भजनी – कैलाली भजनी साहित्य समाजको आयोजनामा भएको प्रथम बृहत् साहित्यिक सांस्कृतिक कार्यक्रम तथा लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताको एक भव्य समारोहका बिच प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा– प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उपकुलपति जोशीले मौलिक संस्कृतिको रक्षाका लागि सबैले लाग्नुपर्ने बताए। कैलाली जिल्लाको भजनी क्षेत्रमा पहिलो पल्ट आयोजना गरिएको भव्य सांस्कृतिक समारोहको सफलताको शुभकामना दिँदै उपकुलपति जोशीले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान प्रदेश भित्रको कला साहित्य संस्कृतिको सम्बर्द्धन तथा विकासमा योजनाबद्ध रूपमा अगाडि बढेको बताए। भजनी साहित्य समाजका अध्यक्ष टिकाराम जोशीको अध्यक्षतामा सम्पन्न समारोहमा भजनी नगरपालिकाकी उपमेयर राजु तिरुवा, सामाजिक अभियन्ता संरक्षण…
भजनी/खक्राैला स्थित सशस्त्र प्रहरी टोलीले गए राति करीब ९० हजार मूल्य बराबरको विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । प्रस्तावित सिमा सुरक्षा गुल्म खक्राैला बाट खटिएको टोलीले अवैधरूपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा पटका( फूलझरी, बुलेट बम, चक्कर हाइड्रो फोइल्स) लगायतका विष्फोटक पदार्थ हिजो साँझ बरामद गरि आज भन्सार कार्यालयमा बुझाएको हो ।बरामद गरिएका पटाका र से.३ प. ५७९९ नम्बरको १५० सिसिकाे कालो रंगको पल्सर सत्ति भन्सार कार्यालय पठाइएको गुल्मपति डिएसपी पुर्ण चन्दले जानकारी दिए ।
भजनी २० असोज /कैलालीको भजनीमा राष्ट्रिय परिचय पत्र सम्बन्धि आवेदन फारम र बायोमेट्रिक विवरण भर्ने कार्य सूरु भएको छ । राष्ट्रिय परिचय पत्र बनाउन छुटेकाहरुका लागि असोज २० गते देखि भजनी नगरपालिकाको सभाहलमा राष्ट्रिय परिचय पत्र र बायोमेट्रिक विवरण दर्ता गर्ने कार्य सुरु भएको हो । नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता वितरणका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरे सँगै ईलाका प्रशासन कार्यालय टीकापुरमा राष्ट्रिय परिचय पत्र बनाउनेको भिड भएकोले भजनीका आम जनताको सुलव तथा सुविधाका लागि भजनीमै राष्ट्रिय परिचय पत्रको फारम भर्ने कार्य गरिएको नगर प्रमुख केवल चौधरीले बताउनु भयो पालिकाले राष्ट्रिय परिचय पत्र आवेदन फारम वडागत रुपले असोज २०देखी…
भजनी२०८१असोज २०खेम राज पाण्डेय कैलालीको भजनीमा सरोकारवालाहरुसँग परियोजनाको परिच्यात्मक कार्यक्रम सम्पन्न भएको छ। दिगो विकास समाज भजनी, यार्ड नेपाल धनगढी र वाल कल्याण संघ टीकापुरको आयोजनामा भएको कार्यक्रमको वर्ल्ड भिजन नेशनल नेपालको साझेदारी रहेको थियो।कार्यक्रमको प्रमुख अतिथि भजनी नगरपालिका नगर प्रमुख केवल चौधरी रहनु भएको थियो।उक्त कार्यक्रम उपप्रमुख राजु तिरुवा,प्रमुख प्रशासकीय अधिकृत नीलम कुमार न्यौपाने,वडा अध्यक्ष,विषयगत शाखा प्रमुख,साझेदारी संस्थाका प्रतिनिधि र सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो। परिच्यात्मक कार्यक्रममा साझेदारी संस्थाले २०२४मा गरेका कामकाजको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो।भने २०२५ मा गरिने क्रियाकलापहरूको बारेमा तीनै वटा संस्था आ आफ्नो गतिविधि तथा लागत सहितको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। परियोजनाको लागत समावेशी…
उपमहानगरपालिका–१० घुयाँघाटबाट ३६ हजार मुल्यको ३ वटा बोका समेत बरामद गरिएको छ। यस्तै धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट २७ हजार ६ सय मुल्यको सुट तथा मोजा बरामद गरिएको छ।धनगढी उपमहानगरपालिका–१९ पच्चीस घरबाट प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतको लखिमपुरका २५ वर्षीय इरफान खानले चलाएको युपी ३१ ‘इ’ ९२७३ नम्बरको मोटरसाइकलसहित ७१ थान ट्याक्टरको ब्यारिङ गरी एक लाख ९० हजार मुल्यको सामान बरामद गरेको छ। चाडपर्व सुरु भएयता प्रहरीको सक्रियता बढेपछि भारतबाट अबैध रुपमा आयात हुने सामान धमाधम बरामद हुने गरेको छ।
भजनी १६असोज /जिल्लाको भजनीमा पालिका स्तरीय डेंगु रोग नियन्त्रणका लागि सरोकारवलाहरुसँग अन्तर्क्रिया कार्यक्रम भजनीमा सम्पन्न भएको छ।बुधवार भजनी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा अन्तर्क्रिया कार्यक्रम गरिएको हो ।डेंगु रोग आम नागरिकमा सचेतना पुर्याउनुपर्ने भजनी नगरपालिका वडा नं ३का अध्यक्ष तथा प्रवक्ता विक्रम चौधरीले बताए । स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले डेंगु वर्षा यामको सुरुसँगै बढ्ने कीटजन्य रोग हो । एडिस एजिप्टाई/एल्बोपिक्टर्स जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्छ । एक जना सङ्क्रमित बिरामीबाट अर्को बिरामीमा सार्छ । लामखुट्टेको वृत्ति विकास खास गरी सफा र सङ्लो पानी जम्मा भएको ठाउँमा हुन्छ । अहिले पनि देशभरका धेरै ठाउँहरूबाट केसहरू बढ्दै गएको अवस्था देखिन्छ…
भजनी १५असोज /कैलालीको भजनीमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (समाजवादी) का केन्द्रिय सचिवालय सदस्य एवं नारायणी- मधेस प्रदेश सह- इन्चार्ज लाेकेस जोशीले भजनी नगरपालिका वार्ड न ५मा रहेको कर्मेश्वर मा विद्यालयकोअनुगमन गर्दा त्यस विद्यालयमा देखिएका समस्याहरुकाे सवैभन्दा सँवेदनसिल विद्यार्थी र शिक्षक अभिभावककाे लागि सरसफाई स्वास्थ्य र शिक्षाका लागि अनिवार्य हुने भएकाले विद्यालय सफा सुरक्षीत स्वस्थय विद्यालय वनाउन आफै अग्रसर भई शिक्षक र विद्यार्थीकाे सहयाेगमा सरसफाई कार्यक्रम गरिएको नारायणी- मधेस प्रदेश ईन्चार्ज जोशीले जानकारी दिए।
भजनी १४ असोज चाडपर्वको नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो । आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा रु एक, डिजेलमा रु दुई, हवाई इन्धनमा आन्तरिकमा रु छ तथा बाह्यमा प्रतिहजार लिटरमा रु ४५, मट्टीतेलमा रु दुई घटाइएको जनाएको छ ।
कैलालीको टीकापुरमा ओत,जलचर संरक्षण ऐन तथा दिगो माछा संरक्षण साथै नदीजन्य पदार्थ उत्खनन सम्बन्धी अभिमखीकरण आज टीकापुरमा सम्पन्न भएको छ।नेपाल सरकारको समन्वयमा बेलायत सरकार अन्तर्गत डार्विन इनिसिएरिभको आर्थिक सहयोगमा विश्व बन्यजन्तु कोष नेपाल,डल्फिन संरक्षक केन्द्र, सोनाहा तथा अनुसन्धान फाउन्डेशन तथा मुक्त कमैया महिला विकास मञ्चको समन्वयमा ओत संरक्षणका लागि कर्णाली नदीमा आश्रित समुदायको जिविको पार्जन तथा सबलीकरण परियोजना अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको थियो।सो कार्यक्रममा ओतको परिचय,बासस्थान, महत्व,चुनौती तथा समस्या समाधानको बारे साना स्तनधारी संरक्षण तथा अनुसन्धान फाउन्डेशनका कार्यकारी निर्देशक सञ्जय थापाद्वारा सहजीकरण गरिएको थियो। त्यसै गरी कर्णाली नदीमा दिगो माछा मार्ने विधिहरू,संरक्षण गर्ने विधिहरू तथा जलचर संरक्षण ऐन २०१७…
कैलालीको टीकापुर स्थित विभिन्न स्थानमा दुर्घटना न्यूनीकरण गर्न मन्दिर,स्कुल, सत्ति बजार,वडा कार्यालय,खैरिपुर,गरि जम्मा ७वटा स्थानमा जेब्राक्रसिङ निर्माण गरिएको छ । हुलाकी सडक खण्ड अन्तरगत खैरिपुर चोकमा जेब्राक्रसिङ निर्माण गरिएको हो ।बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्न सर्वसाधारणलाई ट्राफिक नियमबारे जानकारी गराउन जेब्राक्रसिङ निर्माण गरिएको हो । सत्ति स्थित अस्थायी ट्राफिक प्रहरी पोष्टले जेब्राक्रसिङ निर्माण गरिएको हो । जेब्राक्रसिङ निर्माण गरिएको सत्ति स्थित अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रमुख प्रहरी हवल्दार जयहरि चन्दले जानकारी दिए । निर्माण गरिएका जेब्राक्रसिङबाट मात्र बाटो काट्न स्थानीयलाई प्रहरीले अनुरोध गरेको छ । पछिल्लो समयमा हुलाकी सडकमा दुर्घटना बढ्न थालेपछि ट्राफिक प्रहरीले विद्यालय देखि लिएर सडकका यात्रुहरुलाई समेट…
कैलालीको भजनीमा टास्कफोर्स र समुदायका अगुवाहरुका लागि आत्मसुरक्षा सम्बन्धि ३ दिने तालिम भजनीमा सम्पन्न भएको छ । तालिमको भजनी नगर प्रमुख केबल चौधरीले उद्घाटन गर्नु भएको थियो। भजनी नगरपालिकाको समन्वय, Kerk in actie को आर्थिक सहयोग तथा Cordaid को प्राबिधिक सहयोगमा बहुउद्देश्यीय बिकास समाज(MPDS) डडेल्धुरा द्घारा संचालित प्रकोप जोखिम न्यूनीकरणका लागि सुदूरपश्चिम प्रदेशमा बाढी पहिरो प्रभावितलाई सहयोग कार्यक्रम अन्तर्गत बाढी तथा डुबान प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग मार्फत बिपत जोखिम न्यूनीकरणमा स्थानीय समुदाय र टास्कफोर्सको ज्ञान सीप र क्षमता अभिवृद्धि गर्ने उद्घेश्यले उक्त तालिम अायोजना गरेको हो । ३ दिने उक्त तालिमको सहजीकरण रतन टमट्टा र चन्द्र साउँदले गरेका…
सुनाफाँटा/ भजनीमा खैलाड योग सेवा केन्द्रको उद्घाटन गरिएको छ।पतंजली योग समिती भजनीका नगर अध्यक्ष टंक प्रसाद जोशीको सभापतित्वमा भएको कार्यक्रममा "खैलाड योग सेवा केन्द्र को उद्घाटन कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख केबल चौधरीले गर्नु भएको थियो।विशिष्ट वडा नं ४ का वडाअध्यक्ष- जन्ताराम चौधरी,पतंजली योग समिती प्रशिक्षण विभाग कैलालीका महामन्त्रि पूर्ण प्रसाद जोशी र अतिथिमा सिताराम चौधरी, लक्ष्मी राज जोशी, गजेन्द्र चौधरी र वीरेन्द्र भण्डारी लगाएतको सहभागिता रहेको थियो। अस्वस्थकर खानपान (जाँड रक्सी सेवन, चुरोट, खैनीको कुलत) निष्क्रिय जीवनशैली (शारीरिक व्यायामको कमी) जस्ता कारण दीर्घ र नसर्ने रोगको सामना गरिरहनु परेको छ । यो अवस्थामा सुधार ल्याएर सहरी स्वस्थ्य जीवनशैलीका लागि…
भजनी /कैलालीको टिकापुरमा बिश्व नदी दिवसको अवसरमा ``सबैका लागी पानी´´ भन्ने बिषयमा आइतबार होटेल सिद्वर्थमा अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।प्रतियोगितामा कर्णाली नदी तटीय क्षेत्र वरपरका टिकापुर, राजापुर नगरपालिका तथा जानकी, जोशीपुर गाउँपालिकाका ११ वटा विद्यालयका ३६ जना विद्यार्थी सहभागी थिए ।कक्षा ८ देखि १० कक्षासम्मका छात्रछात्राले प्रतियोगितामा भाग लिएका थिए । हाम्रो प्रण, कर्णाली नदीको संरक्षण भन्ने मुल भाव रहेको उक्त प्रतियोगितामा ``सबैका लागी पानी ´´ बिषयमा विद्यार्थीले चित्रकला कोरेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थानमा आउन सफल प्रतियोगिलाई प्रमुख अतिथि टिकापुरका नगरप्रमुख रामलाल चौधरीले नगद तथा प्रमाणपत्र प्रदान गर्नुभयो । त्यसै गरि प्रतियोगितामा…
कैलालीको भजनीमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.को ७औं वार्षिकोत्सबमा सामाजिक उत्तदायित्वमा भजनी उपशाखाले सरस्वती आधारभूत विद्यालय भजनी न.पा.०५ कौवाखेडामा अध्यनरत अति विपन्न विद्यार्थीहरुलाई स्टेसनरी सामाग्री वितरण गरेकाे सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी प्रालीका भजनी शाखा प्रमुख नव राज बुढाले जानकारी दिनु भएको छ।।उक्त ७औं वार्षिकोत्सबमा वडा नं ५का वडा अध्यक्ष केशव बुढाको प्रमुख अतिथिमा भएको कार्यक्रमका विशिष्ट अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर साउद रहनु भएको थियो। उक्त कार्यक्रममा प्रेम बहादुर साउद, रामनारायण चौधरी, मातृका उपाध्याय, शिक्षक र विद्यार्थीको लगाएतको सहभागिता रहेको थियो। भजनी सन लाइफ इन्स्योरेन्स प्रमुख नवराज बुढा सन नेपाल लाइफ इन्स्योरेन्स आफ्नो ७ औ वार्षिकको…