भजनी ०९ माघ /कैलालीको थारु गाउँमा भलमन्सा चयनको काम सुरु भएको छ । माघे सङ्क्रान्तिको दोस्रो दिनदेखि भलमन्सा चयनको काम थालिएको हो । भलमन्सा सहित गाउँको नेतृत्व गर्ने व्यक्तिले एक वर्षसम्म गरेको कामकाजको खोज्नीबोज्नीमा समीक्षा हुने गर्दछ । राम्रो काम गरेकालाई पुनः एक वर्षका लागि सो जिम्मेवारी सुम्पिन सक्ने अधिकार गाउँबासीमा रहने गर्दछ । तर काम चित्त नबुझेमा गाउँबासीमध्येबाटै अर्को व्यक्तिलाई भलमन्सा चयन गर्ने गरिन्छ । भलमन्साले विकास निर्माणदेखि लिएर गाउँको सुखदुःख, भोजभतेर, बैठक, छलफल लगायतमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरेका छन् । यसैबिच भजनी नगरपालिका–८ सोनाफाँटाको भलमन्सामा फाकुराम चौधरी र चौकीदारमा लौटन चौधरी चयन हुनुभएको छ । आज भएको सो गाउँको खोज्नीबोज्नीले उहाँलाई भलमन्सा र चौकीदारको जिम्मेवारी सुम्पेको हो । भजनी नगरपालिका वड़ा नं २ कुमाल टोलमा भलमन्सा खुसीराम कुमाल चयन गरिएको छ। ।
धमाधम थारु समुदायमा बडघर(भलमन्सा) चयन हुदैं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1