Skip to main content

Bhajani Today

भजनीबाट काठमाडौं ‘नमस्ते भजनी’ बस सेवा सुरु

भजनी, २०८३ असोज ७ /कैलाली भजनीवासी तथा यात्रुहरूलाई काठमाडौं आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले रिभर साईट यातायात प्रा.लि .ले आफ्नो नौलो प्रस्तुति ‘नमस्ते भजनी’ बस सेवा सञ्चालनमा ल्याएको छ।

रिभर साईट यातायात प्रा.लि.का अध्यक्ष गणेश राज ओलीका अनुसार २०८३ असोज ७ गतेदेखि भजनी–काठमाडौं बस सेवा औपचारिक रूपमा सुरु गरिएको हो। नयाँ सेवा सञ्चालनसँगै भजनी तथा आसपासका यात्रुले काठमाडौं आवतजावतका लागि थप सहज यातायात सुविधा पाउने भएका छन्।सार्वजनिक गरिएको समयतालिकाअनुसार भजनीबाट काठमाडौं दिउँसो १२ बजे र काठमाडौंँबाट भजनीका लागि दिउँसो २ः३० बजे बस छुट्नेछ।

बस सेवा शुभारम्भ कार्यक्रममा रिभर साईट यातायात प्रा.लिका अध्यक्ष गणेश राज ओली, प्रशासनिक उपाध्यक्ष जयरूप बुढा, वरिष्ठ उपाध्यक्ष जनक बहादुर शाही, कोषाध्यक्ष बल बहादुर भण्डारी, कार्यालय प्रमुख चन्द प्रसाद आचार्य तथा इलाका प्रहरी कार्यालय भजनीका प्रमुख खगेन्द्र साउदलगायतको उपस्थिति रहेको थियो।‘नमस्ते भजनी’—भजनीदेखि काठमाडौंसम्मको यात्रामा नयाँ सुरुवात, नयाँ सेवा र नयाँ सुविधा।

‘नमस्ते भजनी’ बसमा यात्रुको आरामलाई विशेष प्राथमिकता दिइएको  छ। सोफा सिटसहित आरामदायी सिट व्यवस्था, यात्रालाई सहज बनाउने सुविधा तथा स्लिपर सिट लगायतका सुविधासहित  बस सेवा सञ्चालनमा ल्याइएको प्रा.लीका अध्यक्ष गणेश राज ओली बताउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *