Skip to main content

Bhajani Today

भजनी प्रहरीले गर्याे सात लाख बराबरका सुर्तिजन्य पदार्थ नष्ट

भजनी – कैलालीमा ईलाका प्रहरी कार्यालय भजनीले ७लाख ८०हजार ३१०बराबरको सुर्तिजन्य सामान बरामद गरि नष्ट गरिएको छ ।नाकाबाट ल्याउँदै गरेका सुर्तिजन्य पदार्थहरु बरामद गरि सरोकारवालाहरुको रोहबरमा शनिबार नष्ट गरिएको हो । इलाका प्रहरी कार्यालय भजनीले स्थानीय जनप्रतिनिधि, बुद्धिजिवि, स्थानीयको रोहबरमा विभिन्न मितिमा बरामद गरेका सामाग्री नष्ट गरेको कार्यालय प्रमुख खगेन्द्र साउदले बताउनु।

ईलाका प्रहरी कार्यालय भजनीले (१). बिभिन्न नामका बिडी १३३५ (एक हजार तीन सय पैतिस) प्याकेट ।(२). श्यामल सुर्ती ५३४ (पाँच सय चौतिस)पोका(३). पवन सुर्ती १९ (उन्नाईस) पोका ।(४). आन्टी ७० (सत्तरी) पोका ।(५). सिस्टम गुट्खा ५५ (पचपन्न) पोका ।(६). हनुमानछाँप तम्बाकु ४३ (त्रिचालिस) पोका(७). कमलापसन्द ११९ (एक सय उन्नाईस) पोका बरामद गरेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *