कैलाली — नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको आयोजनामा तथा ब्रिटिस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित इकोल्याब परियोजनाअन्तर्गत भजनी नगरपालिका–३ र ८ का करेसाबारी गर्ने ३ सय लाभग्राहीलाई कृषि सामग्री वितरण गरिएको छ।असार ३२ गते आयोजित कार्यक्रममा लाभग्राहीहरुलाई करेसाबारी प्रवर्द्धनका लागि आवश्यक कृषि सामग्री हस्तान्तरण गरिएको छ। परियोजनाले स्थानीय तहमा पोषणयुक्त खाद्यान्न उत्पादन वृद्धि, खाद्य सुरक्षा सुदृढीकरण तथा आयआर्जनमा सहयोग पुर्याउने लक्ष्य लिएको जनाएको छ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका निवर्तमान सभापति वासुदेव विनाडि ,भजनी नगरपालिकाका प्रमुख केवल चौधरी, वडा नं ८ का अध्यक्ष पंकज चौधरी , वडा नं ३का कार्यबाहक अध्यक्ष सत्रुधन चौधरी, वडा सदस्य गङ्गा राम चौधरी , लल्टु चौधरी, विपद् जोखिम न्यूनीकरण (डीआरआर) फोकल पर्सन विष्णुराज नेउपाने तथा कृषि शाखाका प्राविधिक वेदप्रकाश भट्टको उपस्थिति थियो।इकोल्याब परियोजनाका कार्यक्रम अधिकृत लौटन चौधरीले करेसाबारीको महत्त्व, यसको व्यवस्थापन र कृषि सामग्रीको प्रभावकारी उपयोगबारे जानकारी गराएका थिए। परियोजनाका सामाजिक परिचालक जेनिथ शाहले जानकारी दिएका थिए।