकोपार्जनमा सुधार आउने र आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका…
कैलालीको भजनी नगरपालिकामा MOFA जापान र वर्ल्ड भिजन जापानको आर्थिक सहयोगमा, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल तथा सामाजिक विकासका लागि सचेत समाज (CSSD) धनगढी, कैलालीको संयुक्त साझेदारीमा सञ्चालित CBDRR परियोजना अन्तर्गत शितलहर र गर्मीको लू व्यवस्थापनसम्बन्धी टेबल–टप अभ्यास कार्यक्रम सम्पन्न भएको छ। बढ्दो शितलहर र लूका कारण हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहले व्यवस्थापनका विभिन्न उपायहरू लागू गरेको छ। साथै, जोखिम न्यूनीकरणका लागि जनचेतनामूलक सन्देशहरू जारी गर्दै स्थानीय तह सक्रिय रूपमा अघि बढेको शितलहर र लू व्यवस्थापनमा समुदाय, वडा र नगरपालिकाको भूमिका,शितलहर र लूका जोखिमबारे जानकारी लिने र पालना गर्ने।बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती र दीर्घरोगीको विशेष ख्याल गर्ने।सुरक्षित बास, न्यानो…
कैलालीको भजनी ६ मा रहेको दिया और बाती बचत तथा ऋण सहकारी सस्था लि. को १२ औं वार्षिक साधारण सभा तथा नयाँ भवनको उद्घाटन गरिएको छ। अन्ती चौधरीको सभापतित्वमा भएको भेलाका प्रमुख अतिथि भजनी नगरपालिका नगर प्रमुख केवल चौधरी रहनु भएको थियो। संस्थाकी व्यवस्थापक लक्ष्मी चौधरीले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा शेर पूँजी १४७८३००,बचत१३६७२८२८,लगानी१२०८४०००,कुल सम्पत्ति ३२९८१७७.५६शेर सदस्य ४८५ रहेको छ । नगर प्रमुख चौधरीले सबै भन्दा बढी संख्या भएको महिला सहकारी संस्थाले राम्रो काम गरेकोमा धन्यबाद दिएका छन् र आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता बताए।साधारण सभामा भजनी नगरपालिका छैठौँ अधिकृत विष्णु न्यौपाने, भल्मनसा रामस्वरूप चौधरी , समाजसेवि इश्वरी चौधरी,देवीकला ढुंगाना, र…
भजनी : सामुदायिक प्रकोप व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल वाग्मती प्रदेशको अध्यक्षमा ललितपुरका दिल कृष्ण प्रजापति सर्वसम्मत निर्वाचित भएका छन् ।काठमाडौ भएको सञ्जालको प्रदेश स्तरीय अधिवेसनले उनको नेतृत्वमा १३ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो । समितिको उपाध्यक्षमा कविता इटनी, सचिवमा महेन्द्र मान्न्धर , सहसचिवमा रोशन कुमार श्रेष्ठ र सृजना न्यौपाने कोषाध्यक्षमा चयन भएका छन् । यस्तै, सदस्यमा दिपक विक्रम देउजा,अस्मिता अर्याल ,तिर्सना कट्टेल,धनमाया थापा,निर्मला कट्टेल,सृजना पौडेल ,बाबुराजा बज्राचार्य ,भगवान रानामगरसञ्जालको काठमाडौको बालाजुमा चलेको प्रथम अधिवेसनले सर्वसम्मतले कार्य समिति चयन गरेको थियो ।
भजनी नगरपालिका–८ गोडचौरामा नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले ब्रिटिश रेडक्रसको आर्थिक सहयोगमा संचालन गर्दै आएको ECOLAB परियोजना अन्तर्गत जलवायु मैत्री जीविकोपार्जन अभिमुखीकरण सम्पन्न भयो।कार्यक्रममा लाभग्राहीसँग समुदायमै प्रचलित भैंसीपालन, बाख्रापालन ,सिलाई कटाई,तरकारी र बंगुरपालनलाई जलवायु अनुकूल कसरी लैजाने भन्नेबारे विस्तृत छलफल भयो। रासायनिक मलको बढी प्रयोगले माटोको उर्वराशक्ति घट्दै गएको र अब जैविक तथा टिकाउ अभ्यासतर्फ फर्किनुपर्ने आवश्यकता पनि जोडियो। समुदायमा रेडक्रसले गठन गरेका ‘च्याम्पियन’हरूले निरन्तर जनचेतनामूलक सन्देश प्रवाह गर्दै आएका छन्। उनीहरूले सरसफाइ, प्राथमिक उपचार, बहस–पैरवी, र बहुप्रकोप पूर्वसूचना प्रणाली जस्ता विषयमा तालिम पाएका छन्, जसले समुदायको क्षमता अझै मजबुत बनाएको छ। कार्यक्रममा वडा नं ८ का अध्यक्ष पंकज चौधरी,…
कैलाली भजनीमा रहेको प्रहरी चौकी जनकपुरबाट सेवामा रहेका असई (AS I) राजेश चौधरी ६ महिनाको प्रभावकारी कार्यकालपछि सरुवा भएका छन्। चौधरीको घोडाघोडी नगरपालिका–६ स्थित अ.प्र. पोस्ट प्रतिखेत भएको छ ।उनले आफ्नो छोटो जिम्मेवारी अवधिमा सुरक्षालाई प्राथमिकतामा राख्दै उल्लेखनीय कामहरू गरेका छन्। उनले ६ महिनाको अवधि भित्र:लागुऔषध (ड्रग्स) सम्बन्धी १० जना विरुद्ध कानूनी कारवाही गर्दै मुद्दा दायर गर्नुका साथै हातहतियार सम्बन्धी २ जना विरुद्ध मुद्दा प्रक्रिया अघि बढाएका छन्। स्थानियवासी तथा सेवा लिने पक्षका अनुसार चौधरी अनुशासित, सक्रिय र अपराध नियन्त्रणमा प्रभावशाली देखिएका स्थानिय समाजसेवि अमृत कुमालले बताए। सरुवासँगै स्थानीय क्षेत्रमा उनका कामको प्रशंसा भइरहेको छ। नयाँ कार्यस्थलमा पनि उस्तै उत्साह…
कैलालीको भजनीमा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाद्वारा सञ्चालित ECOLAB परियोजना अन्तर्गत भजनी नगरपालिका वडा नं. ८ का च्याम्पियन, CDCC, भलमन्सा, चिराकी,स्वयम्सेवीका, वन उपभोक्ता समिति र ने.रे.सो उपशाखा भजनीका प्रतिनिधी,लगाएतका सहभागीहरूलाई लक्षित गरी तीन दिने बहु–प्रकोपीय पूर्वसूचना सम्बन्धी तालिम आजबाट भजनीमा सुरु भएको छ।तालिमको उद्घघाटन सत्रको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका निर्वतमान सभापति बासुदेव बिनाडीले गर्नुभएको कार्यक्रमका प्रमुख अतिथि भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी, विशिष्ठ अतिथि भजनी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष पंकज चौधरी, अतिथी राम नारायण चौधरी रहनुभएको थियो। सो तालिममा भजनी नगरपालिकाका DRR फोकल पर्सन विष्णुराज न्यौपाने, टिकापुर नगरपालिकाका DRR फोकल पर्सन निर्मला…
भजनी | टीकापुर नगरपालिका–६ स्थित लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्था आर्थिक वर्ष २०८१र८२ मा ९० लाख ५३ हजार रुपैयाँभन्दा बढी खुद नाफा कमाउन सफल भएको छ। सहकारीको १७ औँ वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदनअनुसार सहकारीको शेयर पुँजी १ करोड ३० लाख रुपैयाँ पुगेको छ। हाल सहकारीमा १,३९३ जना शेयर सदस्य छन्।प्रतिवेदनमा सहकारीले ११ करोड ३ लाख रुपैयाँ निक्षेप तथा सापटी परिचालन गरेको र १३ करोड ८३ लाख रुपैयाँभन्दा बढी ऋण लगानी गरेको उल्लेख छ। नगर प्रमुख रामलाल डगौरा थारूले सहकारीले सामाजिक तथा कृषि क्षेत्रमा उदाहरणीय काम गर्दै आएका भन्दै प्रशंसा गरे। उनले अधुरो भवन निर्माण कार्य नगरपालिकाले पूरा गर्ने प्रतिबद्धता पनि…
भजनी १९ मंसिर/भजनी स्थित महुन्याल माद्यामिक बिद्यालयले झण्डै दुई वर्ष पछि बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष पाएको छ । लामो समयको विवादका कारण दुई वर्षदेखि अध्यक्ष चयन हुन नसके पनि शुक्रबार सहमतिका आधारमा बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुरेन्द्र प्रसाद जैशीलाई चयन गरिएको बताइएको छ । शुक्रबार सहमतिका आधारमा बिधालय व्यवस्थापन समितिको अध्यक्षमा जैशीलाई जिम्मेवारी दिने सहमति भएपछि जैशी अध्यक्ष चयन भएको बिद्यालयका प्रधानाध्यापक बिद्याप्रसाद भट्टले जानकारी दिएका छन् । बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सहमति हुन नसक्दा भजनी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठले अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।