के. आर.पाण्डेय चैत ,७ गते/कैलालीको भजनी नगरपालिका वडा नं ५ बेलाहामा विहीबार दिउँसो आगलागी हुँदा एक घर र चार गोठ जलेका छन्।भक्त बहादुर भण्डारीको घरमा विद्युत सत भई आगलागी भएकोमा स्थानिय, बासिन्दा,रेडक्रस सोसाइटी,इलाका प्रहरी कार्यालय भजनी, ईलाका प्रहरी कार्यालय पृथ्यपुर,bop हिक्मतपुर,टीकापुर र घोडाघोडी नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रण गरिएको थियो। साथै भजनी ५ बेलाहामा भएको आगजनीबाट पिडित परिवारलाई नेपाल रेड्क्रस उपशाखा लालबोझीले गैर खाद्यन्न सामाग्री वितरण गरिएको छ।चार वटा कच्ची गोठ,एक वटा कच्ची घर,पूर्ण रूपमा क्षति भएको छ।एउटा घरको पाली जली आशिक क्षति छ। भने चौपायामा बाख्राको पाठो जलेर मरेको छ भने भक्त बहादुर भण्डारीको काठले बनेको घर र गोठ…
भजनी, चैत ७ गते । कैलालीको डुबान प्रभावित क्षेत्रमा चैते धान खेती वैकल्पिक खेती बनेको छ । बर्खे धानलाई बाढीले नोक्सान गर्ने गरेका कारण डुबान प्रभावित क्षेत्रका किसानका लागि चैते धान वैकल्पिक खेती बनेको हो । जिल्लाको भजनी नगरपालिकाका कतिपय किसानले चैते धान खेती मात्रै गरेर जीविका चलाउने गरेका छन् । बाढीले बर्खे धानबालीलाई क्षति गर्ने गरेकाले किसान चैते धानतिर आकर्षित भएको भजनी नगरपालिका–५, लालबोझीका कृषक खोजराम चौधरीले बताउनुभयो । उहाँले यस वर्षको चैते धानको रोपाइँ सुरु गरिसकेका जानकारी दिनुभयो । “तोरी भित्र्याइसकेको खेतमा किसानले चैते धान रोपाइँ गरिरहेका छन्,” चौधरीले भन्नुभयो, “मुसुरो रहेको खेतमा रोपाइँ गर्न बाँकी रहेको छ…
भजनी,५ चैत ।कैलालीको भजनीमा रहेको महुन्याल बहुमुखी क्याम्पस भजनीमा भएको स्ववियूको निर्वाचनमा नेपाल विद्यार्थी संघका झंकर बुढा स्ववियू सभापतिमा निर्वाचित भएका छन् । नेविसंघ अध्यक्ष झंकर बुढाले ९० मत लिएर बिजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धि अखिल क्रान्तिकारी र गठबन्धनका साझा उम्मेदवार मुकेश चन्दले ८४ मत प्राप्त गरे ।त्यसैगरी सचीवमा निर्मल कुमार चौधरी,कोषाध्यक्ष सोनी विक ,सदस्य करण बि.क,सदस्य सुमन चौधरी,सदस्य सरिता कठरिया ,सदस्यजानु कुमारी बि.क र सदस्य उमा कुमारी चौधरी विजय भएका छन्।।निर्वाचनमा जम्मा मत संख्या २ सय १९ मतमा १सय ७९ मत खसेको थियो ।
कैलालीको भजनीमा वर्ल्ड भिजन ईन्टर नेशनल नेपाल र बिकाशका लागि युवा एक्यवद्धता ( यार्ड) धनगढिको साझेदारमा संचालित समाबेशि तथा गुणस्तरीय शिक्षा परियोजना अन्तरगत विद्यालय सुरक्षा योजना सम्बन्धि १ दिने तालिम सम्पन्न भएको छ । भजनी नगरपालिका वडा नं.७ मा रहेको हलौना बाबा आधारभुत बिद्यालयका ब्यवस्थापन समिति, शिक्षक अभिभावक समिति, शिक्षकहरु, जनप्रतिनिधि तथा विद्यालय स्तरीय वाल क्लबका प्रतिनिधिहरू लागि १ दिने तालिमको आयोजना गरियको हो । भजनि नगरपालिका का नगरपालिका वडा न ७ का वडा सदस्य रुपन लोनिया सहित२५ जना तालिममा सहभागी रहेका थिए । तालिममा बिद्यालय सुरक्षा योजना तयार पार्न चाहिने मापदण्डहरु, जिम्मेवारी बाडफाड , विद्यालय सुरक्षा योजनालाई,विद्यालय सुधार योजना…
कैलाली जिल्लाको भजनी नगरपालिकामा आजदेखि नगर स्तरीय कक्षा ५ र ८ को अन्तिम परीक्षा सुरु भएको छ। नगरपालिकाले कक्षा ५ र ८ का विद्यार्थीहरूको शैक्षिक स्तर मूल्यांकन गर्न वार्षिक परीक्षा सञ्चालन गरेको हो।परीक्षा व्यवस्थित रूपमा सञ्चालन गर्न नगरपालिकाले आवश्यक तयारी पूरा गरेको शिक्षा शाखा अधिकृत पंख बहादुर शाहले बताउनु भयो। विद्यार्थीहरूलाई सहज वातावरणमा परीक्षा दिन सक्ने व्यवस्था मिलाइएको छ। चैत्र ९गतेसम्म सञ्चालन हुने परीक्षाका लागि अन्तर्गत कक्षा ८ को अन्तिम परीक्षाका लागि ४ केन्द्र तोकिएको छ। कक्षा ८ को परीक्षामा २३ सामुदायिक तथा संस्थागत विद्यालयका १०४१ विद्यार्थीहरुको सहभागीता रहेका छ भने पालिका स्तरिय कक्षा ५ को परीक्षाका लागि नगरपालिकाले ३१…
भजनी, कैलाली – कैलाली जिल्लाको भजनी नगरपालिका–८ सोनाफाँटामा गोहीको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन्। घाइते हुनेमा ४० वर्षीय कंगालु चौधरी रहेका छन्। स्थानीय पथरिया नदीमा माछा मार्ने क्रममा उनलाई गोहीले आक्रमण गरेको थियो। घटनामा चौधरीको हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। हाल उनलाई टीकापुर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।स्थानीय प्रशासनले नदी किनारमा सचेत रहन आग्रह गरेको छ भने गोहीको आक्रमणबाट बच्न सुरक्षाका उपाय अपनाउन अनुरोध गरेको छ।
के.आर.पाण्डेय भजनी २८ फागुन /कैलालीको भजनी नगरपालिकाले विपन्न परिवारलाई सुरक्षित उच्च आवास निर्माण गर्ने भएको छ।बाढी र डुबानको जोखिममा रहेको कैलालीको भजनी नगरपालिका–८ को सुनाफाँटा (खल्ला)मा सुरक्षित आवास निर्माण सुरु भएको छ। भजनी नगरपालिका, राष्ट्रिय दलित नेटवर्क (सुरक्षित आवास परियोजना) र स्थानीयको श्रमदानमा सुरक्षित आवास निर्माण हुन लागेको हो।नगरपालिकाले वडा नम्बर १ र ८ मा ४५ विपन्न परिवारका लागि सुरक्षित उच्च आवास निर्माण गर्ने भएको हो। यसअनुसार वडा नम्बर १ मा २५ वटा र वडा नम्बर ८ मा २० वटा सुरक्षित उच्च आवास निर्माण गरिने छ। बर्सेनि बाढी र डुबानको सास्ती खेप्दै आएका विपन्न परिवार सुरक्षित उच्च आवास निर्माण हुने…
कैलालीको भजनीमा अस्थाई ट्राफिक प्रहरी पोष्ट भजनिले ट्राफिक नियम सम्बन्धि सचेतना मुलक कार्यक्रम गर्दै आएको छ।भजनी नगरपालिकाका विभिन्न स्थानमा स्थानिय सरकारसंग सहकार्य गरेर सचेतनामुलक कार्यक्रम गर्दै आईरहेको अस्थाई ट्राफिक प्रहरी पोष्ट भजनीका ईन्चार्ज बिजय बमले जानकारी दिएका छन। सडकमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न अभियान सञ्चालन गरेको छ।भजनी नगर पालिका वडा नं ७ चर्रा र ट्राफिक पोष्ट भजनीले संयुक्त रुपमा ट्राफिक सचेतना र सडक दुर्घटना न्युनिकरणको लागी भजनी नगरपालिका वडा न ७ स्थित गणेशमान चोकमा तपाईको हेलमेट खै भन्ने होडिंग बोर्ड राख्ने, विभिन्न ठाउँमा ट्राफिक चिन्ह , सवारी साधनमा स्टिकर टास्ने लगायत कार्य सम्पन्न गरेको छन। ईन्चार्ज…
जोशीपुरमा अखिल नेपाल महिला संघ क्रान्तिकारीले ११५ औ अन्तरराष्ट्रिय श्रमिक महिला दिवस कैलालीको जोशीपुरमा इटा भट्टामा मनाएको छ । सो अवसरम इटा भट्टामा बिगत ७ बर्षदेखि श्रमिकको रुपमा कार्यरत १२ महिलालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । इटा भट्टामा आयोजित कार्यक्रममा नेपालमा श्रमिका महिलाको अवस्था, विकास, उपलव्धि र नेपालमा महिला मुक्ति आन्दोलनका बारेमा संविधान सभा सदस्य हरी श्रीपाइली, कमला ज्ञवाली, नेप बहादुर थारु, दिर्घ बिनाडी, ओजारी लाल चौधरी, खेमा ज्ञवालीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।त्यस्तै जोशीपुर ४ झवहीमा रहेको केराबारीमा श्रमिक मजदुरको रुपमा कार्यरत १० जना महिलालाई पनि केराबारीमा नै उपस्थित भएर खादा अबिरले सम्मनित गरिएको थियो । उक्त…
कैलालीको भजनी नगरपालिकाको वडा नं. १ मा २५ घर र वडा नं. ८ मा २० घर गरी बाढी प्रभावित, मुक्त कमैया, विपन्न दलित, र एकल महिलाहरूका लागि ४५ वटा सुरक्षित आवास निर्माण गर्न भजनी नगरपालिकाको कार्यालय, ह्याविट्याट फर ह्युम्यानिटी नेपाल, र राष्ट्रिय दलित नेटवर्क(RDN) कैलाली बीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ। नगरपालिकाबाट नगर प्रमुख केवल चौधरी, नगर उप-प्रमुख राजु तिरुवा, प्रमुख प्रशासकिय अधिकृत नीलम कुमार न्यौपाने र योजना शाखा प्रमुख रेखा चौधरीको संयुक्त रुपमा र ह्याविट्याट फर ह्युम्यानिटी नेपालकोबाट पुनिता चौधरी,राष्ट्रिय निर्देशक एलिजा स्थापित र राष्ट्रिय दलित नेटवर्क(RDN) कैलालीकोबाट कार्यक्रम संयोजक चक्र बहादुर आग्री केन्द्रिय अध्यक्ष मोहन ओडले साझेदारीले बाढी…
भजनी- दिया बाती ऋण सहकारी संस्थाको कार्यालय भवनको शिलान्यास गरिएको छ । भजनी नगरपालिका वडा नं. ६ नवलपुरमा निर्माण गर्न लागिएको संस्थाको कार्यालय भवनको भजनी नगरपालिका नगर प्रमुख केवल चौधरी र प्रमुख प्रशासकिय अधिकृत नीलम कुमार न्यौपानेले संयुक्त रूपमा शिलान्यास गर्नु भएको थियो।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले सहकारीहरुको लगानी पहुँच नभएका शेयर सदस्यहरुमा केन्द्रित हुनुपर्ने बताए । उक्त शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले सहकारीले पनि अहिले बैंक जस्तै काम गरिरहेकाले यसबाट स्थानिय जनताले लाभ लिईरहेको समेत नगर प्रमुख चौधरीले बताए। नगर स्तरीय आर्थिक वर्ष २०८१/२०८२को २० लाखको लागतमा सहकारीको २ कोठे भवनको निर्माण भई रहेको सहकारीका प्रबंधक तथा व्यवस्थापक…
टीकापुरमा। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर विद्रोह थारु समुदायको अधिकारका लागि भएको बताएका छन् । कैलालीको टीकापुरमा आजदेखि सुरु भएको थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘टीकापुर थारु विद्रोह थारुहरुको अधिकारका लागि भएको हो,’ उनले भने, ‘म त्यसको सम्मान गर्न चाहन्छुु ।’ प्रचण्डले रेशम चौधरीलाई जोखिम उठाएर जेलबाट छुटाएको दाबी गरे । ‘टीकापुर घटनामा थुप्रै जालझेल भएको मलाई थाह छ,’ उनले भने, ‘थारुको बच्चा हो छुटाउनुपर्छ भनेर रेशम चौधरीलाई जोखिम उठाएर छुटाएको हुँ । तर, अहिले रेशम कताकता छन् । रेशमले पनि माओवादीमै आउनु उचित हुन्छ ।’ अर्को…
दीपक संगम विश्वकर्मा डोटी /सुदूरपश्चिमको पहाडी जिल्ला डोटीका विभिन्न स्थानहरू बर्सेनि बाढी र पहिरोको चपेटामा पर्ने गरेका छन्। त्यसमध्ये बोगटान फुडसिल गाउँपालिका-३ कानाचौरको पल्लाचौरस्थित लोडेघाट क्षेत्र बाढी तथा नदी कटानको कारण सबैभन्दा बढी प्रभावित भइरहेको छ। लोडेघाट क्षेत्र परम्परागत रूपमा उर्वरभूमि मानिँदै आएको छ। यहाँको माटो धान, गहुँ, मकै, तरकारी तथा फलफूल उत्पादनका लागि उपयुक्त रहेको छ। यस क्षेत्रका किसानहरूको मुख्य पेशा कृषि नै हो। उनीहरू वर्षभरि यहीं उत्पादन हुने खाद्यान्नमा निर्भर रहन्छन्। तर, पछिल्ला केही वर्षयता सेती नदी र मेल्टी गाढाले गरेको कटानका कारण खेतबारी संकुचित हुँदै गएका छन्। यसले स्थानीय कृषकहरूको जीवनयापनमा गम्भीर असर पुर्याइरहेको छ। लोडेघाट क्षेत्रमा…
भजनी फागुन १९/कैलालीको भजनी नगरपालिकामा दुई वटा काठेपुल जीर्ण भएपछि स्थानीयलाई आवागमनमा समस्या भएको छ । वडा नम्बर ८ काँढाढिक स्थित गैरी नाला र वडा नम्बर ३ कुसुमघाटस्थित राप्ती नालाको काठेपुल जीर्ण भएपछि स्थानीयलाई ओहोरदोहोर गर्न समस्या भएको हो । दुवै नालामा पक्की पुल नभएपछि काठेपुल बनाएर विभिन्न गाउँका बासिन्दा आउजाउ गर्दै आएका छन् । गैरीनाला र राप्ती नालाको पुल जीर्ण भएपछि काँढाढिक र कुसुमघाटमा रहेकोदुर्गा मावि विद्यालय र कालिका आधारभूत विद्यालयका विद्यार्थीलाई आउजाउ गर्न निकै समस्या भएको बताइएको छ । नालामा पानी भएको बेला विद्यार्थीलाई साह्रै समस्या हुने गरेको विद्यालयकी शिक्षिका राधा घिमिरेले बताइन् । जिल्लामा सबैभन्दा बढी डुबान हुने भजनी नगरपालिका वडा नं.…
दिपक बहादुर विश्वकर्मा डोटी – बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ स्थितचर स्वास्थ्य चौकीमा विगत तीन वर्षसम्म सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका रहनुभएकी कोकिला देवी कडायतको असामयिक निधन भएको छ। उहाँकाे निधनले गाउँपालिका तथा समुदाय शोकमा डुबेको छ। स्वर्गीय कडायतले वि.स २०७६ देखि २०७९ सम्म स्वास्थ्य स्वयंसेविका भएर स्थानीय समुदायमा स्वास्थ्य सेवाकाे प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउनु भएकाे थियाे। साथै, उहाँ बोगटान फुड्सिल गाउँपालिकाको स्वास्थ्य शाखामा अ.हे.व पदमा कार्यरत धनराज कडायतकी आमा हुनुहुन्थ्यो। उहाँको निधनको खबरले गाउँपालिका परिवार स्तब्ध बनेको गाउँपालिका अध्यक्ष कमल बहादुर गडसिलाले जानकारी दिनुभयो। उहाँले स्व. कडायतको योगदान सदैव स्मरणीय रहने बताउँदै गाउँपालिकाको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो भयको…