Skip to main content

Bhajani Today

१२ औं वार्षिक साधारण सभा तथा नयाँ भवनको उद्घाटन

कैलालीको भजनी ६ मा रहेको दिया और बाती बचत तथा ऋण सहकारी सस्था लि. को १२ औं वार्षिक साधारण सभा तथा नयाँ भवनको उद्घाटन गरिएको छ। अन्ती चौधरीको सभापतित्वमा भएको भेलाका प्रमुख अतिथि भजनी नगरपालिका नगर प्रमुख केवल चौधरी रहनु भएको थियो। संस्थाकी व्यवस्थापक लक्ष्मी चौधरीले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा शेर पूँजी १४७८३००,बचत१३६७२८२८,लगानी१२०८४०००,कुल सम्पत्ति ३२९८१७७.५६शेर सदस्य ४८५ रहेको छ । नगर प्रमुख चौधरीले सबै भन्दा बढी संख्या भएको महिला सहकारी संस्थाले राम्रो काम गरेकोमा धन्यबाद दिएका छन् र आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता बताए।साधारण सभामा भजनी नगरपालिका छैठौँ अधिकृत विष्णु न्यौपाने, भल्मनसा रामस्वरूप चौधरी , समाजसेवि इश्वरी चौधरी,देवीकला ढुंगाना, र बिना चौधरीले शुभकामना मन्तब्य राख्नु भएको थियो।कार्यक्रमको सञ्चालिका नीलम चौधरीले गर्नुभयो।साथै आगामी दिनमा नयाँ भवनबाट सेवा दिने समेत  रहेको जानकारी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *