Skip to main content

Bhajani Today

जानकी गाउँपालिकामा कार ड्राइभिङ तालिम शुभारम्भ

दिपक बहादुर विश्वकर्मा दुर्गाैली/जानकी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ का लागि स्वीकृत कार ड्राइभिङ तालिम कार्यक्रम मिति २०८१ माघ १० गतेका दिन भव्य रूपमा शुभारम्भ गरिएको छ। सो तालिम स्मार्ट ड्राइभिङ सेन्टर टीकापुरको आयोजनामा र जानकी गाउँ कार्यपालिकाको सहकार्यमा संचालनमा आएको हो।

कार्यक्रमको प्रमुख अतिथि जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले तालिमको उद्घाटन गर्नुभएको हो। विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी वडा अध्यक्षद्वय सुरेस कुमार चौधरी र इन्द्र चौधरी, कार्यपालिका सदस्यद्वय लक्ष्मी चौधरी र पार्वती चौधरी, साथै सामाजिक विकास शाखाका प्रमुख हिरालाल चौधरीको उपस्थिति रहेको थियोे ।

उद्घाटन समारोहमा अतिथिहरूले तालिमको उद्देश्य र महत्त्वमाथि प्रकाश पार्दै उत्प्रेरणामूलक शुभकामना सन्देश दिनुभयो। यो तालिमले स्थानीय युवा तथा महिलाहरूलाई सशक्त बनाउन र स्वरोजगारका अवसरहरू सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

तालिममा सहभागी हुनेहरूले सुरक्षित र जिम्मेवार चालक बन्ने सीप हासिल गर्नेछन्, जसले व्यक्तिको आत्मनिर्भरता बढाउनुका साथै समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

कार्यक्रमको सफल सञ्चालनका लागि जानकी गाउँ कार्यपालिका र स्मार्ट ड्राइभिङ सेन्टर टिकापुरलाई धन्यवाद ज्ञापन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *