Skip to main content

Bhajani Today

बोगटान-३ कानाचौर धाैलावस्तीको “सहयोगी हातहरू समूह” द्वारा मृगौला पीडितलाई सहयोग

दीपक संगम विश्वकर्मा डोटी २०८१ माघ ११ बोगटान-३ /कानाचौर धौलानवस्तीस्थित “सहयोगी हातहरू समूह” ले मृगौला पीडित गौरव सिंह बमलाई आर्थिक सहयोग प्रदान गरेको छ। बम, जो बोगटान फुड्सिल गाउँपालिका-४ का स्थायी बासिन्दा हुन्, दुवै मृगौलाको समस्या भएपछि हाल भारतको नयाँ दिल्लीस्थित महाराजा अग्रसेन अस्पतालमा उपचार गराइरहेका छन्।

उहाँको कमजोर आर्थिक अवस्थाका कारण केही दिनअघि आर्थिक सहयोगको लागि सबैलाई हार्दिक अपिल गरिएको थियो। उक्त अपिललाई ध्यानमा राख्दै, समूहले पीडित बमलाई १,१११ भारतीय रुपैयाँ सहयोग गरेको जानकारी समूहका सदस्य विनोद बोहराले दिएका छन्।

समूहका अध्यक्ष कमल सुनारका अनुसार, समूहले साना-साना सहयोगका लागि स्थापना गरिएकाले सोही उद्देश्य अनुरूप यो सहयोग गरिएको हो। सुनारले आगामी दिनमा पनि प्रदेशभित्र अप्ठ्यारोमा परेकाहरूलाई निरन्तर सहायता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो सहयोग अभियानले स्थानीय तहमा सहकार्य र एकताको महत्वपूर्ण उदाहरण प्रस्तुत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *