साझा अक्षर

Bhajani Today

Bhajani Today

383 Posts

सम्पादकीय…..

खेलकुदमा लगानी गरौँ, भजनीको भविष्य उज्यालो बनाऔँ कैलाली जिल्लामा हालै सम्पन्न जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भजनी नगरपालिकाका विद्यार्थी खेलाडीहरूले देखाएको प्रदर्शन साँच्चिकै प्रशंसनीय र प्रेरणादायी छ। सीमित स्रोत–साधन, खेल सामग्रीको अभाव, दक्ष प्रशिक्षकको कमी तथा व्यवस्थित खेल मैदान नहुँदा पनि भजनीका खेलाडीहरूले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न सफल हुनु सामान्य उपलब्धि होइन। यो भजनीका युवाहरूको क्षमता, मेहनत र अदम्य आत्मविश्वासको परिणाम हो। तर दुःखको विषय के हो भने, यति ठूलो सम्भावना बोकेको खेलकुद क्षेत्र अझै पनि स्थानीय सरकारको प्राथमिकतामा पर्न सकेको छैन। नगरपालिकाले खेलकुद क्षेत्रका लागि छुट्याउने बजेट अत्यन्त न्यून छ। खेलाडीहरू आफ्नै संघर्ष र व्यक्तिगत प्रयासका…
Read More
राष्ट्रपति रनिङ शिल्डमा धनगढी प्रथम, भजनीले पनि जित्यो ५ पदक

राष्ट्रपति रनिङ शिल्डमा धनगढी प्रथम, भजनीले पनि जित्यो ५ पदक

कैलाली जिल्लास्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८३ सम्पन्न भएको छ । प्रतियोगितामा धनगढी उपमहानगरपालिका प्रथम बन्दै सर्वाधिक ५२ पदक हासिल गर्न सफल भएको छ । धनगढीले ३० स्वर्ण, १४ रजत र ८ कांस्य पदक जितेको हो । यस्तै, घोडाघोडी नगरपालिका दोस्रो तथा गोदावरी नगरपालिका तेस्रो स्थानमा रहेका छन् ।प्रतियोगितामा भजनी नगरपालिकाले पनि उत्साहजनक प्रदर्शन गर्दै कुल ५ पदक हात पारेको छ । भजनीले १ स्वर्ण, १ रजत र ३ कांस्य पदक जित्दै जिल्लास्तरीय खेलकुदमा आफ्नो उपस्थिति बलियो बनाएको हो । यस वर्षको प्रतियोगितामा भजनीका खेलाडीहरूले विगतको तुलनामा सुधारिएको प्रदर्शन गर्दै विभिन्न विधामा प्रतिस्पर्धात्मक खेल देखाएका थिए । विशेषगरी…
Read More
राष्ट्रपति रनिङ शिल्डमा भजनीको उत्कृष्ट प्रदर्शन, ४ पदक हात पार्न सफल

राष्ट्रपति रनिङ शिल्डमा भजनीको उत्कृष्ट प्रदर्शन, ४ पदक हात पार्न सफल

अमृत केसी/कैलालीमा जारी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भजनी नगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै थप पदक हासिल गरेको छ। प्रतियोगिताको सुरुवाती चरणदेखि नै भजनी नगरपालिकाले विभिन्न खेल विधामा आफ्ना प्रतिद्वन्द्वीलाई कडा टक्कर दिँदै आएको छ।जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन हुन १ दिन मात्र बाँकी रहँदा भजनी नगरपालिकाले हालसम्म ४ पदक आफ्नो नाममा पार्न सफल भएको छ। छात्रा हाइजम्पतर्फ प्रतिका कठरियाले स्वर्ण पदक जित्दै भजनीलाई गौरवान्वित बनाएकी छन्।त्यसैगरी, ज्याभ्लिङ थ्रोतर्फ अभिषेक विकले रजत पदक प्राप्त गरेका छन् भने सटपुटतर्फ पारस टमट्टा र कराँतेतर्फ अनुप चौधरीले कास्य पदक हासिल गरेका छन्। भजनी नगरपालिकाका शिक्षा शाखा अधिकृत पंख बहादुर शाहले खेलाडीहरूको…
Read More
राष्ट्रपति रनिङशिल्डमा भजनीको ऐतिहासिक सुरुवात, प्रतिका कठरियाद्वारा स्वर्ण पदक जित

राष्ट्रपति रनिङशिल्डमा भजनीको ऐतिहासिक सुरुवात, प्रतिका कठरियाद्वारा स्वर्ण पदक जित

अमृत केसी/कैलाली जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन चरणमै भजनी नगरपालिकाले ऐतिहासिक सफलता हासिल गरेको छ । विगतका वर्षहरूमा अपेक्षाकृत कमजोर प्रदर्शन गर्दै आएको भजनीले यस वर्ष भने सुरुवातदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दै सबैको ध्यान आकर्षित गरेको छ। प्रतियोगिताको पहिलो दिन सम्पन्न हाईजम्प प्रतियोगितामा भजनी नगरपालिकाकी छात्रा प्रतिका कठरियाले शानदार प्रदर्शन गर्दै स्वर्ण पदक जितेकी हुन्। उनको उत्कृष्ट प्रदर्शनसँगै भजनी नगरपालिकाले प्रतियोगितामा पहिलो ठूलो सफलता हात पार्दै स्वर्ण पदक आफ्नो नाममा लेखाउन सफल भएकी हुन् । प्रतिका कठरियाको स्वर्ण पदकसँगै भजनी नगरपालिकाको टोलीमा उत्साह छाएको छ । खेल मैदानमा उनले देखाएको आत्मविश्वास, मेहनत र उत्कृष्ट प्रदर्शनले भजनी नगरपालिकाको खेल इतिहासमा…
Read More
भजनीमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

भजनीमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

भजनी ३० वैशाख/कैलालीको भजनी नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको समापन समारोह भजनी नगरपालिका नगर प्रमुख केवल चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको हो। समापन कार्यक्रममा नगर प्रमुख केवल चौधरीले खेलकुदले विद्यार्थीहरूको प्रतिभा पहिचान, अनुशासन र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै खेल क्षेत्रको विकासका लागि नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो थियो। त्यसैगरी शिक्षा शाखा अधिकृत पंख बहादुर शाहले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहबाटै खेल प्रतिभाको खोजी तथा विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताए। उनले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकास हुने उल्लेख गर्दै आगामी दिनमा अझ व्यवस्थित रूपमा…
Read More
भजनीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

भजनीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

भजनी २८ वैशाख/कैलालीको भजनी नगरपालिकामा नगरस्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ उद्घाटन गरिएको छ। भजनी नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा नगरभित्रका १२ वटा मा विद्यालयहरुको सहभागिता रहेको छ। प्रतियोगिताको उद्घाटन समारोहमा नगर प्रमुख केवल चौधरी,उप प्रमुख राजु तिरूवा,प्रमुख प्रशासकिय अधिकृत भोज राज भट्ट, वडा अध्यक्ष, शिक्षा शाखा प्रमुख सुर्य बहादुर सिंह जनप्रतिनिधि, शिक्षा क्षेत्रका व्यक्तित्व, शिक्षक, विद्यार्थी तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो। प्रतियोगितामार्फत विद्यार्थीहरूमा खेलकुद प्रतिभा विकास गर्ने तथा अनुशासन र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ। यस्तै रा.मा.वि. महादेउली भने प्रतियोगितामा सहभागी नभएको सूचीमा उल्लेख गरिएको छ। प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
Read More
शव व्यवस्थापन सहज बनाउन सहयोग

शव व्यवस्थापन सहज बनाउन सहयोग

भजनी । भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित एक कार्यक्रममा शव व्यवस्थापनलाई सहज बनाउने उद्देश्यसहित सहयोग हस्तान्तरण तथा औपचारिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन समिति तथा वडा नं. १ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा नगर प्रमुख केवल चौधरी प्रमुख अतिथि तथा उपप्रमुख राजु तिरुवा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी वडा नं. ५ का वडा अध्यक्ष केशव बुढा, वडा नं. ३ का कार्यबाहक वडा अध्यक्ष शत्रुधन चौधरी, कानुन शाखा प्रमुख पूर्णप्रसाद जोशी, प्रशासन प्रमुख चन्द्रदेव भट्ट र वि.व्य समितिका अध्यक्ष सुरेन्द्र प्रसाद जैशी,उद्योग वाणिज्य संघ भजनीका अध्यक्ष जय बहादुर बुढा लगायतको…
Read More
उद्घाटन खेलमै भजनीको शानदार जित, गोलकिपर पुनीत चम्किँदा बागमारा स्तब्ध

उद्घाटन खेलमै भजनीको शानदार जित, गोलकिपर पुनीत चम्किँदा बागमारा स्तब्ध

अमृत केसी/ कैलाली  Youth of Tikapur को आयोजनामा सुरु भएको महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा भजनी नगरपालिकाले शानदार जित दर्ता गरेको छ। सोमबार सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक खेलमा भजनी नगरपालिकाले लम्की चुहा नगरपालिकाको बागमारा स्पोर्ट  क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।खेलको पहिलो हाफमै भजनीले निर्णायक अग्रता बनाएको थियो। खेलको दोस्रो औँ मिनेटमा भजनीकी स्ट्राइकर अमिता चौधरीले आकर्षक गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। अमिताले गरेको सोही एक गोल अन्ततः खेलको निर्णयकर्ता बन्यो। गोल खाएपछि बागमारा स्पोर्ट क्लबले खेलमा फर्किन लगातार प्रयास गरेको थियो। खेल अवधिभर लम्की चुहा नगरपालिकाको टोलीले भजनीमाथि दबाब सिर्जना गर्दै थुप्रै आक्रमण बुनेको थियो।…
Read More
संघको नेतृत्वमा पत्रकार तथा व्यवसायी बुढा

संघको नेतृत्वमा पत्रकार तथा व्यवसायी बुढा

भजनी २६ वैशाख /उद्योग वाणिज्य संघ भजनीकाे नेतृत्व पत्रकार तथा व्यवसायी जयबहादुर बुढाले सम्हालेका छन् । वाणिज्य सङ्घको वार्षिक चुनावी साधारण सभाले बुढालाई सर्वसम्मत रुपमा अध्यक्षका लागि चयन गरेको हो । लामो समयदेखि भजनीमा बसेर व्यापार व्यवसाय गर्दै आउनुभएका बुढा यसअघि उद्योग वाणिज्य संघ भजनीको ९ वर्षसम्म सचिव हुनुहुन्थ्यो । पेशाले पत्रकारिता र व्यापारमा सक्रिय बुढा व्यापारीको हकहितका क्षेत्रमा क्रियाशील हुनुहुन्छ । यसैगरी उपाध्यक्षमा रामप्रशाद रेग्मी, सचिव जनक बहादुर विक, कोषाध्यक्ष शान्ति ओझा, सह सचिव विनोद शाह सर्वसम्वत भएका छन् । सदस्यमा निर्मला परियार, राजकुमार अग्रवाल, लालबहादुर चौधरी, उपेन्द्र केसी, नृप बोगटी, नरेन्द्र थापा सर्वसम्वत चयन भएका हुन् । अध्यक्षमा…
Read More
कर्मचारीको चलाखी २५ गतेको हाँजिरी २४ गते नै

कर्मचारीको चलाखी २५ गतेको हाँजिरी २४ गते नै

 भजनी २५ वैशाख /भजनी नगरपालिकाको वडा नं १ मा रहेको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा नगरपालिकाले अनुगमन गर्दा वैशाख २५ गतेको हाजिरी २४ नै गरेको भेटिएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज भट्ट सहितको टोलीले बैशाख २४ गते बिहीबार प्राथमिक स्वास्थ्य केन्द्रको आकस्मिक अनुगमन गर्दा त्यस्तो भेटिएको हो । अनुगमनको क्रममा अस्पताल प्रशासनको कामकारवाहीमा लापरवाही देखिएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत दुई जना कर्मचारीले बैशाख २५ गतेको हाँजिरी एक दिन अगावै अर्थात २४ गते नै लगाएको पाईएको छ । कार्यालयका विपना कुमारी डँगौरा र एम्बुलेन्स चालक भोज राज केसीले एक दिन अगावै हाँजिरी गरेको फेला परेको हो । नाईट…
Read More
संयुक्त प्रेस विज्ञप्ति जारी, विद्यालयमा भएको घटनाप्रति ध्यानाकर्षण

संयुक्त प्रेस विज्ञप्ति जारी, विद्यालयमा भएको घटनाप्रति ध्यानाकर्षण

कैलालीको भजनी नगरपालिका वडा नं. ५ स्थित श्री कमेश्वर माध्यमिक विद्यालयमा भएको घटनाप्रति शिक्षक संगठनहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन्। मिति २०८३/०१/१८ गते सम्पन्न अभिभावक भेलामा प्रधानाध्यापक लिलाराम विश्वकर्मामाथि विद्यालय व्यवस्थापन समिति सदस्यद्वारा हातपात तथा लछारपछार गरिएको भन्दै उक्त घटनाको निन्दा गरिएको छ। प्रेस विज्ञप्तिमा विद्यालय परिसरभित्र भएको यस्तो अमर्यादित व्यवहारप्रति कानुनी कारबाही गर्न माग गरिएको छ। साथै दोषीमाथि छानबिन गरी कारबाही अघि बढाउन सम्बन्धित निकायसँग आग्रह गरिएको छ।उक्त विज्ञप्ति नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघलगायतका शिक्षक संघ/संगठनहरूले संयुक्त रूपमा जारी गरेका हुन्।
Read More
शैक्षिक गुणस्तरका लागि एकजुट हुनुपर्नेमा जोड

शैक्षिक गुणस्तरका लागि एकजुट हुनुपर्नेमा जोड

भजनी २१ वैशाख /गुणस्तरीय शिक्षामा सुधार ल्याउन सरोकारवाला निकाय सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । भजनी नगरपालिका भित्रका सामुदायिक बिधालयका प्रधानाध्यापकहरुसँग गरिएको गुणस्तरीय शिक्षाका विषयमा गरिएको संवाद कार्यक्रममा सबै एकजुट हुनुपर्नेमा जोड दिएका हुन । भजनी जालापा मिडियाद्वारा आयोजित उक्त कार्यक्रममा क विद्यालयका प्रधानाध्यापक, शिक्षक ,संचारकर्मीहरूको सहभागिता रहेको थियो ।। प्रधानाध्यापक संजाल भजनीका संयोजक पदम बहादुर शाहीले वर्तमान शैक्षिक अवस्थाको समीक्षा गर्दै विषयगत शिक्षकको अभाव, अभिभावक शिक्षामा कमी, दरबन्दी मिलानमा देखिएको असन्तुलन तथा योजनाको प्राथमिकिकरणमा देखिएका समस्याले शिक्षामा अपेक्षित सुधार हुन नसकेको बताएका छन् । उनले विद्यालय तहबाटै सुधारका पहल गर्न सकिने उल्लेख गर्दै त्यसका लागि खुला संवाद, सहकार्य…
Read More
निःशुल्क आँखा जाँच शिविर सम्पन्न

निःशुल्क आँखा जाँच शिविर सम्पन्न

भजनी १९ बैशाख/कैलाली जिल्लाको भजनी नगरपालिकामा विश्व हिन्दु परिषद नेपाल तथा गेटा आँखा अस्पतालको आयोजना, भजनी नगरपालिका वडा नं. १ को सहयोग र भजनी प्राथमिक स्वास्थ्य केन्द्रको सहजीकरणमा १ दिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। उक्त शिविरमा कुल ३५२ जना सेवाग्राहीले आँखा जाँच गराई सेवा लिएका छन्। कार्यक्रममा स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो भने आँखासम्बन्धी समस्याको पहिचान र उपचारमा शिविरले महत्वपूर्ण योगदान पुर्‍याएको नगर सभापति हेमेन्द्र  भारद्वारले जानकारी दिए।यस किसिमका स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा पुर्‍याउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।
Read More
भजनीले सकेन शिक्षक सरुवा गर्न

भजनीले सकेन शिक्षक सरुवा गर्न

भजनी १६ वैशाख/शिक्षक दरबन्दी मिलान तथा सामुदायिक बिद्यालयको तह मिलानको प्रक्रियामा भजनी नगरपालिका असफल भएको छ ।बर्सेनि शैक्षिक गुणस्तर खस्किँदै गएपछि विद्यार्थी संख्याको आधारमा बिद्यालयको तह मिलान तथा शिक्षक सरुवाको प्रक्रिया अगाडि बढाएको थियो । तह समायोजन गर्ने भनिएका बिद्यालयलाई नगरपालिकाले यसअघि पत्राचार गरिसकेको थियो भने शिक्षकहरुको सरुवाको विषयमा निकै विवाद सिर्जना भएको थियो । नगरपालिकाको शिक्षा समितिले शिक्षक सरुवाको विषयमा २५ वटा बैठक बसेको शिक्षा अधिकृत पंखबहादुर शाहले जानकारी दिएका छन् । अन्ततः समितिले विवादका बाबजुद केही शिक्षकहरुको सरुवा गर्ने गरी निर्णय गर्दै कार्यपालिका पठाएको थियो । मंगलबार बसेको कार्यपालिकाको बैठकले बाहिरको दबाबलाई थेग्न नसकेपछि २५ पटक बसेर निचोडमा…
Read More
भजनीमा अवैध साल काठ बरामद

भजनीमा अवैध साल काठ बरामद

कैलाली जिल्लाको भजनी नगरपालिका–९, आमबारी क्षेत्रमा अवैध रूपमा लुकाई छिपाई राखिएको साल जातको काठ प्रहरीले बरामद गरेको छ। मिति २०८३ साल वैशाख १३ गते साँझ करिब १६:०० बजे प्राप्त गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले स्थानीय दिलिप हमाल (अन्दाजी ४० वर्ष) को घर नजिकै रहेको गोठबाट उक्त काठ फेला पारेको हो। प्रहरीले सो स्थानबाट ४७.८ क्युबिक फिट परिमाणको अन्दाजी मूल्य रु. २,१०,००० बराबरको साल जातको ७० वटा कडी बरामद गरेको जनाएको छ।बरामद गरिएको काठ आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा कारबाहीका लागि सब–डिभिजन वन कार्यालय पचमोडियालाई बुझाइएको  ईलाका प्रहरी कार्यालय भजनीका कार्यालय प्रमुख खगेन्द्र साउदले जानकारी दिए।
Read More