Skip to main content

Bhajani Today

बेमौसमी तरकारी सम्बन्धी तीन दिने तालिम सम्पन्न

कैलालीको भजनी नगरपालिका वडा नं ८ सोनाफाँटामा नेपाल रेडक्रस सोसाइटीको आयोजना तथा ब्रिटिस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित ECOLAB परियोजना अन्तर्गत लाभग्राहीहरूलाई लक्षित गरी जलवायु–मैत्री जीविकोपार्जन बेमौसमी तरकारी सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ।उक्त तालिममा बेमौसमी तरकारीको परिचय, बेमौसमी तरकारी खेती गर्ने तरिका, बेमौसमी तरकारीको फाइदा एवं महत्व, कोकोपिट र मलको मिश्रणमा प्लास्टिक ट्रेमा बेर्ना उमारेने तरिका, पोलिब्यागमा बेर्ना उमारेने तरिका, भर्मी कम्पोस्ट र घोटेमालको महत्व, टनेल फार्मिङ गर्ने तरिका, टनेल फार्मिङको फाइदा एवं महत्व, टनेल फार्मिङमा तिते करेला, काँक्रो तथा भेडे खुर्सानीको खेती गर्ने तरिका, साथै बेमौसमी तरकारी खेतीबाट आयआर्जन गरी जीविकोपार्जन गर्ने उपायहरूका बारेमा विस्तृत रूपमा प्रशिक्षण प्रदान गरिएको सामाजिक सहजकर्ता जेनिथ शाहले बताए।उक्त तीन दिने तालिममा भजनी नगरपालिका कृषि शाखाका प्राविधिक बेद प्रकाश भट्टले लाभग्राहीहरूलाई व्यवहारिक तथा सैद्धान्तिक दुवै पक्ष समेटेर प्रभावकारी रूपमा प्रशिक्षण गर्नु भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *