कैलालीको भजनी नगरपालिकामा MOFA जापान र वर्ल्ड भिजन जापानको आर्थिक सहयोगमा, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल तथा सामाजिक विकासका लागि सचेत समाज (CSSD) धनगढी, कैलालीको संयुक्त साझेदारीमा सञ्चालित CBDRR परियोजना अन्तर्गत शितलहर र गर्मीको लू व्यवस्थापनसम्बन्धी टेबल–टप अभ्यास कार्यक्रम सम्पन्न भएको छ।
बढ्दो शितलहर र लूका कारण हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहले व्यवस्थापनका विभिन्न उपायहरू लागू गरेको छ। साथै, जोखिम न्यूनीकरणका लागि जनचेतनामूलक सन्देशहरू जारी गर्दै स्थानीय तह सक्रिय रूपमा अघि बढेको शितलहर र लू व्यवस्थापनमा समुदाय, वडा र नगरपालिकाको भूमिका,शितलहर र लूका जोखिमबारे जानकारी लिने र पालना गर्ने।बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती र दीर्घरोगीको विशेष ख्याल गर्ने।सुरक्षित बास, न्यानो कपडा,नगरपालिकालाई जानकारी गराउने।जनचेतनामूलक कार्यक्रम र अभ्यासमा सक्रिय सहभागिता जनाउने।जोखिमयुक्त समुदाय पहिचान गरी पूर्वतयारी र अनुगमन गर्ने।
जनचेतना अभियान सञ्चालन गर्ने।आपतकालीन सूचना प्रवाह र प्राथमिक समन्वय गर्ने।नगरपालिकासँग समन्वय गरी कार्यान्वयन सहज बनाउने।शितलहर र लू व्यवस्थापनसम्बन्धी नीति, योजना र कार्यविधि बनाउने।बजेट व्यवस्थापन र स्रोत परिचालन गर्ने।साझेदार संस्थासँग सहकार्य गर्दै क्षमता अभिवृद्धि गर्ने ।यसरी समुदाय, वडा र नगरपालिका बीचको सहकार्यले शितलहर र लूबाट हुने जोखिम न्यूनीकरणमा प्रभावकारी भूमिका रहने ।

कार्यक्रमको विपत् व्यवस्थापन समिति संयोजक कृष्णा चौधरीको अध्यक्षतामा भएको थियो।कार्यक्रममा भजनी नगरपालिका नगर प्रमुख केवल चौधरी, उपप्रमुख राजु तीरुवा , निमित्त प्रमुख प्रशासकिय अधिकृत हिरालाल जैशी ,विषयगत शाखा प्रमुख, परियोजना संयोजक रञ्जिता चौधरी र समुदायका अगुवाहरूको सहभागिता रहेको थियो।उक्त टेबल–टप अभ्यास कार्यक्रमको प्रशिक्षण लौटन चौधरी र धर्म राज बजगाईंले गर्नु भएको कार्यक्रमको सञ्चालन तथा सहजीकरण विपत् व्यवस्थापन शाखा अधिकृत विष्णु न्यौपाने र cssd धनगढी सामाजिक परिचालक फागुराम चौधरीले गर्नु भएको थियो 