Skip to main content

Bhajani Today

पृथ्वीपुर छोटी भन्सार पुनःसञ्चालनको माग गर्दै जनप्रतिनिधि काठमाडौंमा

भजनी, कैलाली । नेपाल सरकारले बन्द गरेको कैलालीको भजनी नगरपालिका–५ मा रहेको पृथ्वीपुर छोटी भन्सार कार्यालयलाई स्तरोन्नतिसहित यथास्थानमै पुनःसञ्चालन गर्न माग गर्दै चार स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको संयुक्त टोलीले काठमाडौं पुगेर भन्सार विभागमा ज्ञापनपत्र बुझाएको छ।

भजनी नगरपालिका, बर्दगोरिया गाउँपालिका, जोशीपुर गाउँपालिका र जानकी गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरूको संयुक्त टोलीले भन्सार विभागका महानिर्देशक यमलाल भुसालसमक्ष ज्ञापनपत्र हस्तान्तरण गरेको हो।

जनप्रतिनिधिहरूले पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालन भए सीमावर्ती क्षेत्रका नागरिक, किसान, व्यापारी तथा उद्योगीले सहज रूपमा सेवा प्राप्त गर्ने बताएका छन्। साथै, वैध व्यापारलाई प्रोत्साहन, सरकारी राजस्व संकलनमा वृद्धि तथा स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाउन भन्सार कार्यालयको महत्वपूर्ण भूमिका रहने उनीहरूको भनाइ छ।स्थानीय स्तरमा लामो समयदेखि सञ्चालनमा रहेको भन्सार कार्यालय बन्द हुँदा सीमावर्ती क्षेत्रका नागरिक तथा व्यवसायीलाई प्रत्यक्ष असर पर्ने भन्दै जनप्रतिनिधिहरूले कार्यालयलाई बन्द गर्नुको सट्टा आवश्यक पूर्वाधार र जनशक्तिसहित स्तरोन्नति गरेर प्रभावकारी रूपमा सञ्चालन गर्न माग गरेका छन्।

पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालनको माग स्थानीय व्यवसायी तथा उद्योगीहरूले समेत गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *