कैलालीको भजनीमा नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाको आयोजनामा तथा ब्रिटिश रेडक्रसको आर्थिक सहयोगमा सञ्चालन हुँदै आएको ECOLAB परियोजना अन्तर्गत जलवायु मैत्री जीविकोपार्जन कार्यक्रम अन्तर्गत लाभग्राहीहरूका लागि पशुपालनसम्बन्धी तालिम सम्पन्न भएको छ।
कार्यक्रममा भैंसीपालन, बाख्रापालन तथा भेडापालन सम्बन्धी व्यवहारिक तथा प्राविधिक जानकारी प्रदान गरिएको थियो। तालिममा पशु आहार व्यवस्थापन, रोग नियन्त्रण, स्वच्छता, उत्पादन वृद्धि र जलवायु परिवर्तनको प्रभावलाई न्युनिकरण गर्दै दिगो पशुपालन कसरी गर्न सकिन्छ भन्ने विषयमा भजनी नगरपालिका पशु सेवा शाखा त्रिलोचन चौधरी र रमेश जैशीले समेत सहजीकरण गर्नु भएको थियो।
तालिममा सहभागी लाभग्राहीहरूले सिकेका ज्ञान तथा सीपले आफ्नो जीविकोपार्जनमा सुधार आउने र आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। कार्यक्रमले जलवायु परिवर्तनको असरलाई मध्यनजर गर्दै सुरक्षित र दिगो आम्दानीका अवसर सिर्जना गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।