दीपक संगम विश्वकर्मा पुस २५ टीकापुर /नविल बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कैलाली जिल्लाको टीकापुरस्थित कर्णाली माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई जाडोका लागि न्यानो लुगा वितरण गरेको छ। बैंकले जाडोयाममा आर्थिक समस्याका कारण कष्ट झेलिरहेका विद्यार्थीहरूको जीवनलाई सहज बनाउन सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष मोहन विक नविल बैंकका शाखा प्रबन्धक जनकराज ओझा, र विद्यालयका प्रधानाध्यापकको उपस्थिति थियो। विद्यालय प्रशासनले बैंकको यस सहयोगले विद्यार्थीहरूको शैक्षिक यात्रा थप सहज हुने विश्वास व्यक्त गरेको छ। नविल बैंकले विगतदेखि नै शिक्षा, स्वास्थ्य, र वातावरण संरक्षणका क्षेत्रमा सक्रियता जनाउँदै आइरहेको छ। बैंकका शाखा प्रबन्धक ओझाले आगामी दिनहरूमा पनि…
कैलालीको भजनीमा केही दिनदेखिको बाक्लो हुस्सुसँगैको शीतलहरका कारण बढेको कठ्याङ्ग्रिने जाडोले जनजीवन प्रभावित भएसँगै भजनीमा रहेको राधाकृष्ण सामुदायिक वनले दाउरा वितरण गरिएको हो। राधाकृष्ण सामुदायिक वन उपभोक्ता समूहले बुटका तथा पटक गरी रजावराका चोकमा दाउरा वितरण गरेको हो । वडा नं २का अध्यक्ष दुर्गा पुनको र समूहका अध्यक्ष खुम बहादुर खड्काको संयुक्त सहकार्यमा जाडो बढेसँगै रजाबरा लगाएत अन्य विभिन्न चोक चोकमा सर्वसाधारणलाई आगो ताप्न दाउरा वितरण गरिएको सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष खड्काले बताउनुभयो ।
पथरैया काँडा नदीको दोभान जहाँ बषौँदेखि झोलुङ्गे पुलको माग छ ।तस्बिर : एकिन्द्र तिमिल्सेना टीकापुर, पुस २३ गते । पथरैया र काँडा नदीको दोभानमा झोलुङ्गे पुल माग गरेको बर्सौं बित्दा पनि पुल बन्न सकेको छैन । पथरैया नदीको पूर्वपट्टि टीकापुर नगरपालिका–७, ढुङ्गानाटोल पर्छ भने पथरैयाको पश्चिमपट्टि भजनी नगरपालिका–३, कुसुमघाट र पथरैया काँडाको दोभान उत्तरतिर भजनी नगरपालिका–८ को काँडाढीक गाउँ पर्छ । टीकापुर नगरपालिका–७, ढुङ्गानाटोलमा पहिलो खम्बा, भजनी नगरपालिका–८, काँडाढीकमा बिचको खम्बा र भजनी–३, कुसुमघाटमा अर्को खम्बा गाडेर पुल बनाउन सके दुई वटा नगरपालिकाका तीन वटा वडा जोडिने र पथरैया, काँडा नदी एकै पटक तर्न सकिने छ । पुल बनेमा भजनी नगरपालिका–३, दैलेखीटोल, बर्दवाफाँटा,…
कैलालीको टीकापुर प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जना युवालाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय टीकापुरबाट खटेको प्रहरी टोलीले टीकापुर ९ बालुवाटारस्थित सडक खण्डबाट जानकी गाउँपालिका ९ पूर्व खैरीफाँटा बस्ने वर्ष २० को निरज जैसीलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो । जैसीले चलाएको से ६ प ९०६३ नम्बरको मोटर साइकललाई शंका लागि निजको शरीर तथा मोटरसाईकल चेकजाँच गर्दा निजले चलाएको मोटरसाईकलको पछाडिको दुबै साइडको इन्डिकेटरभित्र लुकाइछिपाइ राखेको ७ ग्राम २६० मिलिग्राम ब्राउन सुगर फेला परेको हो । जैसीलाई इप्रका टीकापुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्र्रहरीले जनाएको छ
भजनी २० पौष/कैलालीको भजनी नगरपालिका वडा नं ३र८मा रहेको जन्तोदय ग्रामीण विद्युत सहकारी संस्था लि. TB 9को १६औं वार्षिक साधारण सभा तथा सार्वजनिक सुनवाई सम्पन्न भएको छ। जन्तोदय ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष हरि राम आचार्यको अध्यक्षता भएको थियो भने प्रमुख अतिथि भजनी नगरपालिका वडा नं ३का वडा अध्यक्ष विक्रम चौधरी रहनु भएको थियो। विशिष्ट अतिथि वडा नं ८का अध्यक्ष पंकज चौधरी रहनु भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य संस्थाका शेयर सदस्य तथा उपभोक्ता सदस्य नुरुल जागाले गर्नु भएको थियो। आय व्याय प्रतिबेदन संस्थाका व्यवस्थापक चन्द लाल चौधरीले प्रस्तुत गर्नु भएको थियो।आर्थिक वर्ष २०८०/२०८१मा २८ लाख ८० हजार १सय ३ रुपैयाँ…
पुस २० , डोटी दिपक बहादुर विक/डोटीको एक घरमा आगलागी भएको छ। जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–२ घाटहाल्नाका भीमबहादुर बोहराको खरले छाएको घरमा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईका अनुसार आगलागीबाट घरभित्रका भाँडावर्तन, लत्ताकपडा, खाद्यान्न, काठ फर्निचर जलेर घर पूर्णरुपमा क्षति भएको छ। आगलागीबाट ४ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। खाना पकाउने क्रममा चुलोबाट आगो सल्किएर आगलागी भएको उनले बताए। शनिबार आगलागी भएको घरमा पुगेर तत्काल पाल,खाध्यन्न सामग्री वितरण गरेको उक्त वडाका वडा अध्यक्ष भरत बमले बताए । तत्कालका लागि दैनिक उपभोग्य सामाग्रीहरू उपलब्ध गराएको उनले बताएका छन्। यसका साथै त्रिपाल, चामल,तेल लगाएका…
दीपक संगम विश्वकर्मा टिकापुर,कैलालीको टीकापुरमा टीकापुर नगरपालिकाको आर्थिक सहयोगमा शुभारम्भ अनलाइन टेलिभिजनको आयोजनामा बिहिबार टीकापुरमा भएको वातावरण संरक्षणमा नागरिकको भूमिका विषयक नगरस्तरीय वक्तित्वकला प्रतियोगिता कार्यक्रम प्रथम स्थानमा कर्णाली माध्यमिक विद्यालयमा अध्ययनरत छात्र कृस्टिना पोखरेलले प्रथम स्थान हासिल गर्नुभएको छ। त्यस्तै सरस्वती माध्यमिक विद्यालय वनगाउँमा अध्ययनरत छात्रा नेहा वि कले दोस्रो स्थान हासिल गर्नुभएको छ भने तृतीय स्थानमा खड्ग स्मृति माध्यमिक विद्यालयमा अध्ययनरत दिपिका भाटले स्थान सुरक्षित गर्नुभएको छ । त्यस्तै टिकापुर नगरपालिकाभित्रका विभिन्न आठवटा विद्यालयले भाग लिएको उक्त वक्तित्व कला प्रतियोगितामा वीरेन्द्र विद्या मन्दिर माविमा अध्ययनरत छात्रा हिमाल घर्तीले सान्त्वना पुरस्कार पाउनुभएको छ। कर्णाली मावि टीकापुरमा सञ्चालन भएको उक्त प्रतियोगिताकाे…
दीपक संगम विश्वकर्मा/डोटीको बोगटान फुड्सिल गाउँपालिका, डोटीले महिलाहरूको सशक्तीकरण र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले दुना-टपरी मेसिन खरिद तथा तालिम कार्यक्रमको शुभारम्भ गरेको छ। यो कार्यक्रम गाउँपालिकाको आयोजनामा र महिला सञ्जालको सहकार्यमा सञ्चालन भइरहेको हो। कार्यक्रम मंसिर १८ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने जानकारी दिइएको छ। उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिस्ना बामले प्रमुख अतिथिका रूपमा सहभागिता जनाउनुभएको थियो। विशेष अतिथिहरूमा वडा नं. १ का अध्यक्ष खेम घर्तीमगर, वडा नं. २ का अध्यक्ष भरत बम र स्वास्थ्य शाखा प्रमुख पारस बोहरा रहेका थिए। तालिमका लागि प्रशिक्षकको रूपमा भावना मगरले निर्देशन दिइरहनु भएको छ। यस तालिममा सहभागी महिलाहरूसँग दुना-टपरी बनाउनका लागि आधुनिक…
दीपक संगम विश्वकर्मा/डोटी,बोगटान फुड्सिल गाउँपालिका–१, सिमचौरस्थित श्री सिमचौर माध्यमिक विद्यालयमा न्यानाे कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ। चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीको नेतृत्वमा आयोजित यो कार्यक्रमले विद्यालयका विद्यार्थीहरूलाई चिसो मौसममा राहत प्रदान गर्ने उद्देश्य राखेको थियो। कार्यक्रममा चैतन्य पाठशालाका सम्पूर्ण टिमको सक्रिय सहभागिता रहेको थियो। अध्यक्ष जोशीले विद्यार्थीहरूको शैक्षिक विकाससँगै स्वास्थ्य र जीवनस्तर सुधारका लागि यस्ता सहयोगात्मक कार्य आवश्यक रहेको बताए। विद्यालयका प्रधानाध्यापकले चैतन्य पाठशालाको यस पहलप्रति आभार प्रकट गर्दै विद्यार्थीहरूलाई प्रदान गरिएको सहयोगले उनीहरूको पठनपाठनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। यस प्रकारका सामाजिक सहयोगले विद्यालयका विद्यार्थीहरूको मनोबल उच्च राख्नुका साथै स्थानीय समुदायलाई पनि सकारात्मक सन्देश प्रवाह गरेको छ।…
काटनपुर १४ पौष/कैलालीको भजनी नगरपालिका वडा नं २,६, र ,८ कटानपुरमा रहेको वन देवी सामुदायिक वन उपभोक्ता समूहको १६ औ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।साधारण सभामा प्रमुख अतिथी कैलाली क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य माननिय श्री गंगा राम चौधरीले वन जोगाउन सामुदायिक वनले खेलेको भूमिकाको प्रशंसा गर्दै सबैको सक्रियताले मात्रै त्यो सम्भव भएको बताउनुभयो । सामुदायिक वनहरुको प्रयासमा हराभरा भएको उल्लेख गर्दै आगामी दिनमा पनि हरियो वन नेपालको धन भन्ने नारालाई सार्थक तुल्याउन सबैले भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएको बताउनुभयो । केन्द्रीय सरकारले बन संरक्षण गर्न नसके पछि समुदायलाई हस्तान्तरण गरे पश्चात…
खक्रौला / कैलालीको टिकापुर ९ खक्रौलामा डायमण्ड सफारि प्रा.लि.को कार्यालयको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि रामलाल डगौरा थारुले कम्पनी स्थापनाले नेपालको धार्मिक तथा साँस्कृतिक पर्यटनमा विकास भई नेपाल र भारतको आर्थिक र सामाजिक सम्बन्ध मजबुत हुने बताएका थिए ।यात्रुले सेवासुविधा भोग गर्न चाहने भएकाले यात्रु लाई सोही अनुसारको सेवा दिन कम्पनी लागि पर्नुपर्ने उनको भनाई थियो । कार्यक्रमका विशिष्ट अतिथि तथा जानकि गाउँ पालिकाका अध्यक्ष गणेश चौधरीले सिमानाकामा नेपालीहरु आवतजावत गर्दा बाटोमा विभिन्न सास्ती खेप्ने गरेको र सो सास्ती कम गर्न प्रा.लि. का संचालक अघि सरेर कम्पनी स्थापना गरेको देख्दा आफुलाई…
कैलालीको भजनीमा वर्ल्ड भिजन ईन्टरनेश्नल नेपाल तथा यार्ड धनगढिको आर्थिक तथा प्रबिधिक सहयोग र गणेशमान आधारभुत विधालय भजनी वडा न ७ चर्रामा पढाइ मेला सम्पन्न भएको छ। पढाई मेलाका गणेशमान आधारभुत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरेश कठरियाको अध्यक्षतामा रहेको उक्त कार्यक्रमका प्रमुख अतिथि भजनी नगरपालिका का नगरप्रमुख केवल चौधरीको प्रमुख अतिथि भएको थियो । सो मेला कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उप- प्रमुख राजु तिरुवा र प्रमुख प्रशासकिय अधिकृत निलम कुमार न्यौपाने, अतिथिमा शिक्षा शाखा प्रमुख सुर्य बहादुर सिंह , वडा न ७ का अध्यक्ष अमर कठरिया, यार्डका फिल्ड अफिसर पिताम्बर पौडेल, कल्पना चौधरी, विभिन्न विद्यालयका प्रधानाध्यापक , वडा सदस्यहरु,…
कैलाली, पुस १२/जानकी गाउँपालिका, स्वास्थ्य शाखा, दुर्गौलीको आयोजनामा "सुत्केरीलाई उपाध्यक्ष पोषण कार्यक्रम" सम्पन्न भएको छ। पुस १२ गते जानकीनगर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा सुत्केरी महिलाहरूलाई पोषण सामग्री वितरण गरिएको हो। कार्यक्रममा जानकी गाउँपालिकाका उपाध्यक्ष लालमती देवी कठरियाको संयोजकत्वमा पोषण सामग्री वितरण गरिएको थियो। उक्त कार्यक्रममा वडानम्बर २ का कार्यवाहक वडा अध्यक्ष योगेन्द्र बम, वडाका सम्पूर्ण सदस्यहरू, व्यवस्थापन समितिका सदस्यहरू, र स्वास्थ्य शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सी.अ.न.मि. शोभा चौधरी, जानकीनगर स्वास्थ्य शाखाका ईन्चार्ज, र अन्य स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको छ। यो कार्यक्रमले सुत्केरी महिलाहरूलाई पोषणमा सहयोग पु¥याउने विश्वास व्यक्त गरिएको छ। जानकी गाउँपालिकाले स्वास्थ्य र पोषण क्षेत्रलाई प्राथमिकतामा राख्दै…
दुर्गाैली, पौष ११ – जानकी गाउँपालिकालाई "थारु लोक कलाको हव" बनाउने योजना अन्तर्गत आज एक महत्वपूर्ण छलफल सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा आयोजित छलफल कार्यक्रममा प्र.प्र.अ. सहित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव देवेन्द्रप्रसाद काफ्ले 'थुम्केली', प्राज्ञपरिषद्का सदस्यहरू पाल्साङ्मो लामा, प्रदिप अधिकारी, र सौरगंगा दर्शनधारीले पनि सहभागिता जनाए। कार्यक्रममा थारु समुदायको मौलिक संस्कृति, लोक कला र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्दै जानकी गाउँपालिकालाई सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने विषयमा गहन छलफल गरियो। सहभागीहरूले थारु कलाको पहिचानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा पुर्याउन योजनाबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिए। गाउँपालिका अध्यक्ष चौधरीले थारु कलाको संरक्षण र प्रवर्द्धनमार्फत स्थानीय स्तरमा पर्यटन…
भजनी: प्रहरीले कैलाली जिल्लाको टिकापुरबाट सुन र चाँदीका गरगहनासहित दुई व्यक्तिलाई पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, प्रहरी टोलीले मंगलबार दिउँसो १२:३० बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा बाजुराको बुढिगंगा नगरपालिका–१० का २५ वर्षीय सुजन शाही र कैलालीको लम्की–चुहा नगरपालिका–४ की ३४ वर्षीया रम्भा जैशी रहेका छन्। उनीहरू टिकापुर नगरपालिका–१ गणेशपुर शिविरस्थित धर्मा जैसीको घरभित्र शंकास्पद रूपमा बसिरहेको अवस्थामा फेला परेका थिए।उनीहरूको साथबाट चाँदीको सिक्का (५० ग्राम) – १ थान, हिरा जस्तो देखिने पत्थरयुक्त औंठी – २ थान, सुन जस्तो देखिने बेरुवा औंठी – १ थान, सुन जस्तो देखिने सिक्री – १ थान, पानको पात आकारको सुन जस्तो…