साझा अक्षर

Bhajani Today

Bhajani Today

352 Posts
बुढा पुन पाँचौँ पटक भल्मन्सा पदमा विजयी

बुढा पुन पाँचौँ पटक भल्मन्सा पदमा विजयी

माघ २४ /भजनी नगरपालिका वडा नं. २ अन्तर्गत पर्ने पल्टुपुर गाउँमा सम्पन्न भल्मन्सा निर्वाचनमा बल बहादुर बुढा पुन पाँचौँ पटक भल्मन्सा पदमा विजयी भएका छन्। स्थानीय बासिन्दाहरूको व्यापक समर्थनसहित उहाँ पुनः नेतृत्वमा चयन हुनुभएको हो। यसअघि पनि चार पटक भल्मन्सा भइसकेका बुढा गाउँको विकास, मेलमिलाप, सामाजिक सद्भाव र स्थानीय समस्या समाधानमा सक्रिय भूमिका खेल्दै आउनुभएको स्थानीयहरू बताउँछन्। उहाँको अनुभव, इमान्दारिता र निरन्तर सेवा भावनाका कारण गाउँलेहरूको विश्वास अझै मजबुत रहेको देखिन्छ। स्थानीय स्तरमा भल्मन्साको भूमिका महत्वपूर्ण मानिने भएकाले बुढाको पुनः नेतृत्वले गाउँमा शान्ति, समझदारी र विकासका कार्यहरू अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।
Read More
भजनीमा एच.पि.भी. खोप अभियान–२०८२ सम्बन्धी अन्तरक्रिया तथा गोष्ठी सम्पन्न

भजनीमा एच.पि.भी. खोप अभियान–२०८२ सम्बन्धी अन्तरक्रिया तथा गोष्ठी सम्पन्न

भजनी नगरपालिका, कैलालीमा विद्यालय केन्द्रित एच.पि.भी. खोप अभियान–२०८२ सफलतापूर्वक सञ्चालन गर्ने उद्देश्यले अन्तरक्रिया तथा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। पूर्ण खोप लगाई बालबालिकालाई विभिन्न रोगबाट सुरक्षित बनाउने राष्ट्रिय अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नगरपालिका स्तरीय खोप समन्वय समिति तथा सम्बन्धित सरोकारवालाहरूको सहभागितामा कार्यक्रम आयोजना गरिएको हो। भजनी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रम भजनी नगरपालिकामा सम्पन्न भएको थियो। कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो। गोष्ठीमा एच.पि.भी. खोपको महत्व, यसको सुरक्षा, प्रभावकारिता तथा लक्षित उमेर समूहका बालिकाहरूलाई खोप लगाउँदा दीर्घकालीन रूपमा पाठेघरको क्यान्सरजस्ता गम्भीर रोगबाट जोगाउन सकिने विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत…
Read More
टीकापुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते 

टीकापुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते 

भजनी: कैलालीको टीकापुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।जिल्लाको टीकापुर नगरपालिका–७ प्रतिपुर स्थित हुलाकी सडक खण्डमा टीकापुरबाट भजनी तर्फ जाँदै गरेको भे १ त ४५५६ नम्बरको सरिया लोड गरेको ट्याक्टर अनियन्त्रित भई सोमवार बिच सडकमा पल्टिदा ट्रालीमा सवार भजनी नगरपालिका–७ चर्रा बस्ने २५ वर्षीय कबिर कठरियाको मृत्यु भएको हो। गम्भिर घाइते भएका कठरियालाई उपचारको लागि टीकापुर अस्पताल टीकापुर लगिएकोमा उपचारको क्रममा राति ८ः२० मा मृत्यु भएको प्रहरीले जनाएको छ। सोही ट्रालीमा सवार सोही ठाउँ बस्ने ३४ वर्षीय पंकज कठरिया घाईते भएका छन्। पंकजलाई थप उपचारको लागि नर्सिङ होम नेपालगञ्ज, बाँके रिफर गरिएको…
Read More
सामुदायिक वन उपभोक्ता ३औं वार्षिक साधारण सभा तथा सार्वजनक सुनवाई कार्यक्रम सम्पन्न

सामुदायिक वन उपभोक्ता ३औं वार्षिक साधारण सभा तथा सार्वजनक सुनवाई कार्यक्रम सम्पन्न

कैलालीको भजनीमा सृजनशील सामुदायिक वन उपभोक्ता समुह भजनी कैलालीको ३ औं वार्षिक साधारण सभा तथा सार्वजनक सुनवाई कार्यक्रम सम्पन्न। सामुदायिक वन उपभोक्ता समुह अध्यक्ष सुख राम राजीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी भजनी रेन्जपोष्ट स्तरिय सामुदायिक वन उपभोक्ता समन्वय समितिका अध्यक्ष खोज राम चौधरी रहनु भएको थियो।
Read More
सम्पर्क कार्यालय उद्घाटन

सम्पर्क कार्यालय उद्घाटन

भजनी १३ माघ /नेपाली कम्युनिस्ट पार्टी क्षेत्र नं. १ अन्तर्गत प्रतिनिध सभा सदस्य निर्वाचन केन्द्रित पार्टीका सम्पर्क कार्यालय खुल्न थालेका छन् । कैलाली क्षेत्र नं. १ का विभिन्न ठाउँमा निर्वाचन लक्षित पार्टीको सम्पर्क कार्यालय खुल्न थालेका हुन । त्यसैअनुसार सोमबार टीकापुरमा सम्पर्क कार्यालय स्थापना गरिएको छ । पार्टीका केन्द्रिय सदस्य, उम्मेदवार सहित पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा टीकापुर जमरा पारी निर्वाचन लक्षित सम्पर्क कार्यालय स्थापना गरिएको पार्टीका नगर इन्चार्ज दयाराम सञ्ज्यालले जानकारी दिएका छन् । त्यसैगरी जोशिपुर गाउँपालिकाको जोशीपुर बजारमा सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । नेपाली कम्युनिस्ट पार्टीका जोशीपुर गाउँपालिका संयोजक दीर्घ राज बिनाडीको अध्यक्षतामा पार्टी का केन्द्रिय सदस्य…
Read More
डल्फिन क्षेत्रको संरक्षण तथा वातावरणीय स्वच्छताका लागि सरसफाइ कार्यक्रम सम्पन्न

डल्फिन क्षेत्रको संरक्षण तथा वातावरणीय स्वच्छताका लागि सरसफाइ कार्यक्रम सम्पन्न

कैलालीको भजनी नगरपालिका वडा नं. ८ का च्याम्पियनहरूको पहलमा वडा नं. ८ अन्तर्गत पर्ने डल्फिन क्षेत्रमा सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। वातावरण संरक्षण र समुदायमा स्वच्छता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय च्याम्पियनहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमका क्रममा डल्फिन क्षेत्रमा जमेको फोहरमैला संकलन तथा व्यवस्थापन गर्नुका साथै स्थानीय बासिन्दालाई सरसफाइको महत्वबारे सचेत गराइएको थियो। सरसफाइ अभियानले सार्वजनिक स्थानलाई स्वच्छ, सुरक्षित र आकर्षक बनाउन सहयोग पुर्‍याउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्। सामाजिक परिचालक जेनिथ शाहले जानकारी दिँदै यस्ता कार्यक्रमले वातावरण संरक्षणसँगै समुदायमा सकारात्मक सोच र जिम्मेवारीको भावना विकास हुने बताउनुभयो। उहाँका अनुसार आगामी दिनमा पनि यस्ता सरसफाइ…
Read More
भजनीमा डल्फिन संरक्षणलाई ध्यानमा राख्दै सरसफाइ कार्यक्रम सम्पन्न

भजनीमा डल्फिन संरक्षणलाई ध्यानमा राख्दै सरसफाइ कार्यक्रम सम्पन्न

भजनी, माघ ४ — भजनी नगरपालिका वडा नं. ३ अन्तर्गत पर्ने डल्फिन क्षेत्रको संरक्षण तथा वातावरणीय स्वच्छताका लागि आज विशेष सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। वडा नं. ३ का च्याम्पियनहरूको सक्रिय सहभागितामा नदी किनार तथा आसपासका क्षेत्रमा सरसफाइ गरिएको हो। डल्फिन जस्ता दुर्लभ जलचरको प्राकृतिक बासस्थान मानिने यस क्षेत्रमा पछिल्लो समय फोहोर बढ्दै जान थालेपछि वातावरणीय जोखिम बढेको भन्दै च्याम्पियनहरूको पहलमा सरसफाइ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन्। कार्यक्रममा नदी किनारमा फालिएका प्लास्टिक, बोरा, कपडा तथा अन्य फोहोर सामग्री संकलन गरी उचित व्यवस्थापन गरिएको थियो। सरसफाइ कार्यक्रममा सहभागी च्याम्पियनहरूले वातावरण संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्दै यस्ता अभियानलाई निरन्तरता…
Read More
सुदूरपश्चिम यातायातको नियमित बस सेवा सञ्चालनमा

सुदूरपश्चिम यातायातको नियमित बस सेवा सञ्चालनमा

कैलाली जिल्लाको भजनी नगरपालिका - ८ स्थित कृष्णनगर हुलाकी रोड हुँदै सुदूरपश्चिम यातायातको नियमित बस सेवा सञ्चालनमा आएको छ। यस सेवाबाट स्थानीय बासिन्दा तथा यात्रुहरूलाई दाङ, काठमाडौं र हेटौंडा यात्रा गर्न सहज हुने अपेक्षा गरिएको छ। सुदूरपश्चिम यातायातले सार्वजनिक गरेको समयतालिका अनुसार दाङका लागि बिहान ८ बजे, काठमाडौंका लागि दिउँसो १२ बजे र हेटौंडाका लागि दिउँसो १ बजे बस प्रस्थान गर्ने व्यवस्था गरिएको छ। लामो समयदेखि प्रत्यक्ष बस सेवाको अभाव झेल्दै आएका यस क्षेत्रका यात्रुहरूका लागि यो सेवा निकै उपयोगी हुने सुरेश काफ्लेले बताए। नयाँ बस सेवा सञ्चालनमा आएपछि यात्रा समय, खर्च र असुविधा कम हुने विश्वास गरिएको छ। साथै…
Read More
सामुदायिक वन उपभोक्ता समन्वय समितिका अध्यक्षमा पुन चौधरी चयन

सामुदायिक वन उपभोक्ता समन्वय समितिका अध्यक्षमा पुन चौधरी चयन

भजनी ४ माघ/भजनी रेन्जपोष्ट स्तरिय सामुदायिक वन उपभोक्ता समन्वय समिति भजनी -१ कैलालीको १४औं वार्षिक साधारण सभा तथा सार्वजनक सुनवाई र अधिवेशन कार्यक्रम सम्पन्न। सामुदायिक वन उपभोक्ता समन्वय समितीका अध्यक्ष खोज राम चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी कैलाली क्षेत्र नं ३ (ख) प्रदेश सभा सदस्य माननीय घनश्याम चौधरी रहनु भएको थियो । सामुदायिक वन उपभोक्ता समन्वय समितिका उपाध्यक्ष दीपक चौधरीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा सब डिभिजन वन कार्यालय भजनीका वरिष्ठ वन रक्षक प्रकाश विक,नफेकोफुनका केन्द्रिय महासचिव डन्डी राज सुवेदी, हरियाली पार्वती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष राहुल बुढा र सञ्चारकर्मी धर्मेन्द्र विष्टले शुभकामना मन्तव्य राख्नु भएको थियो।…
Read More
भजनीमा प्याब्सन कप सुरु

भजनीमा प्याब्सन कप सुरु

भजनी ०४ माघ /निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) भजनी नगर कार्यसमितिको आयोजनामा प्याब्सन कप सुरु भएको छ । भजनी नगरपालिकाको वडा नं. ७ को पुरैना युवा क्लबको खेल मैदानमा प्याब्सन कप फुटबल प्रतियोगिता शनिबार सुरु भएको हो । १४ वर्ष मुनिको (प्याब्सन कप २०८२) फुटबल प्रतियोगिता कार्यक्रमको अध्यक्षता प्याब्सन भजनीका अध्यक्ष खडक बुढाले गरेका थिए । कार्यक्रममा नगर प्रमुख केवल चौधरीले खेलकुद अनुशासनको प्रतिबिम्ब भएको बताएका छन् । “खेलकुदले शारीरिक मात्रै नभई अनुशासनको राम्रो पाठ सिकाउने गर्छ ।” उनले भने, “मानिसहरूमा अनुशासन सबैभन्दा महत्त्वपूर्ण कुरा पनि हो ।” नगर प्रमुख चौधरीले नगरपालिकाले खेलकुदका हरेक गतिविधिमा सहयोग र सहकार्य गर्दै…
Read More
खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८२ को उद्घाटन

खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८२ को उद्घाटन

कैलालीको भजनी नगरपालिका–२ मा खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८२ को उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारासहित आयोजित प्रतियोगिता भजनी–२ स्थित खेल मैदानमा सञ्चालन गरिएको हो। उद्घाटन कार्यक्रममा राहुल बुढाले कार्यक्रम सञ्चालन गरेका थिए भने बिरेन्द्र बुढाको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि बाबुराम चौधरी रहेका थिए भने टंक प्रसाद जोशी, राज बहादुर बुढा र जय बहादुर बुढा विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा नर बहादुर बुढाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।स्थानीय तहमा खेलकुदको विकास, युवाको सहभागिता र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
Read More
१४ वर्ष मुनिको (प्याब्सन कप २०८२) फुटबल प्रतियोगिता आयोजना

१४ वर्ष मुनिको (प्याब्सन कप २०८२) फुटबल प्रतियोगिता आयोजना

भजनी २९ पुस/निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) भजनी नगर कार्यसमितिले भजनीमा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्याब्सन भजनीले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै भजनी नगरपालिकाको वडा नं. ७ को पुरैना युवा कलबको खेल मैदानमा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो । माघ ३ गते देखी ७ गतेसम्म १४ वर्ष मुनिको (प्याब्सन कप २०८२) फुटबल प्रतियोगिता आयोजना हुन लागेको प्याब्सन भजनीका अध्यक्ष खडक बुढाले जानकारी दिएका छन् । उनले बिद्यार्थीहरुका लागि शिक्षासँगै खेलकुद पनि महत्त्वपूर्ण रहने बताउँदै बिद्यार्थीहरुलाई खेलकुदमा आबद्ध गराउन प्रतियोगिता अर्थपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि एक लाख…
Read More
सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिका ३ मा रहेको हरियाली पार्वती सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष राहुल बुढाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजन वन अधिकृत जनक पाध्या रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाध्याले वन संरक्षण, वातावरण सन्तुलन तथा सामुदायिक सहभागिताको महत्वबारे प्रकाश पारे। उनले वन क्षेत्रको दिगो व्यवस्थापनमा सबै सरोकारवालाको सक्रिय भूमिका आवश्यक रहेको बताए।सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष लिलाधर भुसालको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा सब डिभिजन वन कार्यालय भजनीका प्रमुख लाल बहादुर विश्वकर्मा,नफेकोफुनका केन्द्रिय महासचिव डन्डी राज सुवेदी, इलाका प्रहरी…
Read More
विद्युत सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभा सम्पन्न

विद्युत सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभा सम्पन्न

कैलालीको भजनी नगरपालिका ८ मा रहेको सुनौलो ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।सहकारी संस्थाका अध्यक्ष खेम राज चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी भजनी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष पंकज चौधरी रहनु भएको थियो। सहकारी संस्थाका शेयर सदस्य हरि बहादुर चौधरीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष प्रकाश साउद, समाजसेवि अजय तिमिल्सेना, शेर बहादुर साउद र शिक्षक मिन बहादुर थापा ले शुभकामना मन्तव्य राख्नु भएको थियो । सहकारी संस्थाले आफ्नो कार्य क्षेत्रमा रहेका बिद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गर्नुको साथै समयमा विद्युत महसुल बुझाउन उपभोक्तालाई समेत पुरस्कृत गरिएको छ।…
Read More
भजनी नगरपालिकाले सुरु गर्यो करदाता सेवा

भजनी नगरपालिकाले सुरु गर्यो करदाता सेवा

भजनी २४ पुस /स्थानीय तहबाट प्रवाह हुने सेवालाई नागरिकको नजिको शासकीय तहवाटै व्यवस्थापन गर्ने गरी संघीयताको लाभलाई नागरिक तहसम्म अनुभूति गराउने उद्देश्यले भजनी नगरपालिकाबाट करदाता सेवाको सुरुवात भएको छ । नेपाल सरकारको मिति २०८२ कार्तिक १७गतेको निर्णयानुसार करदाता सेवा कार्यालयवाट प्रदान गरिदै आएका सेवाहरु स्थानीय तहबाटै प्रवाह हुने गरी आन्तरिक राजस्व कार्यालय, धनगढी, कैलाली र भजनी नगरपालिका भजनी,बीच सेवा सञ्चालन सम्बन्धी सम्झौता भएसँगै सेवाको सुरुवात भएको हो । नगरपालिकाले आज बिहिवार पहिलो करदाताका रुपमा भजनी नगरपालिका वडा नं. ९ का रोहित राजीलाई स्थायी लेखा नम्बर परिचय-पत्र (PAN) हस्तान्तरण गरी स्थानीय तहबाटै कर सम्बन्धी सेवा प्रवाह गर्ने कार्यको शुभारम्भ भएको घोषणा…
Read More