Skip to main content

Bhajani Today

भजनीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन घोषणाको लागि सरोकारवालाका लागि दुईदिने क्षमता विकास तालिम सम्पन्न

कैलालीको भजनी नगरपालिकामा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन घोषणा प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले सरोकारवालाहरूका लागि दुईदिने क्षमता विकास तालिम सम्पन्न गरिएको छ।वल्डभिजन ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग तथा विकासका लागि युवा एक्यबद्धता (यार्ड), धनगढीद्वारा सञ्चालित “बाल समृद्धिका लागि एकीकृत विकास हातेमालो परियोजना” अन्तर्गत आयोजना गरिएको उक्त तालिममा भजनी नगरपालिकाका वडा स्तरीय बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन (CFLG) समिति र १० वटा टोल समितिका गरी ३५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

तालिमका क्रममा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन घोषणाका लागि आवश्यक ५१ वटा सूचक, बालअधिकार, पोषण, सरसफाइ, समुदायको सहभागिता तथा स्थानीय तहको भूमिका लगायतका विषयमा विस्तृत छलफल तथा अन्तरक्रियात्मक अभ्यास गरिएको थियो।कार्यक्रममा वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, कार्यपालिका सदस्य, वडा सदस्य, वडा सचिव, टोल समितिका बडघर, महिला स्वयंसेविका, आरसी, बालबालिका, अभिभावक तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागीहरूले यसअघि वडा स्तरीय बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन समितिको काम, कर्तव्य र अधिकारबारे पर्याप्त जानकारी नभएको उल्लेख गर्दै तालिमपछि आफ्नो भूमिका थप स्पष्ट भएको बताएका छन्। साथै, ५१ वटा सूचक प्रभावकारी रूपमा कार्यान्वयन गरी वडा तथा समुदाय स्तरमा बालमैत्री र पोषणमैत्री वातावरण निर्माण गर्न सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

तालिमको सहजीकरण विकासका लागि युवा एक्यबद्धता (यार्ड), धनगढीका कार्यक्रम संयोजक पिताम्बर पौडेल तथा CFLG फोकल पर्सन दीपक विकले गर्नुभएको थियो। आयोजकका अनुसार यस्ता क्षमता विकास कार्यक्रमले स्थानीय सरकार, समुदाय तथा सरोकारवालाबीच समन्वय र सहकार्यलाई सुदृढ बनाउँदै भजनी नगरपालिकालाई बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *