Skip to main content

Bhajani Today

महुन्याल माविको बालविकास खेल स्टेशन अन्तिम चरणमा

भजनी, २२ असार – कैलालीको भजनी नगरपालिका–१ स्थित श्री महुन्याल माध्यमिक विद्यालयमा निर्माणाधीन बालविकास खेल स्टेशनको भजनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्ट, सामाजिक बिकास मन्त्रालयको टोली, वडा अध्यक्ष तथा प्राविधिक टोलीले सोमबार स्थलगत अनुगमन गरेका छन्।

अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले बालबालिकाका लागि सुरक्षित, गुणस्तरीय र सिकाइमैत्री वातावरण निर्माण गर्नु नगरपालिकाको प्राथमिकता रहेको बताउँदै निर्माण कार्यलाई गुणस्तरीय र समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्। उनले खेल स्टेशन सञ्चालनमा आएपछि प्रारम्भिक बालविकास तहका बालबालिकाको सिकाइ र समग्र विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।

हाल खेल स्टेशनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। केही सजावट, खेल सामग्री जडान तथा अन्तिम तयारीपछि बालबालिकाका लागि सञ्चालनमा ल्याइने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र प्रसाद जैशीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *