Skip to main content

Bhajani Today

Posts Page

भजनी नगरपालिकामा पाँच वर्षे शिक्षा परियोजना ‘रुपान्तरित व्यक्ति–रुपान्तरित समुदाय’ शुभारम्भ

भजनी नगरपालिकामा पाँच वर्षे शिक्षा परियोजना ‘रुपान्तरित व्यक्ति–रुपान्तरित समुदाय’ शुभारम्भ

भजनी, कैलाली । भजनी नगरपालिकामा नव जीवन सेवा संघ (NSA) द्वारा सञ्चालन गरिने पाँच वर्षे शिक्षा परियोजना ‘रुपान्तरित व्यक्ति–रुपान्तरित समुदाय (सन् २०२६–२०३०)’ को औपचारिक शुभारम्भ गरिएको छ। परियोजनाको पहिलो परियोजना सल्लाहकार समिति बैठक तथा प्रारम्भिक (किक-अफ) अभिमुखीकरण कार्यक्रम भजनी नगरपालिकामा सम्पन्न भएको हो। भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख राजु तिरुवा,  वडा अध्यक्षहरू, शिक्षा शाखा अधिकृत पंख बहादुर शाह,नगरपालिकाका विभिन्न शाखाका प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू, आमा समूह, बाल क्लब, युवा क्लब तथा अपाङ्गता भएका व्यक्तिहरूको संस्थाका प्रतिनिधिहरू लगायत विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नव जीवन सेवा संघका कार्यक्रम…
Read More
भजनी नगरपालिकाले ल्यायो ७० करोड ५५ लाख २० हजारको बजेट

भजनी नगरपालिकाले ल्यायो ७० करोड ५५ लाख २० हजारको बजेट

भजनी, कैलाली। कैलालीको भजनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७० करोड ५५ लाख २० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो।नगरपालिकाको २०औँ नगरसभाको अधिवेशन अन्तर्गत २०८३ असार ८ गते सम्पन्न दोस्रो बैठकमा नगर उपप्रमुख राजु तिरुवाले बजेट प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत बजेटअनुसार चालु तर्फ ४६ करोड ८२ लाख २२ हजार रुपैयाँ तथा पूँजीगत तर्फ २४ करोड ४६ लाख ९८ हजार रुपैयाँ विनियोजन गरिएको छ। नगरपालिकाले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सामाजिक सुरक्षा तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै बजेट तर्जुमा गरेको प्रमुख प्रशासकीय अधिकृत भोज राज भट्टले जानकारी दिनुभयो। नगरसभाले बजेटसँगै विभिन्न क्षेत्रसँग सम्बन्धित ६ वटा महत्वपूर्ण…
Read More
प्रवेशद्वारमा नेपाली झण्डा

प्रवेशद्वारमा नेपाली झण्डा

टीकापुर ०६ असार /टीकापुर नगरपालिका वडा नं. ९ सत्ती भन्सार कार्यालय खक्रौला स्थित नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परेको कैलाश मानसरोवर प्रवेशद्वारमा राष्ट्रिय झण्डा अनावरण गरिएको छ । नेपाल भारत सीमा क्षेत्र अन्तर्गत सुदुरपश्चिम प्रदेश सरकारले निर्माण सुरु गरेर अलपत्र पारेको प्रवेशद्वारमा समाजसेवी तथा युवा अभियान्ता कृत ठकुल्लाले प्रवेशद्वारको दुबै भागमा राष्ट्रिय झण्डा अनावरण गरेका हुन । उनकै अगुवाइमा मोहना नदी पारी सरसफाइ पनि गरिएको छ भने मोहना नदीको पुलमा समेत झण्डा राखिएको छ । कार्यक्रममा टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जी, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक देवराज विष्ट, भन्सार कार्यालय प्रमुख चक्रबहादुर सोनी, पत्रकार तथा विभिन्न समाजसेवीहरूको उपस्थिति…
Read More
भजनी नगरपालिकाको २०औं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत

भजनी नगरपालिकाको २०औं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत

भजनी, कैलाली । “समृद्ध नगर निर्माणका लागि नगरवासीको सहभागिता, आर्थिक तथा पूर्वाधार विकास र सुशासन हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित भजनी नगरपालिकाको २०औं नगरसभा सम्पन्न भएको छ। नगर प्रमुख केवल चौधरीले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, र सुशासन तथा संस्थागत विकासलाई प्राथमिकतामा राखिएको बताउनु भयो।प्रस्तुत नीति तथा कार्यक्रममार्फत नगरको समग्र विकास, सेवा प्रवाहमा सुधार तथा नागरिकको जीवनस्तर उकास्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ।
Read More
भजनीमा संघीय, प्रदेश तथा स्थानीय तहका योजनाको अनुगमन

भजनीमा संघीय, प्रदेश तथा स्थानीय तहका योजनाको अनुगमन

भजनी, कैलाली । भजनी नगरपालिकाभित्र सञ्चालित संघीय, प्रदेश तथा स्थानीय तहका विभिन्न विकास योजनाको स्थलगत अनुगमन गरिएको छ। नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा प्राविधिक टोलीसहितको संयुक्त टोलीले वडा नं. १, २ र ३ मा रहेका योजनाहरूको अनुगमन गरेको हो।अनुगमनका क्रममा निर्माणाधीन तथा सम्पन्न योजनाको भौतिक प्रगति, निर्माण गुणस्तर, लागत तथा कार्यान्वयन अवस्थाबारे निरीक्षण गरिएको थियो। टोलीले सम्बन्धित उपभोक्ता समिति, निर्माण व्यवसायी तथा सरोकारवालासँग छलफल गर्दै तोकिएको मापदण्डअनुसार गुणस्तरीय रूपमा काम सम्पन्न गर्न निर्देशन दिएको जनाएको छ। नगर उपप्रमुखले विकास निर्माणका कामहरू पारदर्शी, प्रभावकारी र गुणस्तरीय बनाउन नियमित अनुगमन आवश्यक रहेको बताउँदै समयमै योजना सम्पन्न गरी नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने…
Read More
भजनीमा बालबालिका लक्षित स्थानीय तहको बजेट, नीति तथा कार्यक्रम विषयक संवाद सम्पन्न

भजनीमा बालबालिका लक्षित स्थानीय तहको बजेट, नीति तथा कार्यक्रम विषयक संवाद सम्पन्न

भजनी नगरपालिका वडा नम्बर ५ स्थित कर्मेश्वर माध्यमिक विद्यालय, कुटीमा बालबालिका लक्षित स्थानीय तहको बजेट, नीति तथा कार्यक्रम विषयक संवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विकासका लागि युवा एक्यबद्धता (यार्ड) धनगढीले वल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा आयोजना गरेको हो। कार्यक्रममा भजनी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष केशवबहादुर बुढा, वडा सदस्य राजेन्द्रप्रसाद खनाल, वडा सचिव सञ्जीवबहादुर सिंह, समाजसेवी शेरबहादुर बोहरा, कर्वेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक लिलाराम विश्वकर्मा, पत्रकार खेम पाण्डे, अभिभावक तथा बालबालिकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। संवाद कार्यक्रममा सहभागी बालबालिका, अभिभावक तथा सरोकारवालाहरूले वडा नम्बर ५ मा रहेका विभिन्न बालमैत्री तथा शैक्षिक समस्याहरू उजागर गरेका थिए। उनीहरूले बर्सेनि…
Read More
स्वास्थ्यकर्मीका लागि हात्तीपाइले रोग व्यवस्थापन अभिमुखीकरण सम्पन्न

स्वास्थ्यकर्मीका लागि हात्तीपाइले रोग व्यवस्थापन अभिमुखीकरण सम्पन्न

भजनी, २असार /भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। यो कार्यक्रम हात्तीपाइले रोग लागेका बिरामीहरूको हेरचाह र यसको सही व्यवस्थापन गर्ने उद्देश्यले आयोजना गरिएको स्वास्थ्य शाखा संयोजक कैलाश चौधरी बताए। कार्यक्रममा नगरपालिका अन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो। अभिमुखीकरणमा बिरामीको स्याहार सुसार गर्ने र रोगलाई नियन्त्रणमा राख्ने तरिकाहरूबारे जानकारी दिइएको थियो। स्वास्थ्य कार्यालय कैलालीका महामारी रोग सम्पर्क व्यक्ति मिन बहादुर धामी, स्वास्थ्य कार्यालय कैलाली जनस्वास्थ्य निरीक्षक विमला ज्ञवाली, सेती प्रादेशिक अस्पताल धनगढी डा. सुरेश रमन पुरी,सेती प्रादेशिक अस्पताल धनगढी सम्पर्क व्यक्ति टेक बहादुर साउद,भजनी प्राथमिक स्वास्थ्य केन्द्र डा. सुर्य प्रकाश चौधरी , डा.…
Read More
पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपनाका लागि भजनीको प्रतिबद्धता

पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपनाका लागि भजनीको प्रतिबद्धता

भजनी, कैलाली । भजनी नगरपालिकाले पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना कायम राख्न दृढ प्रतिबद्धता व्यक्त गरेको छ। नेपाल सरकारको राष्ट्रिय खोप तालिका अनुसार लक्षित समूहका बालबालिकालाई गुणस्तरीय खोप सेवा उपलब्ध गराउँदै पूर्ण खोप पालिका घोषणा भएको भजनीले आगामी वर्षहरूमा समेत उक्त उपलब्धिलाई निरन्तरता दिने तथा खोप कार्यक्रमका लागि आवश्यक लगानी सुनिश्चित गर्ने जनाएको हो।सोमबार आयोजित पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना कार्यक्रममा नगर प्रमुख एवं पालिका खोप समन्वय समिति संयोजक केवल चौधरी, जिल्ला समन्वय समिति प्रमुख एवं जिल्ला खोप समन्वय समिति संयोजक टीका कुमारी चौधरी (भुल), प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्ट, वडा अध्यक्षहरू, स्वास्थ्य कार्यालय कैलालीका परिवार नियोजन अधिकृत ओलट…
Read More
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा कार्यक्रम सम्पन्न

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा कार्यक्रम सम्पन्न

भजनी, कैलाली। भजनी नगरपालिका–१ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ। भजनी नगरपालिकाको स्वास्थ्य शाखा तथा भजनी प्राथमिक स्वास्थ्य केन्द्रको आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले बालबालिकालाई नियमित खोप सेवा उपलब्ध गराई पूर्ण खोप सुनिश्चितता कायम राख्नु स्थानीय सरकारको प्राथमिकता रहेको बताए। उनले खोपबाट बच्न सकिने रोगहरूको नियन्त्रणका लागि समुदायको निरन्तर सहयोग आवश्यक रहेको उल्लेख गर्दै दिगोपनालाई विशेष ध्यान दिन आग्रह गरे। त्यस्तै, स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन तथा समुदायस्तरको सक्रिय सहभागिताका कारण वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना…
Read More
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा कार्यक्रम सम्पन्न

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा कार्यक्रम सम्पन्न

भजनी, कैलाली । भजनी नगरपालिका–५ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ। लालबोझी स्वास्थ्य चौकीको आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सरोकारवाला निकाय तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत लक्षित उमेर समूहका सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि वडा नं. ५ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको ललाबोझी स्वास्थ्य चौकी इन्चार्ज बिना रावलले जानकारी दिनु भयो। कार्यक्रममा वडा अध्यक्ष केशव बहादुर बुढाले पूर्ण खोप सुनिश्चितता हासिल गर्नु मात्र पर्याप्त नभई त्यसको दिगोपना कायम राख्नु अझ महत्वपूर्ण चुनौती रहेको बताए। उनले वडा भित्र जन्मिने कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन…
Read More
भजनीमा सिकलसेल र थालासेमिया सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

भजनीमा सिकलसेल र थालासेमिया सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

भजनी, कैलाली। भजनी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पालिका स्तरीय जनप्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूलाई लक्षित गरी सिकलसेल र थालासेमिया सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख केवल चौधरी ले सिकलसेल र थालासेमिया सुदूरपश्चिमका थारू समुदायमा बढी देखिने गम्भीर वंशाणुगत स्वास्थ्य समस्या भएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि सबै पक्षको साझा पहल आवश्यक रहेको बताउनुभयो। उहाँले समयमै परीक्षण, परामर्श तथा जनचेतना अभिवृद्धिमार्फत रोगको प्रभाव न्यूनीकरण गर्न सकिने उल्लेख गर्दै स्थानीय तहले स्वास्थ्य सेवाको पहुँच विस्तार र सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो। कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूलाई रोगको प्रभाव, जोखिम समूह तथा समयमै परीक्षण र…
Read More
विश्व वातावरण दिवसमा भजनीका वडाटोलमा वृक्षारोपण

विश्व वातावरण दिवसमा भजनीका वडाटोलमा वृक्षारोपण

भजनी, कैलाली । विश्व वातावरण दिवस २०८३ को अवसरमा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाद्वारा सञ्चालित ECOLAB परियोजना अन्तर्गत भजनी नगरपालिका वडा नं. ८ को सोनाफाँटा र भजनी नगरपालिका वडा नं ३ मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। भजनी नगरपालिका, वडा कार्यालय, नेपाल रेडक्रस सोसाइटी जिल्ला तथा उपशाखाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा वडा सदस्य,सत्रुधन चौधरी, लल्टु चौधरी, जनप्रतिनिधि, रेडक्रसकर्मी, स्थानीयवासी तथा विभिन्न क्षेत्रका च्याम्पियनहरूको सहभागिता रहेको थियो। कार्यक्रमका लागि आवश्यक बिरुवा सब डिभिजन वन कार्यालय भजनीले उपलब्ध गराएको थियो। वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा रोपिएका बिरुवाको संरक्षणमा समेत सबैले प्रतिबद्धता व्यक्त गरेका छन्।
Read More
विश्व वातावरण दिवसको अवसरमा “एक बालबालिका, एक बिरुवा” राष्ट्रिय अभियान श

विश्व वातावरण दिवसको अवसरमा “एक बालबालिका, एक बिरुवा” राष्ट्रिय अभियान श

भजनी, कैलाली। विश्व वातावरण दिवस २०२६ को अवसरमा दिगो विकास समाज (DBS) भजनी र World Vision International Nepal को सहकार्यमा “एक बालबालिका, एक बिरुवा” राष्ट्रिय अभियान शुभारम्भ गरिएको छ।“समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने नारासहित सञ्चालन गरिएको अभियानअन्तर्गत कैलाली जिल्लाका भजनी, टीकापुर, गौरीगंगा, कैलारी तथा घोडाघोडी नगरपालिकाका करिब ६ हजार ५ सय बालबालिकालाई एक–एक बिरुवा वितरण गरिएको दिगो विकास समाज (DBS) भजनीका अधिकृत विनोद शाहले बताए । अभियानको मुख्य उद्देश्य बालबालिकामार्फत वृक्षारोपणलाई प्रवर्द्धन गर्दै वातावरण संरक्षण, हरियाली विस्तार तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा योगदान पुर्‍याउनु रहेको छ। प्रत्येक बालबालिकाले आफूले प्राप्त गरेको बिरुवा रोपेर त्यसको संरक्षण गर्ने…
Read More
विश्व वातावरण दिवसमा भजनीमा वृक्षरोपण, सरसफाइ र सडक नाटक

विश्व वातावरण दिवसमा भजनीमा वृक्षरोपण, सरसफाइ र सडक नाटक

भजनी, कैलाली । विश्व वातावरण दिवस २०८३ को अवसरमा भजनी नगरपालिकाको आयोजनामा तथा दिगो विकास समाज (DBS) भजनी र World Vision International Nepal को सहकार्यमा वृक्षरोपण, सरसफाइ तथा सडक नाटक कार्यक्रम सम्पन्न गरिएको छ। “समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने नारासहित आयोजित कार्यक्रममा भजनी नगरपालिकाको कार्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको वन वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख विष्णु राज न्यौपानेले जानकारी दिए। वृक्षरोपणका लागि आवश्यक बिरुवा सब डिभिजन वन कार्यालय भजनी ले उपलब्ध गराएको थियो भने कार्यक्रम सञ्चालनमा विभिन्न टोल विकास संस्थाहरूले सहयोग गरेका थिए। यस अवसरमा भजनी बजार क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गर्नुका साथै वातावरण…
Read More
सुदूरपश्चिमका सन्दीप साउदले रचे इतिहास, टियु मैदानमा कीर्तिमानी शतक

सुदूरपश्चिमका सन्दीप साउदले रचे इतिहास, टियु मैदानमा कीर्तिमानी शतक

भजनी २१ जेष्ठ/कैलालीको टीकापुर नगरपालिका–सूर्यपुरका युवा क्रिकेट प्रतिभा सन्दीप साउद ले नेपाली घरेलु क्रिकेटमा नयाँ इतिहास रचेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा जारी यू–१६ राष्ट्रिय जयकुमारनाथ क्रिकेट लिग अन्तर्गत उनले कीर्तिमानी शतक प्रहार गर्दै सबैको ध्यान आफ्नोतर्फ खिच्न सफल भएका हुन्। सन्दीपले विस्फोटक ब्याटिङ प्रदर्शन गर्दै केवल ६० बलमा अविजित १२६ रनको शानदार पारी खेले। उनको यो शतक जयकुमारनाथ लिग इतिहासकै अहिलेसम्मको सर्वोच्च व्यक्तिगत स्कोरका रूपमा दर्ज भएको छ। मैदानभर चौका–छक्काको वर्षा गर्दै उनले विपक्षी बलरमाथि पूर्ण रूपमा दबाब सिर्जना गरेका थिए। टियु मैदानमा उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको उनको प्रदर्शनले नेपाली क्रिकेटमा नयाँ प्रतिभाको उदय भएको संकेत…
Read More