Skip to main content

Bhajani Today

स्थानीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न

भजनी, कैलाली — भजनी नगरपालिकाको आयोजनामा स्थानीय विपद् व्यवस्थापन समितिको बैठक सोमबार भजनी नगरपालिका सभाहलमा सम्पन्न भएको छ।

नगर प्रमुख केवल चौधरीको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा विपद् पूर्वतयारी, खोज तथा उद्धार सामग्री व्यवस्थापन, LEOC सञ्चालन तथा विपद् जोखिम न्यूनीकरणका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा नगर उपप्रमुख राजु तिरुवा, प्रमुख प्रशासकिय अधिकृत भोज राज भट्ट, वडा अध्यक्ष,विषयगत शाखा प्रमुख सरोकारवाला तथा राजनीति दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) SAAN परियोजनाको सहकार्यमा आयोजित कार्यक्रमको सहजीकरण भजनी नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख विष्णु राज न्यौपाने र देव राज बडुले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *