Skip to main content

Bhajani Today

लघु उद्यमीको बजारीकरण र वित्तीय पहुँचबारे अन्तरक्रिया सम्पन्न

भजनी, कैलाली । भजनी नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत लघुवित्तमा पहुँच तथा बजारीकरण सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा आर्थिक विकास शाखा प्रमुख, विभिन्न विषयगत शाखाका प्रमुख तथा झोला उद्योग, बेकरी, दुग्ध डेरी, ब्युटी पार्लर लगायतका लघु उद्यमीहरूको सहभागिता रहेको थियो। अन्तरक्रियामा लघु उद्यमीहरूको वित्तीय पहुँच विस्तार, उत्पादनको बजारीकरण तथा उद्यम प्रवर्द्धनका विषयमा छलफल गरिएको थियो।कार्यक्रमको सहजीकरण विनोद शाह, राम गोपाल चौधरी र सुस्मिता चौधरीले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *