Skip to main content

Bhajani Today

नविल बैंकद्वारा केदारेश्वर आधारभूत विद्यालयमा न्यानो लुगा वितरण

दीपक संगम विश्वकर्मा टिकापुर ०९माघ/नविल बैंकले केदारेश्वर आधारभूत विद्यालयमा न्यानो लुगा वितरण गरिएको छ।कैलालीमा नविल बैंक लिमिटेडको टिकापुर शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत टिकापुर-३ स्थित श्री केदारेश्वर आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरेको छ।

कार्यक्रम चिसो मौसममा विद्यार्थीहरूलाई राहत प्रदान गर्न र उनीहरूको पठनपाठनलाई सहज बनाउन आयोजित गरिएको थियो। न्यानो लुगाले विद्यार्थीहरूलाई जाडोमा सुरक्षित रहँदै अध्ययनमा ध्यान केन्द्रित गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

सो अवसरमा नविल बैंक टिकापुर शाखाका प्रमुख जनकराज ओझाले बैंकको सामाजिक सेवा र उत्तरदायित्वबारे जानकारी गराउँदै समुदायलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

त्यसैगरी, विद्यालयका अध्यक्ष रामबहादुर बिक र प्रिन्सिपल बद्रीप्रसाद भट्टराईले नविल बैंकलाई धन्यवाद दिँदै, यस प्रकारका सहयोगहरूले विद्यार्थीहरूको जीवनस्तर सुधार्न महत्त्वपूर्ण योगदान गर्ने बताए।

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

यस्ता समाजसेवी कार्यहरूले बैंक र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै सामाजिक हितका लागि सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *