भजनी / कैलाली जिल्लाको भजनी बजार जिल्लाको पुरानो सदरमुकामको रूपमा रहेको इतिहास धेरै भएको छैन ।हरेक सम्भावनाले भरिएको भजनीलाई कैलाली जिल्लाको सदरमुकाम थियो भन्दा अहिलेको पुस्तालाई पत्याउन गाह्रो हुन्छ । आज भजनीले भोगिरहेका अभावका अगाडि त्यो पुरानो सदरमुकामको कुरा गर्दा नयाँ पुस्ताले अनौठो मान्ने गर्छन् ।विस २०३८ सम्म जिल्लामा हुनुपर्ने कतिपय कार्यालय भजनीमै थिए । त्यति बेला निर्माण भएका कैयौँ संरचनाको अंश आजका दिनमा जीवित छन् । पुरानो सदरमुकामका बासिन्दा केही दशकदेखि प्राकृतिक विपद्लगायत चुनौतीसँग लड्न र जुध्नबाध्य भइरहेका छन् ।यो क्षेत्रका लागि वर्षायाममा हुने बाढी, नदी कटान र डुबानको समस्या ठूलो चुनौती बन्ने गरेको छ । बाढी डुबानले सयौँ…
कैलालीको धनगढीमा राष्ट्रियता लोकतन्त्र र समरुपतावाद प्रति समर्पित, दलित मुक्ति आन्दोलनका ऐतिहासिक क्रान्तिकारी योद्धा,एवं समरुपतावादी नेता स्व.चन्द्र वहादुर रैका को १९ औँ स्मृति दिवस धनगढीमा बिबिध कार्यक्रमको आयोजना गरी मनाईएको छ । चन्द्र पशुपति रैका स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम सरकारका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्ट रहनुभएको थियोे । १९ अौ स्मृति दिवसको अवसरमा मानबसेवा आश्रममा रहेका असाहय बुवाआमा र बालबालिकालाई सामूहिक दिवा भोजन समेत गराईएको थियोे । कार्यक्रमका प्रमुख अतिथी एंव सुदूरपश्चिम सरकारका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्ट ले स्व. चन्द्र बहादुर रैका दलित समुदायको मात्रै नेता नभईकन हामी सबैको साझा सशक्त क्रान्तिकारी नेता भएको बताउनु भयो ।…
भजनी: २७ वर्षदेखि बन्द रहेको कर्णाली नदी छेवैको कैलालीको टीकापुर विमानस्थलमा पुनः परीक्षण उडान गरिएको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले टीकापुरमा परीक्षण उडान गरेको हाे। नेपाल एयरलाइन्सको परीक्षण उडानमा नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूल, क्याप्टेन महेश विष्ट, उज्जवल सिलवाल, इन्जिनियर सम्राट प्रधान लगायतका प्राविधिक टीकापुर विमानस्थलमा अवतरण भएका छन्। पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी पनि टीकापुरमा छन्। टीकापुरबाट तत्कालीन अवस्थामा अछामको साँफेबगर, जुम्ला, काठमाडौं, धनगढी, नेपालगञ्जमा हवाइ उडान हुने गरेको थियो। टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले संघीय सरकारले जहाजको व्यवस्था गर्नुपर्ने र यहाँका जनताको माग पूरा गर्नुपर्ने बताए। समुद्रि सतहबाट २ सय ४३ मिटर उचाइमा…
टीकापुर ८कार्तिक मान बहादुर ठकुल्ला/ कैलालीको टीकापुर नगरपालिका वडा न ९ स्थित सत्ती भन्सार कार्यालय खक्राैलाले चालू अार्थिक बर्षकाे ३ महिनामा करिब ३ कराेडभन्दा बढी राजस्व संकलन गरेकाे छ । सत्ती भन्सार कार्यालयले अार्थिक बर्ष २०८१/८२ काे श्रावण महिनामा ७६ लाख ५० हजार ५ सय १४ रुपैया , भाद्र महिनामा १ कराेड २८ लाख २ सय ७ रुपैया र असाेज महिनामा १ कराेड ३५ लाख ९० हजार रुपैया गरि चालू अार्थिक वर्षकाे ३ महिनामा ३ कराेड ४० लाख ४० हजार ७७ सय २१ रुपैया राजस्व संकलन गर्न सफल भएकाे सत्ती भन्सार कार्यालयका प्रमुख दिनहरी सापकाेटाले जानकारी दिनु भएको छ ।…
धनगढी ८ कार्तिक २०८१/सुदूरपश्चिम प्रदेश सामजिक विकास मन्त्रालयले दलित शसक्तिकरण ऐन कार्यान्वयनमा नआउदै संशोधनका लागी प्रस्ताव गरेको विद्येयक दलित समुदायका नेता,अगुवा एंव दलित नागरिक समाजले ठाडै अस्विकार गर्दै कार्यान्वयनको माग गरेका छन । सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशले दलित शसक्तिकरण ऐन कार्यान्वयनमा नआउदै संशोधनका लागी प्रस्ताव गरेको विद्येक सम्बन्धी सुझाव संकलन कार्यक्रम्मा सहभागी दलित संघ संस्थाका प्रतिनीधिहरुले संशोधन विद्येक अस्विकार गर्दै कार्यान्वयनको माग गरेका हुन । सामाजिक विकास मन्त्रालयले ऐन संशोधन गर्न बनाएको विद्येकमाथी छफफल गर्न आयोजना गरेको कार्यक्रमको मान्यूटमा समेत हस्ताक्षर नगरी उनीहरुले संशोधनका लागी अघि सारीएको विद्येकलाई अस्विकार गर्दै एकमतले कार्यान्वयनको माग गरेका हुन । सामाजिक विकास मन्त्रालयका…
भजनी/तिहार नजिकिँदै जाँदा भजनी नगरपालिकाले यसवर्ष प्लास्टिकका माला बिक्रीवितरणमा रोक लगाउने तयारी गरेको छ ।बुधबार एक सुचना जारी गर्दै नगरपालिकाले प्लास्टिकका फुल माला बिक्रीवितरणमा रोक लगाउने जानकारी दिएको हो । नगरपालिकालेस्वदेशी उत्पादन फूलका मालालाइ प्रोत्साहन गर्न र प्लाष्टिक जन्य सामाग्रीको न्यूनिकरण गर्न भारतबाट भित्रिने प्लाष्टिकका फूलमालालाई निरुत्साहित गरि आयात तथा विक्रिवितरणमा रोक लगाउने नीतिअनुसार नगरपालिका अगाडि बढ्ने नगर प्रमुख केवल चौधरीद्वारा जारी गरिएको सुचनामा उल्लेख गरिएको छ।नगरपालिका भित्र रहेका व्यापार व्यावसायी तथा सम्पुर्ण नगरवासीहरुले आउँदै गरेको महान चाड शुभ दिपावली तथा छठ पर्वमा प्लास्टिकका माला र पुष्प सामाग्री विक्रिवितरण तथा प्रयोग नगर्न/नगराउन हुन सम्बन्धित सबैको जानकारी गराइएको भन्दै सूचनालाई अटेर…
भजनी/कैलालीको भजनीमा प्रात: स्मरणीय पूज्यनीय पिता स्व. तोयनाथ जोशीको ३१औं स्मृतिका अवसरमा आयोजित ११औं रक्तदान कार्यक्रम आईतबार भजनीमा सम्पन्न भएको छ। पाण्डव जनरल स्टोर भजनीको आयोजित एबम् नेपाल रेडक्रस सोसाइटी टीकापुर र भजनीको प्राविधिक सहयोग तथा लघुवित्त कर्मचारी मिलन केन्द्र भजनीको सहकार्यमा भजनीमा रक्तदान कार्यक्रम गरेको थियो।कार्यक्रममा भजनी नगरपालिका नगर प्रमुख केवल चौधरी, उप प्रमुख राजु तिरुवा,संघिय माननीय गंगा चौधरी ,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलाली सभापति बासु विनाडी, सशस्त्र प्रहरी बल , सञ्चारकर्मी , कर्मचारी, रक्तदानसँग आबद्ध अन्य व्यक्तिहरू गरी ५०जना रक्तदाताहरूले रक्तदान गरेको टंक प्रसाद जोशीले जानकारी दिनुभयो। रक्तदान कार्यक्रमको उद्घाटन भजनी नगरपालिका नगर उप प्रमुख राजु तिरुवाले…
टीकापुर / कैलालीको भजनीबाट लागुअाैषध सहित दुई जना लाई प्रहरीले पक्राउ गरेकाे छ ।शनिबार करिब राती ८ बजेको समयमा गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, भजनी न.पा.१ गोदाम टोलबाट सोही ठाउँ बस्ने बर्ष २० को शुसील साउद र बर्ष २७ को बिरेन्द्र बिष्टलाई ४ ग्राम ५१० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको र निज दुबैजना माथि ईलाका प्रहरी कार्यालय भजनीले थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।यसैगरी, शनिबार नै दिउसाे २:०० बजे धनगढी स्थित प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ रोड हाउस क्याफे…
भजनी/कैलालीको भजनी नगरपालिका वडा न ५ स्थित पृथ्वीपुर छाेटी भन्सार कार्यालय लालबाेझीले चालू अार्थिक बर्षकाे ३ महिनामा करिब १४ लाख भन्दा बढी राजस्व संकलन गरेकाे छ । पृथ्बीपुर छाेटी भन्सार कार्यालयले अार्थिक बर्ष २०८१/८२ काे श्रावण महिनामा ३ लाख ५९ हजार ७ सय ५९ रुपैया , भाद्र महिनामा ३ लाख ५९ हजार ८ सय १० रुपैया र असाेज महिनामा ७ लाख ५४ हजार ९ सय १९ रुपैया गरि चालू अार्थिक वर्षकाे ३ महिनामा १४ लाख ७४ हजार ४ सय ८८ रुपैया राजस्व संकलन गर्न सफल भएकाे छाेटी भन्सार कार्यालयका सुब्बा पदम राज भट्टले जानकारी दिनु भएको छ । भजनी क्षेत्रमा…
भजनी/डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका-७ खस्रेखान स्थित महेन्द्रनगरबाट बैतडी पुर्चौडि तर्फ जाँदै गरेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन्। दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताए। दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, कमलाका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो। प्रहरी निरीक्षक बमका अनुसार बसचालक वीरेन्द्र बोहरा…
भजनी२९असोज कैलालीको भजनीमा डेंगु संक्रमण बढेसँगै भजनी नगरपालिका वडा नं ४को आधारभूत स्वास्थ्य केन्द्रले लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ। नगरपालिकाले नगरभित्रका नौवटा स्वास्थ्य केन्द्रबाट ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको हो। मंगलबारदेखि अभियान थालिएको नगरपालिका स्वास्थ्य संयोजक कैलाश चौधरीले बताए। सडक छेउछाउ पर्ने भजनी नगरपालिकाको वडा नं ४ विभिन्न टोल तथा क्षेत्रमा डेंगु खोज र नष्ट अभियान चलाइएको छ। (more…)
भजनी – कैलाली भजनी साहित्य समाजको आयोजनामा भएको प्रथम बृहत् साहित्यिक सांस्कृतिक कार्यक्रम तथा लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताको एक भव्य समारोहका बिच प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा– प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उपकुलपति जोशीले मौलिक संस्कृतिको रक्षाका लागि सबैले लाग्नुपर्ने बताए। कैलाली जिल्लाको भजनी क्षेत्रमा पहिलो पल्ट आयोजना गरिएको भव्य सांस्कृतिक समारोहको सफलताको शुभकामना दिँदै उपकुलपति जोशीले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान प्रदेश भित्रको कला साहित्य संस्कृतिको सम्बर्द्धन तथा विकासमा योजनाबद्ध रूपमा अगाडि बढेको बताए। भजनी साहित्य समाजका अध्यक्ष टिकाराम जोशीको अध्यक्षतामा सम्पन्न समारोहमा भजनी नगरपालिकाकी उपमेयर राजु तिरुवा, सामाजिक अभियन्ता संरक्षण…
भजनी/खक्राैला स्थित सशस्त्र प्रहरी टोलीले गए राति करीब ९० हजार मूल्य बराबरको विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । प्रस्तावित सिमा सुरक्षा गुल्म खक्राैला बाट खटिएको टोलीले अवैधरूपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा पटका( फूलझरी, बुलेट बम, चक्कर हाइड्रो फोइल्स) लगायतका विष्फोटक पदार्थ हिजो साँझ बरामद गरि आज भन्सार कार्यालयमा बुझाएको हो ।बरामद गरिएका पटाका र से.३ प. ५७९९ नम्बरको १५० सिसिकाे कालो रंगको पल्सर सत्ति भन्सार कार्यालय पठाइएको गुल्मपति डिएसपी पुर्ण चन्दले जानकारी दिए ।