Skip to main content

Bhajani Today

समाचार

विश्व वातावरण दिवसमा भजनीमा वृक्षरोपण, सरसफाइ र सडक नाटक

भजनी, कैलाली । विश्व वातावरण दिवस २०८३ को अवसरमा भजनी नगरपालिकाको आयोजनामा तथा दिगो विकास समाज (DBS) भजनी र World Vision International Nepal को सहकार्यमा वृक्षरोपण, सरसफाइ तथा सडक नाटक कार्यक्रम सम्पन्न गरिएको छ। “समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने नारासहित आयोजित कार्यक्रममा भजनी नगरपालिकाको कार्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको वन वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख विष्णु राज न्यौपानेले जानकारी दिए। वृक्षरोपणका लागि आवश्यक बिरुवा सब डिभिजन वन कार्यालय भजनी ले उपलब्ध गराएको थियो भने कार्यक्रम सञ्चालनमा विभिन्न टोल विकास संस्थाहरूले सहयोग गरेका थिए। यस अवसरमा भजनी बजार क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गर्नुका साथै वातावरण…
Read More

सुदूरपश्चिमका सन्दीप साउदले रचे इतिहास, टियु मैदानमा कीर्तिमानी शतक

भजनी २१ जेष्ठ/कैलालीको टीकापुर नगरपालिका–सूर्यपुरका युवा क्रिकेट प्रतिभा सन्दीप साउद ले नेपाली घरेलु क्रिकेटमा नयाँ इतिहास रचेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा जारी यू–१६ राष्ट्रिय जयकुमारनाथ क्रिकेट लिग अन्तर्गत उनले कीर्तिमानी शतक प्रहार गर्दै सबैको ध्यान आफ्नोतर्फ खिच्न सफल भएका हुन्। सन्दीपले विस्फोटक ब्याटिङ प्रदर्शन गर्दै केवल ६० बलमा अविजित १२६ रनको शानदार पारी खेले। उनको यो शतक जयकुमारनाथ लिग इतिहासकै अहिलेसम्मको सर्वोच्च व्यक्तिगत स्कोरका रूपमा दर्ज भएको छ। मैदानभर चौका–छक्काको वर्षा गर्दै उनले विपक्षी बलरमाथि पूर्ण रूपमा दबाब सिर्जना गरेका थिए। टियु मैदानमा उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको उनको प्रदर्शनले नेपाली क्रिकेटमा नयाँ प्रतिभाको उदय भएको संकेत…
Read More

पोषण परियोजनाका गतिविधिको पालिका स्तरीय अनुगमन सम्पन्न

भजनी, कैलाली । केयर नेपाल र आइडिइ नेपालको आर्थिक सहयोग तथा याक नेपालद्वारा सञ्चालित पोषण परियोजनाअन्तर्गत भजनी नगरपालिकामा सञ्चालन भएका विभिन्न गतिविधिहरूको पालिका स्तरीय सल्लाहकार समितिद्वारा अनुगमन गरिएको छ।अनुगमन टोलीले परियोजनामार्फत सञ्चालित पोषण सुधार, समुदायस्तरीय जनचेतना अभिवृद्धि, बाल तथा मातृ पोषण प्रवर्द्धन, सरसफाइ तथा व्यवहार परिवर्तनसम्बन्धी कार्यक्रमहरूको स्थलगत अवलोकन गरेको थियो। अनुगमनपछि बोल्दै नगर उपप्रमुख राजु तिरुवा ले परियोजनाले लक्षित समुदायमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै आगामी दिनमा कार्यक्रमहरूलाई अझ प्रभावकारी र दिगो बनाउन स्थानीय सरकार, सरोकारवाला निकाय तथा समुदायबीचको समन्वय थप सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो। स्वास्थ्य शाखा प्रमुख कैलाश थारु का अनुसार परियोजनाले विशेषगरी महिला, बालबालिका तथा विपन्न समुदायको…
Read More

सोनाफाँटामा बाढीसम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न, समुदायलाई विपद् पूर्वतयारीबारे प्रशिक्षण

भजनी, कैलाली। कैलालीको भजनी नगरपालिका–८ सोनाफाँटामा बाढीजन्य विपद् न्यूनीकरण तथा पूर्वतयारीका लागि बाढीसम्बन्धी कृत्रिम घटना अभ्यास (Mock Drill) कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाद्वारा सञ्चालित ईकोल्याब (ECOLAB) परियोजना अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो। वडा सदस्य लल्टु चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भजनी नगरपालिकाका विपद् शाखा फोकल व्यक्ति विष्णु प्रसाद न्यौपाने, नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका निवर्तमान सभापति बासु विनाडी नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका शाखा विकास अधिकृत नरेन्द्र भट्ट , च्याम्पियन र सिडिसीसीसी तथा ईकोल्याब परियोजनाका कार्यक्रम अधिकृत लोटन चौधरीको आतिथ्यता रहेको थियो। कार्यक्रममा समुदायका बढघर, चिराकी,सुरक्षाकर्मी, विपद् व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीयवासीहरूको उल्लेखनीय…
Read More
भजनी बजारमा जेब्रा क्रस निर्माण

भजनी बजारमा जेब्रा क्रस निर्माण

भजनी १४ जेठ /कैलालीको भजनीस्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट भजनी तथा समाजसेवी राम प्रसाद रेग्मीको सहयोगमा महुन्याल मा विद्यालय अगाडि र भजनी बजारको मूल सडकमा  जेब्रा क्रस निर्माण गरिएको छ। सवारी दुर्घटना न्यूनीकरण तथा पैदल यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै उक्त कार्य सम्पन्न गरिएको हो। विशेषगरी विद्यालय जाने विद्यार्थी, ज्येष्ठ नागरिक तथा सर्वसाधारणलाई सडक पार गर्न सहज र सुरक्षित वातावरण सिर्जना गर्ने उद्देश्यले जेब्रा क्रस निर्माण गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट भजनी प्रमुख नरेश चन्दले बताउनुभयो। स्थानीयवासीले यस कार्यको प्रशंसा गर्दै बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन थप प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्। साथै, यसले सडक पार गर्ने सर्वसाधारण तथा विद्यालय जाने…
Read More
भजनीको महुन्याल मावि आर्थिक संकटमा

भजनीको महुन्याल मावि आर्थिक संकटमा

भजनी१३ जेठ/६४ बिघा जग्गाको ६३ लाख ठेक्का रकम नउठ्दा शिक्षकलाई तलब खुवाउनै समस्या महुन्याल माध्यमिक विद्यालय भजनी आर्थिक संकटमा परेको छ। विद्यालयको स्वामित्वमा रहेको ६४ बिघा जग्गाको ठेक्का रकम लामो समयसम्म नउठ्दा विद्यालय सञ्चालनमै समस्या देखिन थालेको हो। विद्यालयले १० वर्षे सम्झौता अन्तर्गत ठेक्कामा दिएको जग्गाबाट गत आर्थिक वर्षको २७ लाख रुपैयाँ र चालु आर्थिक वर्षको ३६ लाख रुपैयाँ गरी कुल ६३ लाख रुपैयाँ पाउन बाँकी रहेको जनाएको छ। तर, पटक–पटक ताकेता गर्दा पनि हालसम्म रकम उठ्न नसकेको विद्यालय प्रशासनको भनाइ छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र प्रसाद जैशीका अनुसार ठेकेदारलाई निरन्तर पत्राचार र मौखिक ताकेता गरिए पनि रकम बुझाउने…
Read More
मल अभावले भारतीय बजार धाउन बाध्य किसान, सशस्त्रले समातेपछि भजनीमा आक्रोश

मल अभावले भारतीय बजार धाउन बाध्य किसान, सशस्त्रले समातेपछि भजनीमा आक्रोश

भजनी७ जेठ/ कैलालीको भजनी नगरपालिका क्षेत्रमा रासायनिक मलको अभाव चुलिँदै गएपछि स्थानीय किसानहरू भारतबाट मल ल्याउन बाध्य भएका छन्। यही क्रममा गुलरिया सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीले विभिन्न किसानहरूले ल्याउँदै गरेको ३९ बोरा मल नियन्त्रणमा लिएपछि किसानहरू आक्रोशित बनेका छन्। भजनी नगरपालिकाका विभिन्न वडाबाट भारतीय बजार पुगेर एक–दुई बोरा मल खरिद गरी ल्याउँदै गरेका किसानहरूको मल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। मल नियन्त्रणमा लिएपछि किसानहरू गुलरिया स्थित सशस्त्र प्रहरी क्याम्पमा पुगेर गुनासो पोखेका थिए। घटनापछि भजनी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष केशव बुढा, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा पत्रकारहरू समेत सशस्त्र प्रहरी क्याम्प पुगेका थिए। उनीहरूले किसानहरूले आफ्नो…
Read More
कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ

कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ

भजनी । कैलालीका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।कैलाली जिल्ला को धनगढी उपमहानगरपालिका–१३ एयरपोर्ट मोडबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने २ ग्राम २३० मिलिग्राम धुलो पदार्थसहित सोही ठाउँका १९ वर्षीय लक्ष्मण राना सोमबार साँझ पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको जनाएको छ । त्यसैगरी भजनी नगरपालिका–३ कुसुमघाटबाट ७९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–७ का २८ वर्षीय शिव कामी र एक १७ वर्षीय किशोर रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरी चौकी जनकपुरबाट…
Read More
नेपालको सम्भावना, जापानको संघर्षमा भजनीका युवा  बुढा

नेपालको सम्भावना, जापानको संघर्षमा भजनीका युवा बुढा

कैलाली जिल्लाको भजनी नगरपालिका वडा नं.–२ का युवा लक्स बुढा अहिले संघर्ष, सपना र आत्मविश्वासका प्रतीकका रूपमा नेपाली युवामाझ परिचित बन्दै गइरहेका छन्। सामान्य परिवार र साधारण परिवेशबाट जीवनयात्रा सुरु गरेका उनले कम उमेरमै ठूलो सोच, स्पष्ट लक्ष्य र फरक पहिचान बनाउने अठोटसहित आफ्नो भविष्यको बाटो रोजेका हुन्। २०८२ साल पुस महिनामा उनी आधुनिकता, अनुशासन, प्रविधि र सभ्यताका लागि परिचित देश जापान प्रस्थान गरेका थिए। केवल २१ वर्षको उमेरमै विदेश यात्रा गर्नु उनका लागि रहर मात्र थिएन, त्यो सपना, जिम्मेवारी र संघर्षले भरिएको यात्रा थियो। धेरै युवाहरू विदेशलाई केवल कमाइको माध्यमका रूपमा हेर्ने गर्छन्, तर लक्सको सोच सुरुदेखि नै फरक…
Read More
पोषण प्रदर्शनी मेला–२०८३” भजनी नगरपालिका–७ मा सम्पन्न

पोषण प्रदर्शनी मेला–२०८३” भजनी नगरपालिका–७ मा सम्पन्न

कैलाली । भजनी नगरपालिकाको आयोजना तथा CARE Nepal, iDE र YAC Nepal सँगको साझेदारीमा पोषण सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले “पोषण प्रदर्शनी मेला–२०८३” भजनी नगरपालिका–७ मा सम्पन्न गरिएको छ । मेलामा स्थानीय स्तरमा उपलब्ध पौष्टिक खाद्यवस्तु, सन्तुलित आहार, बालबालिका तथा गर्भवती महिलाको पोषण व्यवस्थापन लगायत विषयमा जानकारीमूलक प्रदर्शनी राखिएको थियो । कार्यक्रममा स्वास्थ्यकर्मी, महिला समूह, आमा समूह, विद्यार्थी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । प्रदर्शनीमा विभिन्न स्टलमार्फत पोषणयुक्त खाना, फलफूल, तरकारी, अन्नबाली तथा स्वास्थ्यसम्बन्धी जानकारीमूलक सामग्री प्रदर्शन गरिएको थियो । सहभागीहरूले स्वस्थ खानपान, सरसफाइ, बाल पोषण तथा पोषणमैत्री जीवनशैली सम्बन्धी उपयोगी जानकारी प्राप्त गरेका थिए । कार्यक्रममा बोल्दै…
Read More

सम्पादकीय…..

खेलकुदमा लगानी गरौँ, भजनीको भविष्य उज्यालो बनाऔँ कैलाली जिल्लामा हालै सम्पन्न जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भजनी नगरपालिकाका विद्यार्थी खेलाडीहरूले देखाएको प्रदर्शन साँच्चिकै प्रशंसनीय र प्रेरणादायी छ। सीमित स्रोत–साधन, खेल सामग्रीको अभाव, दक्ष प्रशिक्षकको कमी तथा व्यवस्थित खेल मैदान नहुँदा पनि भजनीका खेलाडीहरूले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न सफल हुनु सामान्य उपलब्धि होइन। यो भजनीका युवाहरूको क्षमता, मेहनत र अदम्य आत्मविश्वासको परिणाम हो। तर दुःखको विषय के हो भने, यति ठूलो सम्भावना बोकेको खेलकुद क्षेत्र अझै पनि स्थानीय सरकारको प्राथमिकतामा पर्न सकेको छैन। नगरपालिकाले खेलकुद क्षेत्रका लागि छुट्याउने बजेट अत्यन्त न्यून छ। खेलाडीहरू आफ्नै संघर्ष र व्यक्तिगत प्रयासका…
Read More
राष्ट्रपति रनिङ शिल्डमा धनगढी प्रथम, भजनीले पनि जित्यो ५ पदक

राष्ट्रपति रनिङ शिल्डमा धनगढी प्रथम, भजनीले पनि जित्यो ५ पदक

कैलाली जिल्लास्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८३ सम्पन्न भएको छ । प्रतियोगितामा धनगढी उपमहानगरपालिका प्रथम बन्दै सर्वाधिक ५२ पदक हासिल गर्न सफल भएको छ । धनगढीले ३० स्वर्ण, १४ रजत र ८ कांस्य पदक जितेको हो । यस्तै, घोडाघोडी नगरपालिका दोस्रो तथा गोदावरी नगरपालिका तेस्रो स्थानमा रहेका छन् ।प्रतियोगितामा भजनी नगरपालिकाले पनि उत्साहजनक प्रदर्शन गर्दै कुल ५ पदक हात पारेको छ । भजनीले १ स्वर्ण, १ रजत र ३ कांस्य पदक जित्दै जिल्लास्तरीय खेलकुदमा आफ्नो उपस्थिति बलियो बनाएको हो । यस वर्षको प्रतियोगितामा भजनीका खेलाडीहरूले विगतको तुलनामा सुधारिएको प्रदर्शन गर्दै विभिन्न विधामा प्रतिस्पर्धात्मक खेल देखाएका थिए । विशेषगरी…
Read More
राष्ट्रपति रनिङ शिल्डमा भजनीको उत्कृष्ट प्रदर्शन, ४ पदक हात पार्न सफल

राष्ट्रपति रनिङ शिल्डमा भजनीको उत्कृष्ट प्रदर्शन, ४ पदक हात पार्न सफल

अमृत केसी/कैलालीमा जारी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भजनी नगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै थप पदक हासिल गरेको छ। प्रतियोगिताको सुरुवाती चरणदेखि नै भजनी नगरपालिकाले विभिन्न खेल विधामा आफ्ना प्रतिद्वन्द्वीलाई कडा टक्कर दिँदै आएको छ।जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन हुन १ दिन मात्र बाँकी रहँदा भजनी नगरपालिकाले हालसम्म ४ पदक आफ्नो नाममा पार्न सफल भएको छ। छात्रा हाइजम्पतर्फ प्रतिका कठरियाले स्वर्ण पदक जित्दै भजनीलाई गौरवान्वित बनाएकी छन्।त्यसैगरी, ज्याभ्लिङ थ्रोतर्फ अभिषेक विकले रजत पदक प्राप्त गरेका छन् भने सटपुटतर्फ पारस टमट्टा र कराँतेतर्फ अनुप चौधरीले कास्य पदक हासिल गरेका छन्। भजनी नगरपालिकाका शिक्षा शाखा अधिकृत पंख बहादुर शाहले खेलाडीहरूको…
Read More
राष्ट्रपति रनिङशिल्डमा भजनीको ऐतिहासिक सुरुवात, प्रतिका कठरियाद्वारा स्वर्ण पदक जित

राष्ट्रपति रनिङशिल्डमा भजनीको ऐतिहासिक सुरुवात, प्रतिका कठरियाद्वारा स्वर्ण पदक जित

अमृत केसी/कैलाली जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन चरणमै भजनी नगरपालिकाले ऐतिहासिक सफलता हासिल गरेको छ । विगतका वर्षहरूमा अपेक्षाकृत कमजोर प्रदर्शन गर्दै आएको भजनीले यस वर्ष भने सुरुवातदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दै सबैको ध्यान आकर्षित गरेको छ। प्रतियोगिताको पहिलो दिन सम्पन्न हाईजम्प प्रतियोगितामा भजनी नगरपालिकाकी छात्रा प्रतिका कठरियाले शानदार प्रदर्शन गर्दै स्वर्ण पदक जितेकी हुन्। उनको उत्कृष्ट प्रदर्शनसँगै भजनी नगरपालिकाले प्रतियोगितामा पहिलो ठूलो सफलता हात पार्दै स्वर्ण पदक आफ्नो नाममा लेखाउन सफल भएकी हुन् । प्रतिका कठरियाको स्वर्ण पदकसँगै भजनी नगरपालिकाको टोलीमा उत्साह छाएको छ । खेल मैदानमा उनले देखाएको आत्मविश्वास, मेहनत र उत्कृष्ट प्रदर्शनले भजनी नगरपालिकाको खेल इतिहासमा…
Read More
भजनीमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

भजनीमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

भजनी ३० वैशाख/कैलालीको भजनी नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको समापन समारोह भजनी नगरपालिका नगर प्रमुख केवल चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको हो। समापन कार्यक्रममा नगर प्रमुख केवल चौधरीले खेलकुदले विद्यार्थीहरूको प्रतिभा पहिचान, अनुशासन र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै खेल क्षेत्रको विकासका लागि नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो थियो। त्यसैगरी शिक्षा शाखा अधिकृत पंख बहादुर शाहले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहबाटै खेल प्रतिभाको खोजी तथा विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताए। उनले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकास हुने उल्लेख गर्दै आगामी दिनमा अझ व्यवस्थित रूपमा…
Read More