साझा अक्षर

समाचार

कार्यसम्पादन मूल्यांकनमा धनगढी पहिलोः चुरे अन्तिम, भजनी कति स्थानमा ?

कार्यसम्पादन मूल्यांकनमा धनगढी पहिलोः चुरे अन्तिम, भजनी कति स्थानमा ?

भजनी ,फागुन १ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा कैलालीको धनगढी नगरपालिका प्रथम हुन सफल भएको छ भने चुरे गाउँपालिका जिल्लामा १३औं स्थानमा परेको छ । आर्थिक वर्ष २०८०/८१ को मुल्याकंनमा आयोगले माघ ३० गते प्रकाशित गरेको विवरण अनुसार ६३.३ अंकसहित धनगढी उपमहानगरपालिका प्रथम हुन सफल भएको छ । प्रकाशित विवरण अनुसार चुरे गाउँपालिकाले ३९.२ अंक प्राप्त गर्दै जिल्लाका अन्य स्थानीय तह भन्दा कमजोर प्रदर्शन गरेको हो । जिल्लामै जानकी गाउँपालिका ६३.१ अंकसहित दोस्रो, बर्दगोरिया गाउँपालिका ६२.७ अंकसहित तेस्रो र घोडाघोडी नगरपालिका ६१.७ अंकसहित चौथो स्थानमा रहेका छन् । पाँचौं स्थानमा ५८.७ अंकसहित गोदावरी नगरपालिका छ…
Read More
जनयुद्ध दिवसको अवसरमा २५जनाले गरे रक्तदान

जनयुद्ध दिवसको अवसरमा २५जनाले गरे रक्तदान

भजनी । नेकपा माओवादी केन्द्र भजनी नगर समितिले जनयुद्ध दिवसको अवसरमा रक्तदान गरिएको थियो।३०औं जनयुद्ध दिवसको अवसरमा आज भजनीको शाहित प्रतिष्ठान कार्यालयमा रक्तदान गरी जनयुद्ध दिवस मनाएको हो ।सो अवसरमा २५ जनाले रक्तदान गरेको नेकपा माओवादी केन्द्रका भजनी नगर समितिका सचिव गोपीलाल चौधरीले भजनी टुडेलाई जानकारी दिए । पूर्व कृषि तथा सहकारी मन्त्री तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य बिनिता चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टी का सदस्य तथा समाजसेवी बुद्धिजिवी एबम विकास प्रेमी सदस्य संरक्षणकर्मी लगायतको उपस्थिति रहेको थियो ।नगर समिति कार्यबाहक अध्यक्ष नृप बहादुर साउदको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन राजु पुनमगरले गरेका थिए ।
Read More
जोशीपुर गाउँपालिकाको १३ औं गाउँसभा अधिवेशन सुरु

जोशीपुर गाउँपालिकाको १३ औं गाउँसभा अधिवेशन सुरु

भजनी २९ माघ /जोशीपुर गाउँपालिकाको १३ औं गाउँसभा अधिवेशन मंगलबारबाट सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीको अध्यक्षतामा सुरु भएको गाउँपालिकाको १३ औं गाउँसभामा कार्यपालिकाको बैठकको सम्पूर्ण निर्णय अनुमोदन गरिएको छ भने जोशीपुर स्थित रघुनाथ आदर्श बहुमुखी क्याम्पसलाई संचालन तथा व्यवस्थापनका लागि ५ लाख ५० हजार विनियोजितको निर्णय सभाले पारित गरेको छ । १३ औं गाउँसभाले विभिन्न क्षेत्रमा कार्यरत कर्मचारी, शिक्षक, स्वास्थ्य स्वयंसेविका र कृषकहरुलाई सम्मान गरेकोछ । सम्मान अन्तरगत कर्मचारी तर्फ लेखापाल निर्पराज भट्टराई, वडा सचिव रुपा विष्ट, कार्यालय सहयोगी रामकृष्ण कठरियालाई सम्मान पत्र र जनही नगर ५ हजारले सम्मान गरिएको छ भने शिक्षा क्षेत्रतर्फ जनप्रकाश माद्यामिक बिधालय…
Read More
राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न

के.आर.पाण्डेय /भजनी नगरपालिका अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । “स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ सम्पन्न भएको खेलकुद प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न ५४ विद्यालयले सहभागिता जनाएका थिए । एक कार्यक्रमका बिच राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको आयोजकले जानकारी दिएको हो। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा २२ माघ मंगलबार भजनी नगरपालिका-१ महुन्याल माविको प्राङ्गणमा सुरु भएको थियो।माघ २२ देखि२८ गते सम्म संचालन हुने प्रतियोगितामा भजनी नगरपालिका क्षेत्रमा रहेका ५४ वटा विद्यालयका भाइबहिनी खेलाडीहरूले विभिन्न खेलमा प्रतिस्पर्धा गरिरहेको  कार्यक्रम संयोजक शिक्षा शाखा अधिकृत पंख बहादुर शाहले जानकारी दिए।खेलाडीहरुलाई पुरस्कार वितरण…
Read More
द्वन्द्वकालमा क्षतिग्रस्त डोटी-अछाम जोड्ने लोडेघाट सेती पुल २३ वर्षदेखि मर्मतविहीन

द्वन्द्वकालमा क्षतिग्रस्त डोटी-अछाम जोड्ने लोडेघाट सेती पुल २३ वर्षदेखि मर्मतविहीन

दिपक बहादुर विक डोटी– जनयुद्धका क्रममा क्षतिग्रस्त भएको डोटी र अछाम जोड्ने झोलुंगे पुल २३ वर्ष बित्दा पनि मर्मत हुन सकेको छैन। स्थानीयबासीले पटक–पटक सरकार र सरोकारवाला निकायलाई ध्यानाकर्षण गराए पनि अहिलेसम्म कुनै ठोस पहल भएको छैन। पञ्चायतको समयमा अमरबहादुर बुढाको नेतृत्वमा उक्त पुलको स्थापना गरिएको थियो। डोटीको बोगटान फुडसिल गाउँपालिका–३, पल्चौर लोडेघाट र अछामको बस्ती चाइरा जोड्ने यो पुल २०५८ सालमा द्वन्द्वका बेला क्षति पुगेको थियो। उक्त समयमा गोली चल्दा पुलका तरहरू ,खम्बाहरू, छियाँ छियाँ भएका छन्। यसका साथै पुलमा जिर्ण अवस्था रहेको छ। तत्कालीन शाही सेनाले "आतंककारी" भन्दै पल्चौरका ६ जना र अछामका १ जना सर्वसाधारणलाई गोली हानी…
Read More
डोटीको के आई सिंहमा एक घरमा आगलागी हुँदा दुई लाख भन्दा बढीको क्षति

डोटीको के आई सिंहमा एक घरमा आगलागी हुँदा दुई लाख भन्दा बढीको क्षति

डोटी । डोटीको के आई सिंहमा एक घरमा आगलागी हुँदा झण्डै २ लाख भन्दा बढीको क्षति भएको छ । आइतबार बिहान ९:३० बजेको समयमा केआईसिंह गाउँपालिका-३ झिगा बस्तीका ४० वर्षीय बाजी भुलको दुईतला रहेको ४ कोठे ढुङ्गा, माटोले बनेको स्लेटले छाएको घरमा आगलागी भएको हो । खाना पकाउने क्रममा आगलागी हुदाँ घरभित्र रहेका १० बोरा धान, लत्ताकपडा, काठ, भाँडाकुँडा, फर्निचर पूर्ण रुपमा जलेर नष्ट हुँदा अनुमानित २ लाख ५० हजार रुपैयाँको क्षति भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट मानवीय तथा चौपायाको क्षति भएको छैन् । स्थानीय र प्रहरीले ११:३३ बजेको समयमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको…
Read More
सामुदायिक वनद्वारा तिन महिने कम्प्युटर तालिमको सुरु

सामुदायिक वनद्वारा तिन महिने कम्प्युटर तालिमको सुरु

कैलालीको भजनीमा रहेको वनदेवी सामुदायिक वनले आफ्ना उपभोक्ताहरुलाई ३ महिने सिपमुलक बेसिक कम्प्युटर तालिमको सञ्चालन गरिएको छ।भजनी नगरपालिका वडा नं २,६र ८ सामुदायिक वन उपभोक्ता समुहका २९वटा टोलबाट २५जनालाई छनौट गरी सीपमूलक बेसिक कम्प्युटर तालिम जोशीपुर गाउँपालिका वडा नं १ जोशीपुर बजारमा रहेको ब्राइट फ्युचर कम्प्युटर ईन्स्टिच्युबाट सुरु गरेको सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष बाबु राम चौधरीले जानकारी दिए।बनदेबी सा.वन उपभोक्ता समुह भजनी २,६र८ कैलालीको आयोजनामा आर्थिक वर्ष२०८१/०८२ को बजेटबाट गरिब ,अतिबिपन्न तथा जेहन्दार विद्यार्थीहरुलाई सिपमुलक ३महिने कम्प्युटर तालीमको उट्घाटन गरेको छ।
Read More
वडा कार्यालयद्वारा फर्निचर सामग्री हस्तान्तण

वडा कार्यालयद्वारा फर्निचर सामग्री हस्तान्तण

यज्ञ राज जैशी/कैलालीको भजनीमा एक कार्यक्रमका बीचमा शनिबार वडा अध्यक्ष केशव बहादुर बुढा र नगर प्रमुख केवल चौधरीले पुस्तकालयका अध्यक्ष सहितको समुहलाई संयुक्तरुपमा फर्निचर सामग्री हस्तान्तरण गरेका छन् ।भजनी न.पा ५ नं.वडा कार्यालयद्वारा भजनी जनता सामुदायिक पुस्तकालयलाई फर्निचर सामाग्री हस्तान्तरण गरिएको हो । भजनी नगरपालिका वडा नं.५ को कार्यालय लालबोझीले आ.व २०८१/०८२ अन्तर्गत वडा स्तरीय विनियोजित बजेटबाट पचास हजार बराबरको फर्निचर सामाग्रीहरु ४ थान टेवल र १५ थान काठे कुर्सी हस्तान्तरण गरिएको वडा अध्यक्ष केशव बहादुर बुढाले बताए।भजनी नगरपालिका वडा नं.५ का वडा अध्यक्ष केशव बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा र नगर प्रमुख केवल चौधरीको प्रमुख आतिथ्यतामा फर्निचर हस्तान्तरण गरिएको…
Read More
चन्दले दृष्टिविहीन विद्यार्थीहरुलाई न्यानो कपडा वितरण र राष्ट्रिय गानको मर्यादा सम्बन्धी

चन्दले दृष्टिविहीन विद्यार्थीहरुलाई न्यानो कपडा वितरण र राष्ट्रिय गानको मर्यादा सम्बन्धी

कैलालीको टीकापुरमा रहेको प्रहरी चौकी सत्तीका प्रहरी वरिष्ठ नायव निरीक्षक टेक बहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले टिकापुर नगरपालिका वडा न. ६ मा अवस्थित कालिका इइलिश बोर्डिङ स्कुल ,कर्णाली मा.वि.सत्ती र राष्ट्रिय मा.वि.बेलुवा लगाएतका बिद्यालयमा शिक्षक तथा विद्यार्थीहरुलाई "राष्ट्रिय मर्यादा सम्बन्धि ऐन २०७९" तथा राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धि कार्यबिधि २०६९" अनुसार राष्ट्रिय झण्डाको प्रयोग तथा राष्ट्रिय गान गाउँदा अपनाउनु पर्ने प्रकृया बारेमा जानकारी दिनु भएको थियो। कर्णाली मावि सत्तिका ९ जना दृष्टिविहीन विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नु भएको थियो।उहाँआर्थिक अवस्था कमजोर हुनुका साथै उनीहरुको मनोबल उच्च होस भन्ने मनसायले जाडाेको मौसममा ९ हजार बराबरको न्यानो कपडा बितरण…
Read More
ट्याक्टरबाट खसेर महिलाको मृत्यु

ट्याक्टरबाट खसेर महिलाको मृत्यु

कैलालीको जोशीपुर गाउँपालिकामा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका वडा नं. ५ मैनपोखरी नहरमा ५० वर्षीय तेजबहादुर मौनीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००२ त ५२३२ नम्बरको ट्याक्टरबाट खसेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको हो । ट्याक्टरबाट खसेर जोशीपुुरकै सिम्राना बस्ने ५८ वर्षीया रामपति थरुनीको मृत्यु भएको हो । बिहीवार साँझ ७ बजेतिर उनी ट्याक्टरबाट खसेर टायरमा च्याप्पिएकी थिइन् । उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Read More
४९ बिरुवा रोपेर जन्मदिन मनाउँदै जोशी 

४९ बिरुवा रोपेर जन्मदिन मनाउँदै जोशी 

कैलालीको महुन्याल बहुमुखी क्याम्पसका अध्यक्ष तथा पतञ्जली योग समिति भजनीको अध्यक्ष पाण्डव जनरल स्टोर भजनीका सञ्चालक टंकप्रसाद जोशी पाण्डवले आफ्नो ४९ औँ जन्मदिनको अवसरमा वर्षभरिमा ४९ विरुवा रोप्ने बताएका छन् । उनले एक वर्षमा ४९ वटा ट्रिगार्ड सहितको बिरुवा रोपेर जन्मदिन मनाउने योजना बनाएको बताएका हुन । उनले कार्यक्रम महुन्याल बहुमुखी क्याम्पस भजनीबाट सुरुवात गर्ने र भजनी नगरपालिकाका विभिन्न सार्वजनिक स्थानमा बिस्तार गर्ने बताएका छन् । अभियानमा इच्छुकहरूले सौजन्यता पनि प्रदान गर्न सक्नेछन् । जोशीले स्वर्गीय पिताको स्मृतिमा १२ वर्षदेखि भजनी बजारमा प्रत्येक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएका छन् । उनले ५९ पटक रक्तदान गरिसकेका छन् । आफ्नो ४५…
Read More
कैलालीमा मोटरसाईकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

कैलालीमा मोटरसाईकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

कैलालीमा मोटरसाईकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका-२ सम्झना चोकको पुर्व पश्चिम राजमार्गमा बुधवार राति १० बजे पश्चिमबाट पुर्व तर्फ गईरहेको चालक भजनी नगरपालिका-९ बस्ने ३५ वर्षीय नबिन चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००९ प ९०७६ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ गईरहेको साइकलयात्री लम्की चुहा नगरपालिका-१० चुहा बस्ने १५ वर्षीय लोकेश भण्डारीलाई पछाडीबाट ठक्कर दिँदा साइकलको पछाडी सवार लम्की चुहा नगरपालिका-१० चुहा बस्ने १६ वर्षीय दिनेश तिमिल्सेनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मोटरसाइकलको ठक्करबाट घाईते भएका तिमिल्सेनालाई उपचारको लागि नर्सिङहोम नेपालगंज लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा राति १२ बजे मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक नबिनको…
Read More
भजनी नगरपालिकाको १७ औं नगर सभा सुरु

भजनी नगरपालिकाको १७ औं नगर सभा सुरु

भजनी नगरपालिकाको १७ औं नगर सभा (हिउँदे अधिवेशन) सुरु भएको छ । नगरपालिका नगर प्रमुख केवल चौधरीको अध्यक्षतामा सुरु भएको नगर सभामा नगर सभामा नगर शिक्षा ऐन विधेयक २०८१ सम्बन्धी विषयमा छलफल हुने बताइएको छ । सभाले अन्य महत्त्वपूर्ण विषयमा छलफल गर्ने सभा अध्यक्ष चौधरीको भनाई छ । भजनी नगरपालिकाले निकै राम्रो काम गरिरहेको भएतापनि कामको मूल्यांकन तथा चर्चा परचर्चा नभएकोले त्यसमा जनप्रतिनिधि र कर्मचारी बीच समन्वयमा कमी देखिएको सभामा प्रमुख अतिथिको भुमिकामा रहेका कैलाली क्षेत्र नं. ३ का संघीय सांसद गंगाराम चौधरीको भनाई छ । सभालाई सम्बोधनका क्रममा उनले पूरैना ताल पीडित तथा बाढीपीडितहरुको समस्याको विषयमा आफू, नगर प्रमुख…
Read More
राष्ट्रपति रनिङ शिल्ड सुरु

राष्ट्रपति रनिङ शिल्ड सुरु

कैलालीको भजनीमा भजनी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर बिधालय खेलकुद प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा मंगलबारदेखि सुरु भएको उक्त कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कैलाली क्षेत्र नं. ३ का संघीय सांसद गंगाराम चौधरीले तिनै तहको सरकारको समन्वयबाट शैक्षिक सुधारका गतिविधि सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् । उनले भजनी क्षेत्रको विगतको परिक्षाको नतिजालाई आत्मसात गर्दै आगामी दिनहरुमा त्यसलाई सुधार गर्नु पहिलो काम हुनुपर्ने बताए । “शिक्षा क्षेत्रको विकास भए, अन्य क्षेत्रको विकास आफै भएर जान्छ । त्यसका लागि तिनै तहको सरकारको समन्वय र सहकार्य आवश्यक छ ।” उनले भने, “त्यसमा पनि शिक्षक बढी…
Read More
बाेगटान फुड्सिल गाउँपालिका–१ सिमचौरमा HPV खोप कार्यक्रम सुरू

बाेगटान फुड्सिल गाउँपालिका–१ सिमचौरमा HPV खोप कार्यक्रम सुरू

दिपक बहादुर विश्वकर्मा डोटी / बाेगटान फुड्सिल गाउँपालिका–१ सिमचौरस्थित श्री कर्कटेश्वर मा.वि. बाट मानव प्यापिलोमा भाइरस (HPV) खोप कार्यक्रमको औपचारिक उद्घाटन गरिएको छ। कार्यक्रमको उद्घाटन उक्त वडाका अध्यक्ष खेम घर्तीमगरले गरेका हुन । उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूले किशोरीहरूलाई पाठेघरको क्यान्सरबाट जोगाउन HPV खोप महत्वपूर्ण हुने बताए। विद्यालयमा आयोजित कार्यक्रममा स्वास्थ्यकर्मीहरूले खोपको महत्व, यसको प्रभावकारिता तथा खोप लगाउनुपर्ने उमेर समूहबारे जानकारी गराएका थिए। यस अवसरमा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। खोप अभियानअन्तर्गत १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरी खोप प्रदान गरिने बताइएको छ। स्थानीय स्वास्थ्य चौकीका अनुसार यो कार्यक्रमलाई प्रभावकारी रूपमा…
Read More