Skip to main content

Bhajani Today

सांसद खनालले गरे बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता”

भजनी, ११ साउन । महुन्याल माध्यमिक विद्यालय भजनीको अनुगमन तथा निरीक्षणका क्रममा विद्यालय व्यवस्थापन समितिले प्राविधिक शिक्षालय (कृषि), बालविकास (ECD) कक्षाका लागि स्मार्ट बोर्ड जडान, भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक गुणस्तर सुधार लगायत विषय समेटिएको पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र प्रसाद जैशीले नगर उपप्रमुख राजु तिरुवा, माननीय के.पी. खनाल, प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्ट, वडा नं. ५ का अध्यक्ष केशव बुढा तथा शिक्षा शाखा अधिकृत पंखबहादुर शाहको उपस्थितिमा ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको हो।सो अवसरमा प्रतिनिधिसभा सदस्य तथा क्षेत्र नं. २ का माननीय के.पी. खनालले विद्यालयको आवश्यकता र सम्भावनालाई मध्यनजर गर्दै आवश्यक बजेट व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यसँग समन्वय गरी केन्द्र सरकारबाट विद्यालयका लागि बजेट विनियोजन गराउन आवश्यक पहल गरिने बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *