Skip to main content

Bhajani Today

लागुऔषध रोकथामका लागि अन्तरक्रिया

भजनी १३ साउन /भजनी नगरपालिकाले लागुऔषध दुर्व्यसनको जोखिम दिनप्रतिदिन बढ्दै जाँदा त्यसको रोकथाम तथा न्यूनीकरणका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।ईलाका प्रहरी कार्यालय भजनी र शसशस्त्र प्रहरीबल गुलरियाको साझेदारीमा वडा नं. ३,५ र ७ मा भारतसँगको खुला सिमानका कारण लागुऔषधको जोखिम दिनप्रतिदिन बढ्दै गएको भन्दै सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमबाट आएका सुझावलाई आत्मसात गर्दै नगरपालीकाले लागुऔषध दुर्व्यसनको जोखिम कम गर्न आवश्यक सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

आगामी दिनमा गाउँगाउँमा लागुऔषध न्यूनीकरणका लागि जनचेतनामुलक कार्यक्रम गर्ने नगरपालिकाका नगर प्रमुख केवल चौधरीले जनएका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले लागुऔषध दुर्व्यसनीले आउने पुस्ता गम्भीर संकटमा फस्दै गएको बताउँदै त्यसबाट युवाहरूलाई टाढा राख्नको लागि हरेक व्यक्ति, हरेक अभिभावक सहित राज्यका जिम्मेवार निकायको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।

वडा नं. ५ का वडा अध्यक्ष केशव बुढाले लागुऔषध दुर्व्यसन न्यूनीकरणमा हरेक नागरिक सचेत बन्नुपर्ने भन्दै त्यसका लागि सबैले हातेमालो गर्दै अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *