भजनी, कैलाली । विश्व वातावरण दिवस २०८३ को अवसरमा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाद्वारा सञ्चालित ECOLAB परियोजना अन्तर्गत भजनी नगरपालिका वडा नं. ८ को सोनाफाँटा र भजनी नगरपालिका वडा नं ३ मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
भजनी नगरपालिका, वडा कार्यालय, नेपाल रेडक्रस सोसाइटी जिल्ला तथा उपशाखाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा वडा सदस्य,सत्रुधन चौधरी, लल्टु चौधरी, जनप्रतिनिधि, रेडक्रसकर्मी, स्थानीयवासी तथा विभिन्न क्षेत्रका च्याम्पियनहरूको सहभागिता रहेको थियो। कार्यक्रमका लागि आवश्यक बिरुवा सब डिभिजन वन कार्यालय भजनीले उपलब्ध गराएको थियो।
वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा रोपिएका बिरुवाको संरक्षणमा समेत सबैले प्रतिबद्धता व्यक्त गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1